एभरेस्ट महिला भलिबल लिगमा पोखरामाथि काठमाडौंको विजयी

everest bollyball. Nepal mahila bollyball

कार्तिक २७, २०८२।   उपसना पौडेल

everest bollyball. Nepal mahila bollyball

काठमाडौं – एभरेस्ट महिला भलिबल लिगमा बिहीबार काठमाडौं स्पाईकर्सले पोखरा निन्जाजमाथि जित हात पारेको छ। दशरथ रंगशालास्थित कभर्ड हलमा सम्पन्न खेलमा काठमाडौंले पोखरालाई ३-१ को सेटमा पराजित गर्दै लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको हो।

काठमाडौंले पहिलो दुई सेट २५-१९ र २५-१७ को फराकिलो अन्तरले जितेको थियो। तेस्रो सेटमा पोखराले १२-२५ ले फर्की दबाब सिर्जना गरे पनि चौथो सेटमा काठमाडौंले २५-१८ ले पुनः उत्कृष्ट प्रदर्शन गर्दै खेल आफ्नो पक्षमा पारेको हो।

चार खेल खेलेको काठमाडौंको यो दोस्रो जित हो, जससँगै उसले ६ अंक जोड्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ। पोखराले भने पाँच खेलमा एक जित र चार हारको साथ ४ अंकमा लिग यात्रा समाप्त गरेको छ ।

यसअघि बुधबार भएको खेलमा ललितपुर क्विन्सले विराटनगर सिटीविरुद्ध सहज जित हात पारेको थियो। एभरेस्ट महिला भलिबल लिगमा देशभरका उत्कृष्ट महिला खेलाडीहरूबीच प्रतिस्पर्धा जारी छ, जसले नेपाली महिला भलिबलमा नयाँ उत्साह ल्याएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर ९, २०८२।    काठमाडौँ दैनिक संवाददाता

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

काठमाडौ – प्रधानमन्त्री सुशीला कार्कीले श्रीलंकामा सम्पन्न पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेर फर्किएको नेपाली टोलीलाई सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्मानपूर्वक भेट गरेकी छन्।

प्रधानमन्त्रीले खेलाडी र अफिसियललाई बधाई दिँदै यो उपलब्धि नेपाली खेलकुद इतिहासकै गर्वको विषय भएको बताइन्। कार्कीले भनिन्, यो तपाईंहरूको कडा परिश्रम, सामूहिक भावना र दृढ संकल्पको परिणाम हो। तपाईंहरू सबै यस उपलब्धिको हकदार हुनुहुन्छ। अर्को संस्करणमा च्याम्पियन बन्ने लक्ष्यसहित अगाडि बढ्नुहोस्।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रधानमन्त्री कार्कीले सरकारबाट आवश्यक सहयोग र लगानीका विषयमा सम्बद्ध मन्त्रालय तथा निकायसँग छलफल गर्ने आश्वासन समेत दिइन्। कार्कीले पहल र प्रतिभाको प्रदर्शन सराहनीय रहेको उल्लेख गर्दै सरकारी सहयोग बढेमा टोलीले अझ उत्कृष्ट सफलता हासिल गर्ने विश्वास व्यक्त गरिन्।

प्रशिक्षक पुरनसिंह खत्री र कप्तान गीता पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीले प्रतिस्पर्धी सम्पन्न राष्ट्रका टोलीलाई हराउँदै उपाधि नजिक पुग्न सफल भएको प्रशिक्षकको भनाइ छ। उनका अनुसार सरकारी समर्थन पाउँदा भविष्यमा नेपालले च्याम्पियन बन्न सक्नेछ।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रतियोगिता सम्पन्न भएपछि टोली सोमबारै स्वदेश फर्किएको हो।