एभरेस्ट महिला भलिबल लिगमा मधेशमाथि लुम्बिनीको जित

एभरेस्ट महिला भलिबल लिग, लुम्बिनी लाभाज, मधेश युनाइटेड, नेपाल भलिबल, महिला खेलकुद, Kathmandu volleyball league

कार्तिक २७, २०८२।   काठमाडौं दैनिक संवाददाता

एभरेस्ट महिला भलिबल लिग, लुम्बिनी लाभाज, मधेश युनाइटेड, नेपाल भलिबल, महिला खेलकुद, Kathmandu volleyball league

काठमाडौं – काठमाडौंमा जारी एभरेस्ट महिला भलिबल लिगमा लुम्बिनी लाभाजले प्रभावशाली प्रदर्शन गर्दै मधेश युनाइटेडलाई ३–१ सेटले पराजित गरेको छ।

त्रिपुरेश्वरस्थित कवर्डहलमा बिहीबार भएको खेलमा लुम्बिनीले पहिलो सेट २८–२६ को कडा प्रतिस्पर्धामा जित्यो। दोस्रो सेटमा मधेशले २५–२३ को जीत निकाल्दै खेल बराबरीमा ल्याएको थियो। तर तेस्रो र चौथो सेटमा लुम्बिनीले बलियो फिर्ती दिँदै २५–१४ र २५–१९ ले जित सुनिश्चित गर्‍यो।

यो जितसँगै लुम्बिनीले लिगको आफ्नो सुरुवाती अभियानमा बलियो प्रभाव देखाएको छ। यसअघि, आजै भएको पहिलो खेलमा काठमाडौंले पोखरालाई ३–१ सेटले पराजित गरेको थियो।

लुम्बिनी लाभाज

पहिलो सेट: २८–२६

दोस्रो सेट: २३–२५

तेस्रो सेट: २५–१४

चौथो सेट: २५–१९

मधेश युनाइटेड

पहिलो सेट: २६–२८

दोस्रो सेट: २५–२३

तेस्रो सेट: १४–२५

चौथो सेट: १९–२५

एभरेस्ट महिला लिगमा देशका पाँच फ्रेन्चाइज टिम सहभागी छन्, जसमा काठमाडौं, लुम्बिनी, पोखरा, मधेश र कर्णाली रहेका छन् र प्रतियोगिता हिमालय टेलिभिजन र ओएसआर स्पोर्ट्समार्फत प्रत्यक्ष प्रशारण भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर ९, २०८२।    काठमाडौँ दैनिक संवाददाता

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

काठमाडौ – प्रधानमन्त्री सुशीला कार्कीले श्रीलंकामा सम्पन्न पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेर फर्किएको नेपाली टोलीलाई सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्मानपूर्वक भेट गरेकी छन्।

प्रधानमन्त्रीले खेलाडी र अफिसियललाई बधाई दिँदै यो उपलब्धि नेपाली खेलकुद इतिहासकै गर्वको विषय भएको बताइन्। कार्कीले भनिन्, यो तपाईंहरूको कडा परिश्रम, सामूहिक भावना र दृढ संकल्पको परिणाम हो। तपाईंहरू सबै यस उपलब्धिको हकदार हुनुहुन्छ। अर्को संस्करणमा च्याम्पियन बन्ने लक्ष्यसहित अगाडि बढ्नुहोस्।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रधानमन्त्री कार्कीले सरकारबाट आवश्यक सहयोग र लगानीका विषयमा सम्बद्ध मन्त्रालय तथा निकायसँग छलफल गर्ने आश्वासन समेत दिइन्। कार्कीले पहल र प्रतिभाको प्रदर्शन सराहनीय रहेको उल्लेख गर्दै सरकारी सहयोग बढेमा टोलीले अझ उत्कृष्ट सफलता हासिल गर्ने विश्वास व्यक्त गरिन्।

प्रशिक्षक पुरनसिंह खत्री र कप्तान गीता पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीले प्रतिस्पर्धी सम्पन्न राष्ट्रका टोलीलाई हराउँदै उपाधि नजिक पुग्न सफल भएको प्रशिक्षकको भनाइ छ। उनका अनुसार सरकारी समर्थन पाउँदा भविष्यमा नेपालले च्याम्पियन बन्न सक्नेछ।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रतियोगिता सम्पन्न भएपछि टोली सोमबारै स्वदेश फर्किएको हो।