देश संकटमा छ, चुनाव जित्नका लागि मात्रै एकता गरेको होइनौँ – प्रचण्ड

prachanda- bhim rawal

कार्तिक २७, २०८२।   उपसना पौडेल

prachanda- bhim rawal

काठमाडौँ – नेकपा (नेपाली कम्युनिस्ट पार्टी) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश गम्भीर संकटमा रहेको र त्यसबाट देशलाई बचाउनका लागि पार्टी एकता गरिएको बताएका छन्।

भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानलाई पार्टीमा समाहित गर्ने समारोहमा बोल्दै प्रचण्डले अहिलेको एकता केवल चुनाव जित्ने उद्देश्यले गरिएको होइन, राष्ट्र र जनताको हितका लागि ऐतिहासिक आवश्यकता बनेको बताए।

उनका अनुसार सुगौली सन्धिपछि देश यति ठूलो संकटमा कहिल्यै नपरेको उल्लेख गर्दै उनले भने, देश असाधारण संकटमा छ, त्यसैले यो एकता चुनावको लागि मात्र होइन, राष्ट्र बचाउने जिम्मेवारीका लागि गरिएको हो।

प्रचण्डले हालको राजनीतिक परिस्थिति र युवापुस्ताबाट उठेको जेन जेड आन्दोलनले पनि पुरानो राजनीतिक सोच र संरचनालाई बदल्न उत्प्रेरित गरेको यहि परिवर्तनको लहरले एकता प्रक्रियालाई चाँडो निष्कर्षमा पुर्‍याएको हो।

कार्यक्रममा भीम रावलले आफ्नो अभियानलाई नेपाली कम्युनिस्ट पार्टीमा समाहित गराउँदै ७ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १८, २०८२।  काठमाडौ दैनिक संवाददाता

क्यान महानिर्देशक पक्राउ,, प्रदीप अधिकारी गिरफ्तारी,, नलिन्चोक हेलिकप्टर काण्ड,, अख्तियार अनुसन्धान,, भ्रष्टाचार मुद्दा नेपाल,, नागरिक उड्डयन प्राधिकरण समाचार,, मुरारी भण्डारी पक्राउ,, विशेष अदालत म्याद थप,, हेलिकप्टर काण्ड अपडेट,, नेपाल ताजा समाचार,,

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्ड सम्बन्धी भ्रष्टाचार मुद्दा दायर गर्ने तयारीस्वरूप उनलाई नियन्त्रणमा लिइएको स्रोतले पुष्टि गरेको छ।

अख्तियारले अधिकारीसँगै क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि हिरासतमा लिएको छ। दुवै जनालाई म्याद थपका लागि विशेष अदालत लगिएको बताइएको छ। नलिन्चोक हेलिकप्टर प्रकरणबारे लामो समयदेखि विवाद र अनियमितताको आरोप उठ्दै आएको थियो, त्यसैको अनुसन्धानलाई अघि बढाउँदै अख्तियारले कडा कदम उठाएको हो।

यसअघि पनि क्यानका पूर्व अधिकारीहरू विभिन्न अनियमितता प्रकरणमा छानबिनको दायरामा परेका थिए।  यो घटनाले नागरिक उड्डयन नियामक निकायमा भएका गम्भीर अनियमितता फेरि एकपटक सतहमा ल्याएको छ।