एमालेबाट अलग्गिएका भिम रावल नेकपामा जोडिँदै

भीम रावल, नेकपा, माओवादी, माधवकुमार नेपाल, पुष्पकमल दाहाल, एमाले, सुदूरपश्चिम राजनीति, मातृभूमि जागरण अभियान, नेपाली कम्युनिस्ट पार्टी, UML Expulsion, Political News Nepal

कार्तिक २६, २०८२।   काठमाडौं दैनिक संवाददाता

भीम रावल, नेकपा, माओवादी, माधवकुमार नेपाल, पुष्पकमल दाहाल, एमाले, सुदूरपश्चिम राजनीति, मातृभूमि जागरण अभियान, नेपाली कम्युनिस्ट पार्टी, UML Expulsion, Political News Nepal

काठमाडौं – एमालेबाट निष्कासित पूर्वउपाध्यक्ष भीम रावल अब नयाँ राजनीतिक यात्रामा अघि बढ्न लागेका छन् । उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा औपचारिक रूपमा प्रवेश गर्ने भएका हुन् ।

रावलको प्रवेशसँगै दाहाल–नेपाल नेतृत्वको नेकपाले सुदूरपश्चिम क्षेत्रमा नयाँ सन्देश दिन खोजेको बुझिएको छ । बुधबार काठमाडौंमा आयोजना हुने कार्यक्रममा मातृभूमि जागरण अभियान पनि यसै पार्टीमा समाहित हुँदैछ ।

छलफलमा सहभागी नेताहरूका अनुसार, रावललाई पार्टीको सचिवालय सदस्यका रूपमा छैटौं वरीयता दिइनेछ । साथै उनलाई पार्टी दस्तावेज लेखन समितिको जिम्मेवारी पनि दिइने सहमति भएको स्रोतले जनाएको छ ।

रावलनिकट नेता हर्कबहादुर कुँवरका अनुसार, रावल र नेकपा नेतृत्वबीच पाँचबुँदे सहमति भएको छ, जसमा ६ महिनाभित्र पार्टीको महाधिवेशन गर्ने, रावल पक्षका कार्यकर्तालाई उचित स्थान दिने र सुदूरपश्चिममा पार्टी बलियो बनाउने उद्देश्य राखिएको छ ।

एमालेबाट निष्कासित भएपछि रावलले आफ्नै संयोजकत्वमा मातृभूमि जागरण अभियान सुरु गरेका थिए । तर उक्त अभियान सुदूरपश्चिमभन्दा बाहिर विशेष प्रभाव जमाउन सकेको थिएन । अब नयाँ नेकपामा प्रवेशसँगै उनले आफ्नो संगठनात्मक बल र राजनीतिक हैसियत पुनःस्थापित गर्ने अपेक्षा गरिएको छ ।

सुदूरपश्चिमको राजनीतिमा रावलको प्रवेशले एमालेका लागि चुनौती बढ्ने विश्लेषण भइरहेका छन् । स्थानीय नेताहरूका अनुसार, अछामसहितका जिल्लामा रावलको प्रभाव अझै बलियो छ ।

यसअघि प्रचण्डले अछाममा आयोजित एक कार्यक्रममा रावललाई सहकार्यको प्रस्ताव दिएका थिए । त्यतिबेला उनले भनेका थिए, अब समय खेर नफालौं, आउनुस् सहकार्य गरौं।

रावलको नयाँ कदमले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमाथि पनि राजनीतिक दबाब सिर्जना गर्ने अनुमान गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १८, २०८२।  काठमाडौ दैनिक संवाददाता

क्यान महानिर्देशक पक्राउ,, प्रदीप अधिकारी गिरफ्तारी,, नलिन्चोक हेलिकप्टर काण्ड,, अख्तियार अनुसन्धान,, भ्रष्टाचार मुद्दा नेपाल,, नागरिक उड्डयन प्राधिकरण समाचार,, मुरारी भण्डारी पक्राउ,, विशेष अदालत म्याद थप,, हेलिकप्टर काण्ड अपडेट,, नेपाल ताजा समाचार,,

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्ड सम्बन्धी भ्रष्टाचार मुद्दा दायर गर्ने तयारीस्वरूप उनलाई नियन्त्रणमा लिइएको स्रोतले पुष्टि गरेको छ।

अख्तियारले अधिकारीसँगै क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि हिरासतमा लिएको छ। दुवै जनालाई म्याद थपका लागि विशेष अदालत लगिएको बताइएको छ। नलिन्चोक हेलिकप्टर प्रकरणबारे लामो समयदेखि विवाद र अनियमितताको आरोप उठ्दै आएको थियो, त्यसैको अनुसन्धानलाई अघि बढाउँदै अख्तियारले कडा कदम उठाएको हो।

यसअघि पनि क्यानका पूर्व अधिकारीहरू विभिन्न अनियमितता प्रकरणमा छानबिनको दायरामा परेका थिए।  यो घटनाले नागरिक उड्डयन नियामक निकायमा भएका गम्भीर अनियमितता फेरि एकपटक सतहमा ल्याएको छ।