रामकुमारी झाँक्री पुनः एमालेमा फर्किँदा सामाजिक सञ्जालमा ट्रोल

रामकुमारी झाँक्री, UML, नेकपा एमाले, केपी शर्मा ओली, माधव नेपाल, नेपाली राजनीति, झाँक्री फर्किएकी, Ramkumari UML Return, Nepal Politics News

कार्तिक २५, २०८२।   काठमाडौं दैनिक संवाददाता

रामकुमारी झाँक्री, UML, नेकपा एमाले, केपी शर्मा ओली, माधव नेपाल, नेपाली राजनीति, झाँक्री फर्किएकी, Ramkumari UML Return, Nepal Politics News

काठमाडौं – राजनीतिक उतारचढाव र वक्तृत्वका लागि चर्चित नेतृ रामकुमारी झाँक्री पुनः नेकपा (एमाले) मा फर्किएकी छन्। चार वर्षअघि माधवकुमार नेपालको साथ लिएर एमाले फुटाएकी झाँक्री सोमबार राजधानीमा आयोजित कार्यक्रममा औपचारिक रूपमा पार्टीमा पुनः प्रवेश गरेकी हुन्।

अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले उनलाई स्वागत गरेका थिए। कार्यक्रममा एमाले कार्यकर्ताहरूले नाराबाजी र ताली बजाएर झाँक्रीलाई भव्य स्वागत गरे।

रामकुमारी झाँक्री, UML, नेकपा एमाले, केपी शर्मा ओली, माधव नेपाल, नेपाली राजनीति, झाँक्री फर्किएकी, Ramkumari UML Return, Nepal Politics News

झाँक्रीले कार्यक्रममा भनिन्, राजनीतिमा स्थिरता र सिद्धान्त दुवै चाहिन्छ। मैले आलोचना पनि गरेँ, गल्ती पनि गरेँ, तर अन्ततः सत्य र संगठनतिर फर्किएँ।

झाँक्रीले एमाले छोड्दा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीमाथि कठोर टिप्पणी गरेकी थिइन्। अहिले पुनः एमाले फर्किएपछि सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया आइरहेको छ । केहीले उनलाई “व्यावहारिक नेता” भनेका छन् भने केहीले “स्वार्थी” र अवसरवादी भनेर आलोचना समेत गरेका छन्।

ram kumari jhakri

Ramkumari- jhakri.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १८, २०८२।  काठमाडौ दैनिक संवाददाता

क्यान महानिर्देशक पक्राउ,, प्रदीप अधिकारी गिरफ्तारी,, नलिन्चोक हेलिकप्टर काण्ड,, अख्तियार अनुसन्धान,, भ्रष्टाचार मुद्दा नेपाल,, नागरिक उड्डयन प्राधिकरण समाचार,, मुरारी भण्डारी पक्राउ,, विशेष अदालत म्याद थप,, हेलिकप्टर काण्ड अपडेट,, नेपाल ताजा समाचार,,

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्ड सम्बन्धी भ्रष्टाचार मुद्दा दायर गर्ने तयारीस्वरूप उनलाई नियन्त्रणमा लिइएको स्रोतले पुष्टि गरेको छ।

अख्तियारले अधिकारीसँगै क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि हिरासतमा लिएको छ। दुवै जनालाई म्याद थपका लागि विशेष अदालत लगिएको बताइएको छ। नलिन्चोक हेलिकप्टर प्रकरणबारे लामो समयदेखि विवाद र अनियमितताको आरोप उठ्दै आएको थियो, त्यसैको अनुसन्धानलाई अघि बढाउँदै अख्तियारले कडा कदम उठाएको हो।

यसअघि पनि क्यानका पूर्व अधिकारीहरू विभिन्न अनियमितता प्रकरणमा छानबिनको दायरामा परेका थिए।  यो घटनाले नागरिक उड्डयन नियामक निकायमा भएका गम्भीर अनियमितता फेरि एकपटक सतहमा ल्याएको छ।