जीवन बीमाको कारोबार ४९ अर्ब नाघ्यो, कुन कम्पनीको कति?

जीवन बीमा, नेपाल लाइफ, राष्ट्रिय जीवन बीमा, बीमा प्राधिकरण, बीमा बजार, बीमा कारोबार, Insurance Nepal, Life Insurance Growth, Beema

कार्तिक २३, २०८२।   उपसना पौडेल

 

जीवन बीमा, नेपाल लाइफ, राष्ट्रिय जीवन बीमा, बीमा प्राधिकरण, बीमा बजार, बीमा कारोबार, Insurance Nepal, Life Insurance Growth, Beema

काठमाडौं – नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार देशभरका जीवन बीमा कम्पनीहरूको कुल कारोबार ४९ अर्ब २२ करोड ९३ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो कारोबार १९.८४ प्रतिशतले वृद्धि भएको हो।

चालु आर्थिक वर्ष २०८२/८३ को असोज मसान्तसम्म बीमा कम्पनीहरूले ८ अर्ब १४ करोड ९२ लाख रुपैयाँ बराबरको बीमा शुल्क वृद्धि गर्न सफल भएका छन्।

तीन महिनाको अवधिमा नविकरणमार्फत ३९ अर्ब ६८ करोड ८३ लाख रुपैयाँ र नयाँ बीमा शुल्कमार्फत ९ अर्ब ५४ करोड ९ लाख रुपैयाँ संकलन भएको बीमा प्राधिकरणले जनाएको छ।

देशभर हाल १ करोड १४ लाख ३८ हजार २७३ जीवन बीमालेख सक्रिय छन्। बीमा क्षेत्रको समग्र वृद्धि सन्तोषजनक मानिएको छ।

कम्पनीको कारोबार:

नेपाल लाइफ इन्स्योरेन्स: १३ अर्ब ४५ करोड ५० लाख (१२.२०% वृद्धि)

नेशनल लाइफ इन्स्योरेन्स: ५ अर्ब ६८ करोड ४७ लाख

एलआईसी नेपाल: ४ अर्ब ९८ करोड ३४ लाख

राष्ट्रिय जीवन बीमा: ४ अर्ब ५३ करोड २२ लाख

हिमालयन लाइफ: ४ अर्ब ४३ करोड ६१ लाख

सूर्यज्योति लाइफ: २ अर्ब ८८ करोड १० लाख

एशियन लाइफ: २ अर्ब २६ करोड ९६ लाख

सिटिजन लाइफ: २ अर्ब १७ करोड ८६ लाख

व्यवसाय वृद्धिदरका हिसाबले राष्ट्रिय जीवन बीमा कम्पनी अग्रस्थानमा छ। कम्पनीको कारोबार २२२.४९ प्रतिशतले बढेको बीमा प्राधिकरणले जनाएको छ।

अन्य कम्पनीहरूमा पनि उल्लेखनीय वृद्धि देखिएको छ।
सानिमा रिलायन्सले १ अर्ब ८१ करोड ४० लाख,
मेटलाइफले १ अर्ब ६६ करोड ४२ लाख,
आइएमई लाइफले १ अर्ब ५१ करोड ५४ लाख,
रिलायवल नेपालले १ अर्ब ४५ करोड ६६ लाख,
प्रभू महालक्ष्मीले १ अर्ब ४० करोड ६ लाख,
सन नेपाल लाइफले ९५ करोड ७२ लाख रुपैयाँ बराबरको कारोबार गरेका छन्।

जीवन बीमा बजारमा स्थायित्व र वृद्धिको संकेत देखिएको छ। नेपाल लाइफको बजार हिस्सेदारी अझै बलियो देखिएको छ भने राष्ट्रिय जीवनले तीव्र वृद्धि दरका साथ प्रतिस्पर्धी कम्पनीहरूलाई चुनौती दिइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर ३, २०८२।  काठमाडौं दैनिक संवाददाता

barahi ipo

काठमाडौं – बाराही हाइड्रोपावर पब्लिक लिमिटेडका दीर्घकालीन लक–इनमा रहेका करिब २० लाख सेयर आगामी पुस १ गतेदेखि अनलक हुँदैछन्। लक–इन अवधि सकिएसँगै संस्थापक, कर्मचारी र प्रभावित स्थानीयका हातमा रहेका सेयर बजारमा कारोबारयोग्य बन्नेछन्।

कम्पनीका अनुसार कुल १९ लाख ५७ हजार ८० कित्ता सेयर अनलक हुनेछन्। समूहगत विवरण यसप्रकार छ।

संस्थापक समूह : १८ लाख कित्ता

कर्मचारी : ११ हजार ८० कित्ता

आयोजना प्रभावित स्थानीय : १ लाख ४६ हजार कित्ता

यी सबै सेयर पुस १ गतेदेखि दोस्रो बजारमा कारोबार योग्य हुनेछन्, जसले बजारमा तरलता विस्तारसँगै शेयर आपूर्तिमा पनि प्रभाव पार्ने अनुमान गरिएको छ।

नेपाल धितोपत्र बोर्डमा बाराही हाइड्रोपावरका कुल २५ लाख कित्ता सेयर दर्ता छन्। कम्पनीले २०७९ मंसिर २१ देखि २८ सम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ लाख ५४ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो।

उक्त आईपीओको बाँडफाँड २०७९ पुस ३ गते सम्पन्न भएको थियो, जसअनुसार सर्वसाधारणका लगानीकर्ताले सेयर प्राप्त गरेका थिए। बजार विश्लेषकहरूका अनुसार संस्थापक समूहका ठूलो परिमाणका सेयर अनलक हुँदा आपूर्ति बढ्ने सम्भावना रहन्छ। तर वास्तविक प्रभाव भने बजारको माग, बजार वातावरण र संस्थापकहरूको सेयर होल्ड गर्ने रणनीतिमा निर्भर हुने बताइएको छ।

लक–इन समाप्तिको जानकारी सेयर मूल्य उतार–चढावमा प्रभाव पार्न सक्ने भएकाले लगानीकर्तालाई तथ्यांक र बजार अवस्थाको अध्ययन गरेर मात्रै निर्णय लिन विज्ञहरुले सुझाव दिएका छन् ।