प्रवासी नेपालीलाई मताधिकार दिने तयारी : चार कानुन संशोधन गर्न आयोगको सुझाव

प्रवासी नेपाली मताधिकार, निर्वाचन आयोग, कानुन संशोधन, अनलाइन भोटिङ नेपाल, विदेशमा मतदान, नेपाली चुनाव २०८२, नीति अनुसन्धान प्रतिष्ठान, गृह मन्त्रालय नेपाल

कार्तिक २०, २०८२।  उपसना पौडेल 

प्रवासी नेपाली मताधिकार, निर्वाचन आयोग, कानुन संशोधन, अनलाइन भोटिङ नेपाल, विदेशमा मतदान, नेपाली चुनाव २०८२, नीति अनुसन्धान प्रतिष्ठान, गृह मन्त्रालय नेपाल

काठमाडौँ – विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार दिलाउन सरकारले आवश्यक कानुनी तयारी तीव्र पारेको छ। यसका लागि चारवटा प्रमुख निर्वाचनसम्बन्धी कानुन संशोधनको प्रक्रिया अघि बढाइएको छ।

निर्वाचन आयोगले निर्वाचन आयोग ऐन, मतदाता नामावली ऐन, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, र निर्वाचन (कसुर तथा सजाय) ऐन मा आवश्यक संशोधन गर्नुपर्ने सुझाव गृह मन्त्रालयलाई पठाएको छ।

गृह मन्त्रालयले आयोगसँग कानुनी, प्राविधिक र व्यवस्थापकीय तयारीका विषयमा राय मागेको थियो। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार विद्यमान कानुनले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार समेट्न नसकेकाले कानुन परिमार्जन आवश्यक भएको हो।

नीति अनुसन्धान प्रतिष्ठानले अहिले मतदानको सम्भाव्य विधिहरू अनलाइन भोटिङ, हुलाकमार्फत मतदान, र प्रत्यक्ष उपस्थित मतदानका विकल्पबारे अध्ययन गरिरहेको छ। प्रतिष्ठानका प्रवक्ता डा. दीपककुमार खड्काले अध्ययन अन्तिम चरणमा पुगेको बताउँदै प्रतिवेदन आगामी हप्ताभित्र सरकारलाई बुझाइने जानकारी दिए।

सर्वोच्च अदालतले सन् २०१८ (२०७४ साल) मै सरकारलाई प्रवासी नेपालीलाई मताधिकार दिन निर्देशन दिएको भए पनि त्यसको कार्यान्वयन हालसम्म हुन सकेको छैन।

गृहमन्त्री ओमप्रकाश अर्यालले विदेशमा रहेका नेपाली नागरिकलाई आगामी निर्वाचनमा मतदानको अवसर दिलाउने प्रतिबद्धता जनाए पनि तयारी ढिलो भइरहेको देखिएको छ।

राजनीतिक सहमति र कानुनी संशोधन दुवै आवश्यक भएकाले आगामी फागुनमा हुने निर्वाचनअघि अध्यादेशमार्फत कानुन संशोधनको सम्भावना बढेको बताइएको छ।

आयोगका एक आयुक्त भने, कानुन, स्रोत र साधन उपलब्ध भए हामीलाई प्रवासी नेपालीको मतदान व्यवस्थापनमा समस्या छैन। तर राजनीतिक सहमति र समय दुवै चुनौती बनेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १४, २०८२।   काठमाडौं दैनिक संवाददाता

रौतहटकी असई रागनीकुमारी यादव लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत देशभरकै सर्वोत्कृष्ट प्रहरी घोषित। घरेलु हिंसा र पीडित संरक्षणमा उत्कृष्ट योगदान भन्दै ४० हजार नगदसहित सम्मान।

रौतहट – घरेलु हिंसा न्यूनीकरणदेखि पीडितको संरक्षण सम्मका काममा उल्लेखनीय योगदान पुर्‍याउँदै रौतहटकी प्रहरी सहायक निरीक्षक (असई) रागनीकुमारी यादव यस वर्षको देशभरकै ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित भएकी छन्।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत देशभरका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा कार्यरत प्रहरी कर्मचारीमध्ये उनी पहिलो स्थानमा परेकी हुन्।

प्रहरी प्रधान कार्यालयले आइतबार आयोजित विशेष कार्यक्रममा ४० हजार रुपैयाँ नगद तथा प्रशंसापत्र प्रदान गर्दै असई रागनीको ‘प्रेरणादायी, प्रभावकारी र नागरिकमैत्री सेवाको’ प्रशंसा गरेको हो।

जिल्ला प्रहरी कार्यालय गौरमा कार्यरत असई रागनी घरेलु हिंसासम्बन्धी उजुरी दर्ता, हिंसापीडित महिलाको सुरक्षित आवास, खोजतलास, मिलापत्र प्रक्रियामा सक्रिय भूमिकाका कारण यो सम्मानकी योग्य ठहरिएकी हुन्।

जिल्ला प्रहरी प्रमुख एसपी रबिन कार्कीका अनुसार, देशभरका सेवा केन्द्रहरूमा कार्यरत प्रहरीमध्ये रागनी उत्कृष्ट भइन्, उनि वास्तवमै उदाहरणीय कर्मठ अधिकारी हुन्।

असई रागनी यादव, रौतहट प्रहरी, सर्वोत्कृष्ट प्रहरी, लैङ्गिक हिंसा, १६ दिने अभियान, घरेलु हिंसा, पीडित संरक्षण, नेपाल प्रहरी, गौर, महिला बालबालिका केन्द्र,
असई रागनी यादव

यसअन्तर्गत अर्घाखाँचीकी हवल्दार शान्ता खत्री दोस्रो हुँदै ३० हजार, सिन्धुलीकी हवल्दार उमा तामाङ तेस्रो हुँदै २० हजार नगद पुरस्कार सहित प्रशंसापत्र प्राप्त गरे। स्याङ्जाकी नायब निरीक्षक पूर्णिमा थापा र सुनसरीकी असई साजना प्रसाईंलाई १०/१० हजार सान्त्वना पुरस्कार दिइयो।

लैङ्गिक हिंसा नियंत्रण र पीडित संरक्षणमा सक्रिय प्रहरी अधिकारीहरूको योगदान कदर गर्न प्रहरी प्रधान कार्यालयले हरेक वर्ष यस्तै विशेष सम्मान प्रदान गर्दै आएको छ।