प्रवासी नेपालीलाई मताधिकार दिने तयारी : चार कानुन संशोधन गर्न आयोगको सुझाव

प्रवासी नेपाली मताधिकार, निर्वाचन आयोग, कानुन संशोधन, अनलाइन भोटिङ नेपाल, विदेशमा मतदान, नेपाली चुनाव २०८२, नीति अनुसन्धान प्रतिष्ठान, गृह मन्त्रालय नेपाल

कार्तिक २०, २०८२।  उपसना पौडेल 

प्रवासी नेपाली मताधिकार, निर्वाचन आयोग, कानुन संशोधन, अनलाइन भोटिङ नेपाल, विदेशमा मतदान, नेपाली चुनाव २०८२, नीति अनुसन्धान प्रतिष्ठान, गृह मन्त्रालय नेपाल

काठमाडौँ – विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार दिलाउन सरकारले आवश्यक कानुनी तयारी तीव्र पारेको छ। यसका लागि चारवटा प्रमुख निर्वाचनसम्बन्धी कानुन संशोधनको प्रक्रिया अघि बढाइएको छ।

निर्वाचन आयोगले निर्वाचन आयोग ऐन, मतदाता नामावली ऐन, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, र निर्वाचन (कसुर तथा सजाय) ऐन मा आवश्यक संशोधन गर्नुपर्ने सुझाव गृह मन्त्रालयलाई पठाएको छ।

गृह मन्त्रालयले आयोगसँग कानुनी, प्राविधिक र व्यवस्थापकीय तयारीका विषयमा राय मागेको थियो। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार विद्यमान कानुनले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार समेट्न नसकेकाले कानुन परिमार्जन आवश्यक भएको हो।

नीति अनुसन्धान प्रतिष्ठानले अहिले मतदानको सम्भाव्य विधिहरू अनलाइन भोटिङ, हुलाकमार्फत मतदान, र प्रत्यक्ष उपस्थित मतदानका विकल्पबारे अध्ययन गरिरहेको छ। प्रतिष्ठानका प्रवक्ता डा. दीपककुमार खड्काले अध्ययन अन्तिम चरणमा पुगेको बताउँदै प्रतिवेदन आगामी हप्ताभित्र सरकारलाई बुझाइने जानकारी दिए।

सर्वोच्च अदालतले सन् २०१८ (२०७४ साल) मै सरकारलाई प्रवासी नेपालीलाई मताधिकार दिन निर्देशन दिएको भए पनि त्यसको कार्यान्वयन हालसम्म हुन सकेको छैन।

गृहमन्त्री ओमप्रकाश अर्यालले विदेशमा रहेका नेपाली नागरिकलाई आगामी निर्वाचनमा मतदानको अवसर दिलाउने प्रतिबद्धता जनाए पनि तयारी ढिलो भइरहेको देखिएको छ।

राजनीतिक सहमति र कानुनी संशोधन दुवै आवश्यक भएकाले आगामी फागुनमा हुने निर्वाचनअघि अध्यादेशमार्फत कानुन संशोधनको सम्भावना बढेको बताइएको छ।

आयोगका एक आयुक्त भने, कानुन, स्रोत र साधन उपलब्ध भए हामीलाई प्रवासी नेपालीको मतदान व्यवस्थापनमा समस्या छैन। तर राजनीतिक सहमति र समय दुवै चुनौती बनेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १८, २०८२।  काठमाडौ दैनिक संवाददाता

क्यान महानिर्देशक पक्राउ,, प्रदीप अधिकारी गिरफ्तारी,, नलिन्चोक हेलिकप्टर काण्ड,, अख्तियार अनुसन्धान,, भ्रष्टाचार मुद्दा नेपाल,, नागरिक उड्डयन प्राधिकरण समाचार,, मुरारी भण्डारी पक्राउ,, विशेष अदालत म्याद थप,, हेलिकप्टर काण्ड अपडेट,, नेपाल ताजा समाचार,,

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्ड सम्बन्धी भ्रष्टाचार मुद्दा दायर गर्ने तयारीस्वरूप उनलाई नियन्त्रणमा लिइएको स्रोतले पुष्टि गरेको छ।

अख्तियारले अधिकारीसँगै क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि हिरासतमा लिएको छ। दुवै जनालाई म्याद थपका लागि विशेष अदालत लगिएको बताइएको छ। नलिन्चोक हेलिकप्टर प्रकरणबारे लामो समयदेखि विवाद र अनियमितताको आरोप उठ्दै आएको थियो, त्यसैको अनुसन्धानलाई अघि बढाउँदै अख्तियारले कडा कदम उठाएको हो।

यसअघि पनि क्यानका पूर्व अधिकारीहरू विभिन्न अनियमितता प्रकरणमा छानबिनको दायरामा परेका थिए।  यो घटनाले नागरिक उड्डयन नियामक निकायमा भएका गम्भीर अनियमितता फेरि एकपटक सतहमा ल्याएको छ।