नयाँ सरकार प्रमुख बनाउन राष्ट्रपति पौडेलको मध्यरातसम्म छलफल

राष्ट्रपति पौडेल, नयाँ सरकार प्रमुख, सुशीला कार्की प्रधानमन्त्री, शीतल निवास छलफल, संसद् विघटन विवाद, जेन–जी आन्दोलन, बालेन शाह समर्थन, अन्तरिम सरकार नेपाल

राष्ट्रपति पौडेल, नयाँ सरकार प्रमुख, सुशीला कार्की प्रधानमन्त्री, शीतल निवास छलफल, संसद् विघटन विवाद, जेन–जी आन्दोलन, बालेन शाह समर्थन, अन्तरिम सरकार नेपाल

भदौ २७, २०८२।

काठमाडौं – जारी राजनीतिक संकटको निकास खोज्न राष्ट्रपति रामचन्द्र पौडेल शीतल निवासमा मध्यरातसम्म सक्रिय बनेका छन्। नयाँ सरकार प्रमुख कसलाई र कसरी बनाउने भन्ने विषयमा उनले सभामुख देवराज घिमिरे, संविधानविद्हरू र प्रमुख दलका नेताहरूसँग निरन्तर परामर्श गरेका छन्।

स्रोतका अनुसार सभामुखमार्फत राष्ट्रपति पौडेलले कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीसहित केही नेताहरूसँग सन्देश पठाएका छन्। लामो समय सरकार विहीनताको अवस्थाले मुलुकलाई अस्थिर बनाउन सक्ने भन्दै सबैसँग सहमति खोजिएको बताइएको छ।

यसबीचमा जेन–जी आन्दोलनरत समूहले ‘भर्चुअल’ मतदानमार्फत पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुखको उम्मेदवार अघि सारेको छ। यो प्रस्तावलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले समर्थन गरेका छन्। तर उनले संसद् विघटन र संवैधानिक निकायका पदाधिकारी नियुक्ति खारेज हुनुपर्ने सर्त पनि अघि सारेका छन्।

प्रधानसेनापति अशोकराज सिग्देलले आन्दोलनरत पक्षहरूसँग दिनभर छलफल गरी त्यसको जानकारी राष्ट्रपतिलाई गराएका छन्। सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन सर्वपक्षीय सहमति नजिक पुगे पनि संसद् विघटनको विषय भने अझै विवादमै छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १४, २०८२।   काठमाडौं दैनिक संवाददाता

रौतहटकी असई रागनीकुमारी यादव लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत देशभरकै सर्वोत्कृष्ट प्रहरी घोषित। घरेलु हिंसा र पीडित संरक्षणमा उत्कृष्ट योगदान भन्दै ४० हजार नगदसहित सम्मान।

रौतहट – घरेलु हिंसा न्यूनीकरणदेखि पीडितको संरक्षण सम्मका काममा उल्लेखनीय योगदान पुर्‍याउँदै रौतहटकी प्रहरी सहायक निरीक्षक (असई) रागनीकुमारी यादव यस वर्षको देशभरकै ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित भएकी छन्।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत देशभरका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा कार्यरत प्रहरी कर्मचारीमध्ये उनी पहिलो स्थानमा परेकी हुन्।

प्रहरी प्रधान कार्यालयले आइतबार आयोजित विशेष कार्यक्रममा ४० हजार रुपैयाँ नगद तथा प्रशंसापत्र प्रदान गर्दै असई रागनीको ‘प्रेरणादायी, प्रभावकारी र नागरिकमैत्री सेवाको’ प्रशंसा गरेको हो।

जिल्ला प्रहरी कार्यालय गौरमा कार्यरत असई रागनी घरेलु हिंसासम्बन्धी उजुरी दर्ता, हिंसापीडित महिलाको सुरक्षित आवास, खोजतलास, मिलापत्र प्रक्रियामा सक्रिय भूमिकाका कारण यो सम्मानकी योग्य ठहरिएकी हुन्।

जिल्ला प्रहरी प्रमुख एसपी रबिन कार्कीका अनुसार, देशभरका सेवा केन्द्रहरूमा कार्यरत प्रहरीमध्ये रागनी उत्कृष्ट भइन्, उनि वास्तवमै उदाहरणीय कर्मठ अधिकारी हुन्।

असई रागनी यादव, रौतहट प्रहरी, सर्वोत्कृष्ट प्रहरी, लैङ्गिक हिंसा, १६ दिने अभियान, घरेलु हिंसा, पीडित संरक्षण, नेपाल प्रहरी, गौर, महिला बालबालिका केन्द्र,
असई रागनी यादव

यसअन्तर्गत अर्घाखाँचीकी हवल्दार शान्ता खत्री दोस्रो हुँदै ३० हजार, सिन्धुलीकी हवल्दार उमा तामाङ तेस्रो हुँदै २० हजार नगद पुरस्कार सहित प्रशंसापत्र प्राप्त गरे। स्याङ्जाकी नायब निरीक्षक पूर्णिमा थापा र सुनसरीकी असई साजना प्रसाईंलाई १०/१० हजार सान्त्वना पुरस्कार दिइयो।

लैङ्गिक हिंसा नियंत्रण र पीडित संरक्षणमा सक्रिय प्रहरी अधिकारीहरूको योगदान कदर गर्न प्रहरी प्रधान कार्यालयले हरेक वर्ष यस्तै विशेष सम्मान प्रदान गर्दै आएको छ।