प्रधानमन्त्रीको विश्वास मत विवाद: सर्वोच्च अदालतमा सुनुवाइ भदौ १७ मा

प्रधानमन्त्री विश्वास मत विवाद, सर्वोच्च अदालत नेपाल, नागरिक उन्मुक्ति पार्टी, संसद् सचिवालय, केपी शर्मा ओली, नेपाल राजनीति समाचार, भदौ १७ सुनुवाइ

प्रधानमन्त्री विश्वास मत विवाद, सर्वोच्च अदालत नेपाल, नागरिक उन्मुक्ति पार्टी, संसद् सचिवालय, केपी शर्मा ओली, नेपाल राजनीति समाचार, भदौ १७ सुनुवाइ

भदौ १२, २०८२।

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीलाई कामचलाउ घोषित गर्न माग गर्दै दायर गरिएको रिटमा सर्वोच्च अदालतले अर्को सुनुवाइ भदौ १७ गते गर्ने भएको छ। न्यायाधीश महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासले आवश्यक तीन वटा फाइल संसद् सचिवालय, निर्वाचन आयोग र नागरिक उन्मुक्ति पार्टीसँग माग गर्दै मिति तोकेको हो।

इजलासले संसद् सचिवालयलाई नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिएको र पुनः समर्थन गरेको पत्र, मन्त्री अरुणकुमार चौधरीको राजीनामा पत्र तथा नाउपाको वैधानिकता सम्बन्धी विवरण पठाउन आदेश गरेको छ।

यसअघि न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले चार प्रश्न उठाउँदै सरकार र विपक्षसँग लिखित जवाफ मागेको थियो। महान्यायाधीवक्ता रमेश बडालसँग संसद् सचिवालयबाट आधिकारिक पत्रबारे जिज्ञासा राखिएको र सोही आधारमा अदालतले आवश्यक कागजात झिकाउने आदेश गरेको हो।

यो मुद्दामा राजनीतिक र संवैधानिक तर्कसँगै दलहरूको समर्थन–विरोधको स्थिति पनि निर्णायक बन्ने देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १८, २०८२।  काठमाडौ दैनिक संवाददाता

क्यान महानिर्देशक पक्राउ,, प्रदीप अधिकारी गिरफ्तारी,, नलिन्चोक हेलिकप्टर काण्ड,, अख्तियार अनुसन्धान,, भ्रष्टाचार मुद्दा नेपाल,, नागरिक उड्डयन प्राधिकरण समाचार,, मुरारी भण्डारी पक्राउ,, विशेष अदालत म्याद थप,, हेलिकप्टर काण्ड अपडेट,, नेपाल ताजा समाचार,,

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्ड सम्बन्धी भ्रष्टाचार मुद्दा दायर गर्ने तयारीस्वरूप उनलाई नियन्त्रणमा लिइएको स्रोतले पुष्टि गरेको छ।

अख्तियारले अधिकारीसँगै क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि हिरासतमा लिएको छ। दुवै जनालाई म्याद थपका लागि विशेष अदालत लगिएको बताइएको छ। नलिन्चोक हेलिकप्टर प्रकरणबारे लामो समयदेखि विवाद र अनियमितताको आरोप उठ्दै आएको थियो, त्यसैको अनुसन्धानलाई अघि बढाउँदै अख्तियारले कडा कदम उठाएको हो।

यसअघि पनि क्यानका पूर्व अधिकारीहरू विभिन्न अनियमितता प्रकरणमा छानबिनको दायरामा परेका थिए।  यो घटनाले नागरिक उड्डयन नियामक निकायमा भएका गम्भीर अनियमितता फेरि एकपटक सतहमा ल्याएको छ।