इजरायलमा नेपाली समुदायबाट विपिन जोशीको परिवारलाई १० लाख सहयोग

विपिन जोशी, नेपाली बन्धक, इजरायल गाजा युद्ध, होस्टेज स्क्वायर, पद्मा जोशी, पुष्पा जोशी, हमास आक्रमण, नेपाली विद्यार्थी इजरायल, गाजा युद्ध इजरायलका राष्ट्रपति इसाक हेर्जोग र उनकी पत्नी मिचेलसँग विपिन जोशीका आमा पद्मा र बहिनी पुष्पा । उनीहरूलाई इजरायल सरकारले गत साता झिकाएको हो ।
विपिन जोशी, नेपाली बन्धक, इजरायल गाजा युद्ध, होस्टेज स्क्वायर, पद्मा जोशी, पुष्पा जोशी, हमास आक्रमण, नेपाली विद्यार्थी इजरायल, गाजा युद्ध
इजरायलका राष्ट्रपति इसाक हेर्जोग र उनकी पत्नी मिचेलसँग विपिन जोशीका आमा पद्मा र बहिनी पुष्पा । उनीहरूलाई इजरायल सरकारले गत साता झिकाएको हो ।

भदौ १०, २०८२।

तेलअविव – इजरायलमा रहेका नेपाली समुदायले हमासको बन्धक बनेका विपिन जोशीको परिवारलाई करिब १० लाख रुपैयाँभन्दा बढी सहयोग गरेका छन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए) इजरायल र जनजाति महासंघ इजरायल लगायत विभिन्न संघ संस्थाहरुको पहलमा संकलन भएको रकम विपिनको आमा र बहिनीलाई हस्तान्तरण गरिएको हो।

एनआरएनए इजरायलले कोषमार्फत ५ हजार सेकल सहयोग।

विभिन्न जातीय संस्थाको पहलमा झण्डै १२ हजार सेकल थप संकलन।

हालसम्म १० लाख रुपैयाँभन्दा बढी रकम विपिन परिवारलाई उपलब्ध।

बसाइ, यात्रा खर्च, बहिनी पुष्पाको पढाइ र घरखर्चमा सहयोग प्रयोग हुने।

नेपाली समुदायले यो सहयोगलाई आर्थिक मात्र नभई नैतिक समर्थन भएको बताएका छन्।

विगत २२ महिनाअघि अध्ययन र उज्ज्वल भविष्यको सपना लिएर इजरायल पुगेका विपिनलाई केही दिनमै हमासले अपहरण गरेको थियो। अहिलेसम्म उनको अवस्थाबारे ठोस जानकारी सार्वजनिक भएको छैन।

हालै विपिनको आमा र बहिनी पुष्पा इजरायल पुगेका थिए र बन्धकको विषयमा आवाज उठाएका थिए। यसै क्रममा नेपाली समुदायले बसाइदेखि पढाइ र घरखर्चसम्म सहयोग गर्ने उद्देश्यले रकम संकलन गरेका हुन्।

हमासको बन्धक बनेका विपिन जोशीको परिवारलाई इजरायलमा रहेका नेपाली समुदायले १० लाख रुपैयाँभन्दा बढी सहयोग गरेका छन्। एनआरएनए र जनजाति महासंघको पहलमा संकलन रकम आमा र बहिनीलाई हस्तान्तरण।
इजरायलमा आयोजित एक विशेष कार्यक्रममा विपिन जोशीकी बहिनी पुष्पा दाईको रिहाईको लागि सम्बोधन गर्ने क्रममा भावुक भएकी क्षण।

विपिनकी बहिनी पुष्पा भन्छिन्हा, हाम्रो परिवारलाई यो कठिन समयमा ठूलो हौसला मिलेको छ। विपिन दाइको रिहाइका लागि हाम्रो अभियान निरन्तर रहनेछ।

इजरायलमा रहेका नेपाली समुदायले भने, यो केवल आर्थिक सहयोग नभई परिवारलाई नैतिक समर्थन पनि हो। अन्तर्राष्ट्रिय दबाब बढाउन हामी निरन्तर लाग्नेछौं।

इजरायलमा रहेका नेपालीहरूको यो सहयोगले विपिन जोशीको परिवारलाई मात्र राहत दिएको छैन, बरु नेपाल र विदेशमा रहेका नेपालीबीचको एकताको उदाहरण पनि बनेको छ। बन्धक बनेका विपिनलाई सुरक्षित घर फर्काउन अन्तर्राष्ट्रिय दबाब निरन्तर बढाउनुपर्ने आवाज समुदायबाट उठिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नेपाली दूतावास क्रोएसिया, राहदानी सेवा क्रोएसिया, घुम्ती शिविर जाग्रेब, बायोमेट्रिक सेवा नेपाली, NRNA क्रोएसिया, तामाङ समाज क्रोएसिया, नेपाली समुदाय यूरोप

साउन १९, २०८२।

जाग्रेब, क्रोएसिया – नेपाली दूतावास भियना, अष्ट्रियाको पूर्व निर्धारित सूचना अनुसार यही अगस्ट १, २ र ३ गते क्रोएसियाको राजधानी जाग्रेबमा आयोजित तीन दिने मोबाइल घुम्ती सेवा शिविर सफलतापूर्वक सम्पन्न भएको छ।

शिविरमा विशेष गरी Work Permit वा ID Card को म्याद सकिएको, रद्द भएको, राहदानी हराएको वा क्षति पुगेका कारण दूतावाससम्म पुग्न नसक्ने नेपालीहरूको सेवा उद्देश्यले आयोजना गरिएको थियो।

नेपाली दूतावास क्रोएसिया, राहदानी सेवा क्रोएसिया, घुम्ती शिविर जाग्रेब, बायोमेट्रिक सेवा नेपाली, NRNA क्रोएसिया, तामाङ समाज क्रोएसिया, नेपाली समुदाय यूरोप

क्रोएसियाका विभिन्न क्षेत्रमा बसोबास गर्ने करिब ३०० नेपाली सेवाग्राहीहरूले बायोमेट्रिक प्रक्रिया पूरा गरी राहदानी नविकरणका लागि सेवा लिएका छन्। यो प्रकारको शिविर वर्षमा एक पटक मात्र सञ्चालन हुने विशेष सेवा हो।

शिविरमा नेपाली दूतावासका प्रथम सचिव श्री अनिल लम्सालको नेतृत्वमा दूतावासको टोली क्रोएसिया पुगेको थियो। यस सेवाको सफल व्यवस्थापन र समन्वयमा गैरआवासीय नेपाली संघ (NRNA) क्रोएसिया, तामाङ समाज क्रोएसियासहित अन्य नेपाली समाज संस्थाहरूले पनि उल्लेखनीय सहयोग गरेका छन्।

यस शिविर आयोजनामा योगदान पुर्‍याउने सबैप्रति तामाङ समाज क्रोएसिया परिवारले विशेष आभार व्यक्त गरेको छ।

नेपाली दूतावास क्रोएसिया, राहदानी सेवा क्रोएसिया, घुम्ती शिविर जाग्रेब, बायोमेट्रिक सेवा नेपाली, NRNA क्रोएसिया, तामाङ समाज क्रोएसिया, नेपाली समुदाय यूरोप

दूतावासका प्रथम सचिव अनिल लम्साल, एनआरएनए क्रोएसियाका अध्यक्ष तथा तामाङ समाजका प्रमुख सल्लाहकार श्री साइमन लामा, तामाङ समाज क्रोएसियाका अध्यक्ष लगायत सम्पूर्ण टिम, पत्रकार, शुभेच्छुक तथा प्रत्यक्ष-अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको हो।