वीरगञ्जमा हैजा फैलियो, संक्रमितको संख्या ७९ पुग्यो

हैजा नेपाल,,, वीरगञ्ज हैजा,,, हैजाको संक्रमण,,, वीरगञ्जमा हैजा २०८२,,, Parsa cholera outbreak,,, Narayani hospital Birgunj,,, हैजा संक्रमित संख्या,,, हैजा रोग नेपाल,,, cholera outbreak Nepal 2025,,, Birgunj health news,,, --- वीरगन्ज महानगरका प्रमुख राजेशमान सिंह वीरगन्जस्थित वीरगन्ज हेल्थ केयर अस्पतालमा हैजाका बिरामीको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै ।
हैजा नेपाल,,, वीरगञ्ज हैजा,,, हैजाको संक्रमण,,, वीरगञ्जमा हैजा २०८२,,, Parsa cholera outbreak,,, Narayani hospital Birgunj,,, हैजा संक्रमित संख्या,,, हैजा रोग नेपाल,,, cholera outbreak Nepal 2025,,, Birgunj health news,,,---
वीरगन्ज महानगरका प्रमुख राजेशमान सिंह वीरगन्जस्थित वीरगन्ज हेल्थ केयर अस्पतालमा हैजाका बिरामीको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै ।

भदौ ९, २०८२।

पर्सा – वीरगञ्ज महानगरपालिका क्षेत्रमा समुदायस्तरमै हैजा (Cholera) को सङ्क्रमण फैलिएको छ। स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार सोमबार बिहानसम्म कुल ७९ जना हैजा संक्रमित भेटिएका छन्।

गत शुक्रबारदेखि वीरगञ्जका विभिन्न वडामा हैजाका बिरामी भेटिन थालेका हुन्। अहिलेसम्म १०३ जना बिरामी विभिन्न अस्पतालमा भर्ना भइसकेका छन्। नारायणी अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंहका अनुसार हैजाका कारण अस्पतालमा श्यया र जनशक्तिको अभाव देखिएको छ।

विश्व स्वास्थ्य सङ्गठन (WHO) का प्रतिनिधिहरूले स्थानीय पानीको परीक्षण थालेका छन्। स्वास्थ्य अधिकारीहरूले सम्भवतः आजभित्रै हैजाको स्रोत पत्ता लाग्ने आशा व्यक्त गरेका छन्।

नारायणी अस्पतालमा मात्र ३० जना संक्रमित भर्ना भएका छन् भने अन्य अस्पतालहरू- तराई अस्पताल, नेशनल मेडिकल कलेज, भवानी अस्पताललगायतमा पनि हैजाका बिरामी भेटिएका छन्। अहिलेसम्म कागजी रूपमा सहयोगको आश्वासन भए पनि वास्तविक जनशक्ति र आवश्यक स्वास्थ्य सामग्री भने आइपुगेको छैन।

यससँगै वीरगञ्जका स्वास्थ्य संस्था विभिन्न प्रकारका अन्य महामारी (जस्तै ज्वरो, सर्पदंश, प्यारालाइसिस) सँग पनि जुधिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नेपाल इम्बोस्ड नम्बर प्लेट, नम्बर प्लेट विवाद नेपाल, embossed number plate Nepal, भ्रष्टाचारको साइनबोर्ड, नेपालमा नम्बर प्लेट शुल्क, यातायात विभाग विवाद, अंग्रेजी नम्बर प्लेट, नेपाली भाषा नम्बर प्लेट, embossed plate corruption Nepal, mandatory embossed plate Nepal

भदौ ११, २०८२।

काठमाडौँ – सरकारले १ असोजदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय गरेपछि यसबारे विवाद चर्किएको छ। यातायात क्षेत्रलाई ‘डिजिटाइजेसन’ गर्ने नाममा अघि सारिएको यो योजनाप्रति सर्वसाधारणदेखि विज्ञसम्म असन्तुष्टि जनाइरहेका छन्।

सन् २०१६ (वि.सं. २०७३) मा ५ वर्षभित्र २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर जडान गर्ने सम्झौता भए पनि ६ वर्ष बित्दा जम्मा २५ हजार सवारीमा मात्र जडान भएको तथ्य बाहिर आएको छ। यसले करोडौँको लागतमा अघि बढाइएको योजनामा भ्रष्टाचार र अनियमितताको गन्ध झनै तीव्र बनाएको छ।

अनिवार्यतापछि सामाजिक सञ्जालदेखि सडकसम्म विरोधको लहर चलेको छ। नेपाली भाषाभन्दा अंग्रेजीमा नम्बर राखिएको भन्दै भाषिक पहिचान मेटाउने प्रयास भएको आरोप पनि लागेको छ। प्राज्ञिक विद्यार्थी परिषद्ले मुलुकभर प्रदर्शन गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएको छ।

२०७४ सालमै सर्वोच्च अदालतमा इम्बोस्ड नम्बर प्लेटविरुद्ध रिट दर्ता गरिएको थियो। केही समय रोकिए पनि पछि अदालतले अंग्रेजी भाषामा प्रयोग गर्न रोक नलगाउने आदेश दिएपछि फेरि प्रक्रिया अघि बढेको हो। तर आजसम्म पनि पूर्वाधार तयार नहुँदै अनिवार्य गर्ने सरकारी निर्णय ‘हडबडी’ र ‘अनियमितताको संकेत’ भएको नागरिकको टिप्पणी छ।

आर्थिक भार

मोटरसाइकल–स्कुटरका लागि शुल्क : २,५०० रुपैयाँ

तीनपांग्रे : २,९०० रुपैयाँ

कार, जिप, भ्यान : ३,२०० रुपैयाँ

हेभी सवारी : ३,६०० रुपैयाँ

इम्बोस्ड नम्बर प्लेट ८ वर्षदेखि विवादमै अल्झिरहेको छ।
सवारीसाधन धनीले तिर्नुपर्ने शुल्क र कम्पनीलाई सरकारले तिर्ने अमेरिकी डलरबीचको मूल्य अन्तर पनि प्रश्नको केन्द्रमा छ।