ललितपुर क्विन्सलाई आईएमई जनरल इन्स्युरेन्स IGI “आइजिआई” को प्रायोजन

ललितपुर क्विन्स प्रायोजन, एभरेष्ट महिला भलिबल लिग, IME General Insurance, IGI Nepal, महिला भलिबल नेपाल, ललितपुर क्विन्स टोली, सलिना श्रेष्ठ कप्तान, आयशा शाक्य गुडविल एम्बासडर काठमाडौँस्थित आइजिआईको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा ललितपुर क्विन्सका अध्यक्ष रमेश पराजुली र आइजिआईका प्रमुख कार्यकारी अधिकृत (सिइओ) युगेश भक्त बादे श्रेष्ठबीच प्रायोजन सम्झौतामा हस्ताक्षर भएको हो।

ललितपुर क्विन्स प्रायोजन, एभरेष्ट महिला भलिबल लिग, IME General Insurance, IGI Nepal, महिला भलिबल नेपाल, ललितपुर क्विन्स टोली, सलिना श्रेष्ठ कप्तान, आयशा शाक्य गुडविल एम्बासडर

काठमाडौँस्थित आइजिआईको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा ललितपुर क्विन्सका अध्यक्ष रमेश पराजुली र आइजिआईका प्रमुख कार्यकारी अधिकृत (सिइओ) युगेश भक्त बादे श्रेष्ठबीच प्रायोजन सम्झौतामा हस्ताक्षर भएको हो।भदौ ७, २०८२।

काठमाडौँ – एभरेष्ट महिला भलिबल लिगमा सहभागी ललितपुर क्विन्सलाई आईएमई जनरल इन्स्युरेन्स लिमिटेड (आइजिआई) ले प्रायोजन गरेको छ।

शुक्रवार काठमाडौँस्थित आइजिआईको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा ललितपुर क्विन्सका अध्यक्ष रमेश पराजुली र आइजिआईका प्रमुख कार्यकारी अधिकृत (सिइओ) युगेश भक्त बादे श्रेष्ठबीच प्रायोजन सम्झौतामा हस्ताक्षर भएको हो।

सम्झौताअनुसार ललितपुर क्विन्सले आफ्नो खेल जर्सीमा IGI को लोगो राख्नेछ र कम्पनीको प्रचार–प्रसारमा पनि सहयोग गर्नेछ। सम्झौतापछि सिइओ श्रेष्ठले ललितपुर क्विन्सलाई साथ दिन पाउँदा खुशी लागेको बताए। उनले क्लबले यस संस्करणमा पनि उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे।

क्लब अध्यक्ष रमेश पराजुलीले प्रायोजनका लागि सम्पूर्ण आइजिआई परिवारलाई धन्यवाद दिँदै टोलीको प्रदर्शन उत्कृष्ट रहने प्रतिबद्धता जनाए।

यसपटक पनि ललितपुर क्विन्सलाई उत्सव खड्काले प्रशिक्षकका रूपमा नेतृत्व गर्नेछन् भने टोलीको कप्तान तथा मार्की खेलाडी सलिना श्रेष्ठ हुनेछिन्। अक्सनमार्फत संगम महतो, लक्ष्मी चन्द, सुनिता राई, सलिना बूढा मगर, निशा चौधरी, सृष्टि खड्गी र भावना डाँगीलाई टोलीमा समावेश गरिएको छ।

त्यसैगरी क्लबले आफ्नो गुडविल एम्बासडरमा दक्षिण एसियाली खेलकुद (SAG) की तीन स्वर्ण पदक विजेता आयशा शाक्यलाई नियुक्त गरेको छ।

एभरेष्ट महिला भलिबल लिग आगामी भदौ २० देखि २८ सम्म पोखरामा हुने तय भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर २, २०८२।   काठमाडौँ दैनिक संवाददाता


एनपीएल २०८२, विराटनगर किंग्स, पोखरा एभेन्जर्स, मार्टिन गप्टिल, लोकेश बम, सन्दीप लामिछाने, नेपाल प्रिमियर लिग, उच्च स्कोर, खेलकुद समाचार

काठमाडौ – नेपाल प्रिमियर लिग (एनपीएल) मा मंगलबार विराटनगर किंग्सले ऐतिहासिक प्रदर्शन गर्दै पोखरा एभेन्जर्सलाई ५३ रनले पराजित गरेको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानको फ्लडलाइटमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको विराटनगरले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय २० रनको कीर्तिमानी स्कोर बनाएको थियो।

यो एनपीएल इतिहासकै सबैभन्दा ठूलो स्कोर हो। विगत वर्ष लुम्बिनी लायन्सविरुद्ध १ सय ९३ रन बनाएको कीर्तिमानलाई विराटनगरले यसपटक सहजै उछिनेको छ।

पहिलो विकेटका लागि जर्ज मुन्सी १० रनमै आउट भएपछि लोकेश बम र मार्टिन गप्टिलले पोखराका बलरहरूलाई खुला मैदानमा आक्रमण गरे। दुवैले दोस्रो विकेटका लागि १ सय ३२ रनको उत्कृष्ट साझेदारी बनाए, जुन एनपीएल इतिहासकै दोस्रो उच्च साझेदारी हो।

२ सय २१ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पोखराका ओपनर दिनेश खरेल ७ रनमै आउट भए। तर कप्तान कुशल भुर्तेल उत्कृष्ट फर्ममा रहे—३१ बलमा ५ चौका र ४ छक्कासहित ५९ रन बनाए ।

भुर्तेलसँग एडम रोसिङटन ले ३९ रनको योगदान दिंदै ७६ रनको साझेदारी गरे। तर सन्दीप लामिछानेले एकै ओभरमा जिम्मी निसम र तृतराज दासलाई आउट गरेपछि पोखराको आशा निराशामा बद्लिएको हो ।


एनपीएल २०८२, विराटनगर किंग्स, पोखरा एभेन्जर्स, मार्टिन गप्टिल, लोकेश बम, सन्दीप लामिछाने, नेपाल प्रिमियर लिग, उच्च स्कोर, खेलकुद समाचार

लगातार आउट हुँदा टोली १८.५ ओभरमै १६७ रनमा अलआउट भयो। अन्तिमतिर ड्यान डाउथवेटले २० बलमा २९ रन बनाए पनि त्यो टोलीलाई जोगाउन पर्याप्त भएन।

कीर्तिमानी २२० रनको विशाल स्कोर, आक्रामक ब्याटिङ प्रदर्शन र उत्कृष्ट बलिङको संयोजनले विराटनगर किंग्सलाई एनपीएलमा शानदार जित दिलायो। यस जितसँगै विराटनगरले प्रतियोगितामा बलियो दाबी पेश गरेको छ।