ललितपुर क्विन्सलाई आईएमई जनरल इन्स्युरेन्स IGI “आइजिआई” को प्रायोजन

ललितपुर क्विन्स प्रायोजन, एभरेष्ट महिला भलिबल लिग, IME General Insurance, IGI Nepal, महिला भलिबल नेपाल, ललितपुर क्विन्स टोली, सलिना श्रेष्ठ कप्तान, आयशा शाक्य गुडविल एम्बासडर काठमाडौँस्थित आइजिआईको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा ललितपुर क्विन्सका अध्यक्ष रमेश पराजुली र आइजिआईका प्रमुख कार्यकारी अधिकृत (सिइओ) युगेश भक्त बादे श्रेष्ठबीच प्रायोजन सम्झौतामा हस्ताक्षर भएको हो।

ललितपुर क्विन्स प्रायोजन, एभरेष्ट महिला भलिबल लिग, IME General Insurance, IGI Nepal, महिला भलिबल नेपाल, ललितपुर क्विन्स टोली, सलिना श्रेष्ठ कप्तान, आयशा शाक्य गुडविल एम्बासडर

काठमाडौँस्थित आइजिआईको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा ललितपुर क्विन्सका अध्यक्ष रमेश पराजुली र आइजिआईका प्रमुख कार्यकारी अधिकृत (सिइओ) युगेश भक्त बादे श्रेष्ठबीच प्रायोजन सम्झौतामा हस्ताक्षर भएको हो।भदौ ७, २०८२।

काठमाडौँ – एभरेष्ट महिला भलिबल लिगमा सहभागी ललितपुर क्विन्सलाई आईएमई जनरल इन्स्युरेन्स लिमिटेड (आइजिआई) ले प्रायोजन गरेको छ।

शुक्रवार काठमाडौँस्थित आइजिआईको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा ललितपुर क्विन्सका अध्यक्ष रमेश पराजुली र आइजिआईका प्रमुख कार्यकारी अधिकृत (सिइओ) युगेश भक्त बादे श्रेष्ठबीच प्रायोजन सम्झौतामा हस्ताक्षर भएको हो।

सम्झौताअनुसार ललितपुर क्विन्सले आफ्नो खेल जर्सीमा IGI को लोगो राख्नेछ र कम्पनीको प्रचार–प्रसारमा पनि सहयोग गर्नेछ। सम्झौतापछि सिइओ श्रेष्ठले ललितपुर क्विन्सलाई साथ दिन पाउँदा खुशी लागेको बताए। उनले क्लबले यस संस्करणमा पनि उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे।

क्लब अध्यक्ष रमेश पराजुलीले प्रायोजनका लागि सम्पूर्ण आइजिआई परिवारलाई धन्यवाद दिँदै टोलीको प्रदर्शन उत्कृष्ट रहने प्रतिबद्धता जनाए।

यसपटक पनि ललितपुर क्विन्सलाई उत्सव खड्काले प्रशिक्षकका रूपमा नेतृत्व गर्नेछन् भने टोलीको कप्तान तथा मार्की खेलाडी सलिना श्रेष्ठ हुनेछिन्। अक्सनमार्फत संगम महतो, लक्ष्मी चन्द, सुनिता राई, सलिना बूढा मगर, निशा चौधरी, सृष्टि खड्गी र भावना डाँगीलाई टोलीमा समावेश गरिएको छ।

त्यसैगरी क्लबले आफ्नो गुडविल एम्बासडरमा दक्षिण एसियाली खेलकुद (SAG) की तीन स्वर्ण पदक विजेता आयशा शाक्यलाई नियुक्त गरेको छ।

एभरेष्ट महिला भलिबल लिग आगामी भदौ २० देखि २८ सम्म पोखरामा हुने तय भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर ९, २०८२।    काठमाडौँ दैनिक संवाददाता

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

काठमाडौ – प्रधानमन्त्री सुशीला कार्कीले श्रीलंकामा सम्पन्न पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेर फर्किएको नेपाली टोलीलाई सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्मानपूर्वक भेट गरेकी छन्।

प्रधानमन्त्रीले खेलाडी र अफिसियललाई बधाई दिँदै यो उपलब्धि नेपाली खेलकुद इतिहासकै गर्वको विषय भएको बताइन्। कार्कीले भनिन्, यो तपाईंहरूको कडा परिश्रम, सामूहिक भावना र दृढ संकल्पको परिणाम हो। तपाईंहरू सबै यस उपलब्धिको हकदार हुनुहुन्छ। अर्को संस्करणमा च्याम्पियन बन्ने लक्ष्यसहित अगाडि बढ्नुहोस्।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रधानमन्त्री कार्कीले सरकारबाट आवश्यक सहयोग र लगानीका विषयमा सम्बद्ध मन्त्रालय तथा निकायसँग छलफल गर्ने आश्वासन समेत दिइन्। कार्कीले पहल र प्रतिभाको प्रदर्शन सराहनीय रहेको उल्लेख गर्दै सरकारी सहयोग बढेमा टोलीले अझ उत्कृष्ट सफलता हासिल गर्ने विश्वास व्यक्त गरिन्।

प्रशिक्षक पुरनसिंह खत्री र कप्तान गीता पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीले प्रतिस्पर्धी सम्पन्न राष्ट्रका टोलीलाई हराउँदै उपाधि नजिक पुग्न सफल भएको प्रशिक्षकको भनाइ छ। उनका अनुसार सरकारी समर्थन पाउँदा भविष्यमा नेपालले च्याम्पियन बन्न सक्नेछ।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रतियोगिता सम्पन्न भएपछि टोली सोमबारै स्वदेश फर्किएको हो।