सेयर कर्जा ४२% ले बढ्दा पनि किन बढेन नेपाली पुँजी बजार

सेयर बजार, डिम्याट खाता, दोस्रो बजार, नेपाल स्टक एक्सचेन्ज, नेप्से, सक्रिय लगानीकर्ता, शेयर लगानी, सेयर कारोबार, NEPSE रिपोर्ट

सेयर बजार, डिम्याट खाता, दोस्रो बजार, नेपाल स्टक एक्सचेन्ज, नेप्से, सक्रिय लगानीकर्ता, शेयर लगानी, सेयर कारोबार, NEPSE रिपोर्ट

भदौ ५, २०८२।

काठमाडौँ – गत आर्थिक वर्षको ११ महिनामा मात्र बैंक तथा वित्तीय संस्थाले थप ३८ अर्ब ५७ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन्। अघिल्लो वर्षको सोही अवधिमा भन्दा यो ४२.८ प्रतिशतले बढी हो।

तर सेयर कर्जा यसरी बढ्दा पनि नेप्से परिसूचक उकालो लाग्न सकेको छैन। हाल लगानीकर्तामा देखिएको आत्मविश्वासको कमी, शिथिल अर्थतन्त्र र अन्य क्षेत्रमा लगानी प्रवाह भएकाले बजार स्थिर हुन नसकेको विज्ञहरू बताउँछन्।

स्टक ब्रोकर्स एसोसिएसनका पूर्वअध्यक्ष धर्मराज सापकोटाका अनुसार सेयर धितो कर्जा बढेको देखिन्छ तर त्यसको ठूलो भाग अन्य क्षेत्रमा गएका कारण बजारमा अपेक्षित माग देखिएको छैन।

राष्ट्र बैंकको तथ्यांकअनुसार १ करोडभन्दा माथिका कर्जामा उल्लेख्य वृद्धि भए पनि साना लगानीकर्ताले पनि बैंकबाट सेयर कर्जा लिएको देखिन्छ। बजार उकालो लाग्न अझै सकारात्मक समाचार र आत्मविश्वास चाहिएको विज्ञहरूको निष्कर्ष छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर ३, २०८२।  काठमाडौं दैनिक संवाददाता

barahi ipo

काठमाडौं – बाराही हाइड्रोपावर पब्लिक लिमिटेडका दीर्घकालीन लक–इनमा रहेका करिब २० लाख सेयर आगामी पुस १ गतेदेखि अनलक हुँदैछन्। लक–इन अवधि सकिएसँगै संस्थापक, कर्मचारी र प्रभावित स्थानीयका हातमा रहेका सेयर बजारमा कारोबारयोग्य बन्नेछन्।

कम्पनीका अनुसार कुल १९ लाख ५७ हजार ८० कित्ता सेयर अनलक हुनेछन्। समूहगत विवरण यसप्रकार छ।

संस्थापक समूह : १८ लाख कित्ता

कर्मचारी : ११ हजार ८० कित्ता

आयोजना प्रभावित स्थानीय : १ लाख ४६ हजार कित्ता

यी सबै सेयर पुस १ गतेदेखि दोस्रो बजारमा कारोबार योग्य हुनेछन्, जसले बजारमा तरलता विस्तारसँगै शेयर आपूर्तिमा पनि प्रभाव पार्ने अनुमान गरिएको छ।

नेपाल धितोपत्र बोर्डमा बाराही हाइड्रोपावरका कुल २५ लाख कित्ता सेयर दर्ता छन्। कम्पनीले २०७९ मंसिर २१ देखि २८ सम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ लाख ५४ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो।

उक्त आईपीओको बाँडफाँड २०७९ पुस ३ गते सम्पन्न भएको थियो, जसअनुसार सर्वसाधारणका लगानीकर्ताले सेयर प्राप्त गरेका थिए। बजार विश्लेषकहरूका अनुसार संस्थापक समूहका ठूलो परिमाणका सेयर अनलक हुँदा आपूर्ति बढ्ने सम्भावना रहन्छ। तर वास्तविक प्रभाव भने बजारको माग, बजार वातावरण र संस्थापकहरूको सेयर होल्ड गर्ने रणनीतिमा निर्भर हुने बताइएको छ।

लक–इन समाप्तिको जानकारी सेयर मूल्य उतार–चढावमा प्रभाव पार्न सक्ने भएकाले लगानीकर्तालाई तथ्यांक र बजार अवस्थाको अध्ययन गरेर मात्रै निर्णय लिन विज्ञहरुले सुझाव दिएका छन् ।