थाइल्याण्डकी स्टार भलिबल खेलाडी वारन्या श्रीलाओङ ललितपुर क्विन्सबाट खेल्ने

वारन्या श्रीलाओङ, ललितपुर क्विन्स, एभरेष्ट महिला भलिबल लिग, महिला भलिबल नेपाल, पोखरा भलिबल २०८२, थाइल्याण्ड खेलाडी नेपाल, नेपाली भलिबल लिग, सात्सल्य एभरेष्ट लिग, ललितपुर खेलकुद, महिला स्पोर्ट्स नेपाल थाइल्याण्डकी स्टार भलिबल खेलाडी वारन्या श्रीलाओङ ललितपुर क्विन्सबाट खेल्न नेपाल आउदै छिन् ।
वारन्या श्रीलाओङ, ललितपुर क्विन्स, एभरेष्ट महिला भलिबल लिग, महिला भलिबल नेपाल, पोखरा भलिबल २०८२, थाइल्याण्ड खेलाडी नेपाल, नेपाली भलिबल लिग, सात्सल्य एभरेष्ट लिग, ललितपुर खेलकुद, महिला स्पोर्ट्स नेपाल
थाइल्याण्डकी स्टार भलिबल खेलाडी वारन्या श्रीलाओङ ललितपुर क्विन्सबाट खेल्न नेपाल आउदै छिन् ।

भदौ ४, २०८२।

काठमाडौं – थाइल्याण्डकी उत्कृष्ट भलिबल खेलाडी वारन्या श्रीलाओङ फेरि पनि ललितपुर क्विन्सबाटै खेल्ने भएकी छन्। सात्सल्य एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणका लागि उनलाई निरन्तरता दिइएको हो।

ललितपुर क्विन्सले एक प्रेस विज्ञप्ति जारी गर्दै वारन्यासँग पुनः अनुबन्धन गरिएको जानकारी दिएको छ। पहिलो संस्करणमा उपविजेता बनेको ललितपुरको सफल यात्रामा वारन्याको योगदान उल्लेखनीय थियो। दोस्रो संस्करणका लागि उनी आगामी साता नेपाल आउने छन्।

यससँगै ललितपुरले थाइल्याण्डकै अर्की अनुभवी सेटर पट्राथिप सान्त्रकुनलाई पनि टिममा राखेको छ। सान्त्रकुनले पनि पहिलो संस्करणमा ललितपुरकै तर्फबाट खेलेकी थिइन्।

ललितपुर क्विन्स, वारन्या श्रीलाओङ, ललितपुर क्विन्स, एभरेष्ट महिला भलिबल लिग, महिला भलिबल नेपाल, पोखरा भलिबल २०८२, थाइल्याण्ड खेलाडी नेपाल, नेपाली भलिबल लिग, सात्सल्य एभरेष्ट लिग, ललितपुर खेलकुद, महिला स्पोर्ट्स नेपाल
ललितपुर क्विन्स

टोलीको कप्तानी सलिना श्रेष्ठले गर्नेछिन् भने ललितपुरले अक्सनबाट संगम महतो, लक्ष्मी चन्द, सुनिता राई, सलिना बूढा मगर, निशा चौधरी, सृष्टि खड्गी र भावना डाँगीलाई समेत अनुबन्धन गरेको छ।

गुडविल एम्बासडरका रूपमा तीन पटकको दक्षिण एशियाली खेलकुद स्वर्ण विजेता आयशा शाक्यलाई नियुक्त गरिएको छ।

वारन्या श्रीलाओङ, ललितपुर क्विन्स, एभरेष्ट महिला भलिबल लिग, महिला भलिबल नेपाल, पोखरा भलिबल २०८२, थाइल्याण्ड खेलाडी नेपाल, नेपाली भलिबल लिग, सात्सल्य एभरेष्ट लिग, ललितपुर खेलकुद, महिला स्पोर्ट्स नेपाल
ललितपुर क्विन्सको लोगो

भदौ २० देखि २८ गतेसम्म पोखरामा आयोजना हुने लिगमा ललितपुर क्विन्सको प्रशिक्षणको जिम्मेवारी कोच उत्सव खड्काले लिने छन्।

थाइल्याण्डकी स्टार भलिबल खेलाडी वारन्या श्रीलाओङको  खेल यहाँबाट हेर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

कविता भट्ट, अष्ट्रेलिया पलायन, राष्ट्रिय भलिबल टिम, एपीएफ क्लब, नेपाली खेलाडी विदेश, सरस्वती चौधरी, Nepal Volleyball

भदौ ११, २०८२।

काठमाडौं – राष्ट्रिय भलिबल टिमकी मिडल ब्लकर कविता भट्ट अष्ट्रेलिया पलायन भएकी छिन् । उनले यो निर्णय रहर नभई बाध्यता भएको स्पष्ट पारेकी छिन् ।

गत साउनमा सशस्त्र प्रहरीको एपीएफ क्लबबाट राजीनामा दिएर अष्ट्रेलिया पुगेकी भट्टले आफ्ना संघर्ष र अधुरा सपनाबारे भावुक अभिव्यक्ति दिएकी छिन् । उनले न्यू साउथ वेल्स, सिड्नीबाट लेखेकी छन्, घरपरिवार र आमाबुवालाई छोडेर विदेशिने रहर होइन, बाध्यता हो । राष्ट्रिय टिमबाट गोल्ड मेडल जित्ने ठूलो सपना थियो तर परिस्थितिले त्यो सम्भव भएन।

भट्टले एपीएफ क्लबलाई आफ्नो करिअरको आधार भएको भन्दै आभार व्यक्त गरेकी छिन् । उनके भने, एपीएफकै कारण उनले राष्ट्रिय टिमसम्म खेल्ने अवसर पाए।
मलाई एपीएफ हुन पाएकोमा गर्व छ । लामो समय एपीएफ भलिबल टिमबाट खेलें । संघर्षका दिनमा साथ दिने हौसला जगाउने सबैप्रति ऋणी छु उनले भनिन् ।

अष्ट्रेलिया पुगे पनि उनले भलिबललाई निरन्तरता दिने प्रतिबद्धता जनाएकी छिन् ।आज कविता भट्ट भनेर मलाई चिनेको कारण भलिबल नै हो । जहाँ गए पनि यो खेललाई निरन्तरता दिनेछु ।

पछिल्लो वर्षहरुमा नेपालबाट राष्ट्रिय खेलाडीहरू विदेशिने क्रम तीव्र बनेको छ । यसअघि भलिबलकै अर्की चर्चित खेलाडी सरस्वती चौधरी पनि अष्ट्रेलिया पलायन भइसकेकी छिन् ।