सेयर बजारमा लगानीकर्ता ७० लाख नाघ्यो

सेयर बजार, डिम्याट खाता, दोस्रो बजार, नेपाल स्टक एक्सचेन्ज, नेप्से, सक्रिय लगानीकर्ता, शेयर लगानी, सेयर कारोबार, NEPSE रिपोर्ट

सेयर बजार, डिम्याट खाता, दोस्रो बजार, नेपाल स्टक एक्सचेन्ज, नेप्से, सक्रिय लगानीकर्ता, शेयर लगानी, सेयर कारोबार, NEPSE रिपोर्ट

भदौ १, २०८२।

काठमाडौँ – नेपालमा सेयर बजारमा लगानी गर्नेको संख्या तीव्र गतिमा बढिरहेको छ। तर, लगानीकर्ताको सक्रियता भने अपेक्षाकृत कम देखिएको छ।

सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार, २०८२ भाद्र १ सम्म कुल ७० लाख १० हजार ९१६ जनाले डिम्याट खाता खोलेका छन्, जुन देशको कुल जनसंख्याको झण्डै २४ प्रतिशत हो।

डिम्याट खाता खोल्ने सबै लगानीकर्ता दोस्रो बजारमा सेयर कारोबारमा संलग्न छैनन्। नेपाल स्टक एक्सचेन्ज (नेप्से) को तथ्यांकअनुसार, दोस्रो बजारमा कारोबारका लागि ४१ लाख ८९ हजार ६७७ जनाले खाता खोलेका छन्। तीमध्ये २६ लाख ५१ हजार २० जना पुरुष, १५ लाख २८ हजार ६११ जना महिला र १० हजार ४६ वटा संस्थागत खाता छन्।

यति धेरै खाता खुले पनि दोस्रो बजारमा सक्रिय लगानीकर्ता मात्र १२ लाख ४८ हजार ८५५ जना छन्। नेप्सेका अनुसार गत एक वर्षमा कम्तीमा एक कारोबार गरेका व्यक्तिलाई मात्र “सक्रिय लगानीकर्ता” को रुपमा गनिन्छ।

हाल सेयर बजारमा सूचीकृत कम्पनीहरूको संख्या २७२ पुगेको छ। यसमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बिमा कम्पनी, ९१ जलविद्युत् कम्पनी, २३ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटेल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ८ अन्य समूहमा पर्छन्।

बजार पूँजीकरणमा सबैभन्दा ठूलो हिस्सा बैंक तथा बीमा कम्पनीको ५२.१ प्रतिशत रहेको छ। त्यसपछिको स्थानमा जलविद्युत् कम्पनी (१६.१%), लगानी कम्पनी (८%), उत्पादन तथा प्रशोधन (५.५%), व्यापार (५.३%), होटेल (२.८%) र अन्य (१०.२%) छन्।

सेयर बजारमा सहभागिता बढिरहेको भए पनि सक्रियता र वित्तीय साक्षरताको अभावले बजारको दीर्घकालीन स्थायित्वमा चुनौती थपिरहेको विज्ञहरू बताउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर ३, २०८२।  काठमाडौं दैनिक संवाददाता

barahi ipo

काठमाडौं – बाराही हाइड्रोपावर पब्लिक लिमिटेडका दीर्घकालीन लक–इनमा रहेका करिब २० लाख सेयर आगामी पुस १ गतेदेखि अनलक हुँदैछन्। लक–इन अवधि सकिएसँगै संस्थापक, कर्मचारी र प्रभावित स्थानीयका हातमा रहेका सेयर बजारमा कारोबारयोग्य बन्नेछन्।

कम्पनीका अनुसार कुल १९ लाख ५७ हजार ८० कित्ता सेयर अनलक हुनेछन्। समूहगत विवरण यसप्रकार छ।

संस्थापक समूह : १८ लाख कित्ता

कर्मचारी : ११ हजार ८० कित्ता

आयोजना प्रभावित स्थानीय : १ लाख ४६ हजार कित्ता

यी सबै सेयर पुस १ गतेदेखि दोस्रो बजारमा कारोबार योग्य हुनेछन्, जसले बजारमा तरलता विस्तारसँगै शेयर आपूर्तिमा पनि प्रभाव पार्ने अनुमान गरिएको छ।

नेपाल धितोपत्र बोर्डमा बाराही हाइड्रोपावरका कुल २५ लाख कित्ता सेयर दर्ता छन्। कम्पनीले २०७९ मंसिर २१ देखि २८ सम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ लाख ५४ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो।

उक्त आईपीओको बाँडफाँड २०७९ पुस ३ गते सम्पन्न भएको थियो, जसअनुसार सर्वसाधारणका लगानीकर्ताले सेयर प्राप्त गरेका थिए। बजार विश्लेषकहरूका अनुसार संस्थापक समूहका ठूलो परिमाणका सेयर अनलक हुँदा आपूर्ति बढ्ने सम्भावना रहन्छ। तर वास्तविक प्रभाव भने बजारको माग, बजार वातावरण र संस्थापकहरूको सेयर होल्ड गर्ने रणनीतिमा निर्भर हुने बताइएको छ।

लक–इन समाप्तिको जानकारी सेयर मूल्य उतार–चढावमा प्रभाव पार्न सक्ने भएकाले लगानीकर्तालाई तथ्यांक र बजार अवस्थाको अध्ययन गरेर मात्रै निर्णय लिन विज्ञहरुले सुझाव दिएका छन् ।