वात्सल्य एभरेस्ट महिला भलिबल लिगको ट्रफी अनावरण

वात्सल्य एभरेस्ट महिला भलिबल लिग, महिला भलिबल नेपाल, भलिबल ट्रफी अनावरण, मधेश युनाइटेड भलिबल, नीति शाह, राजेशमान सिंह, निरुता ठगुन्ना, भलिबल लिग पोखरा, महिला खेलकुद नेपाल, विदेशी खेलाडी नेपाल, Nepal women volleyball, volleyball league Nepal 2082, Madhesh United team, Pokhara volleyball tournament

साउन ३१, २०८२।

वीरगन्ज – वात्सल्य एभरेस्ट महिला भलिबल लिगको दोस्रो संस्करणको ट्रफी वीरगन्जमा एक विशेष समारोहबीच अनावरण गरिएको छ। प्रतियोगिता भदौ २० देखि २८ सम्म पोखरामा आयोजना हुने छ।

वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह र मधेश युनाइटेड की ब्रान्ड एम्बासडर तथा पूर्व मिस नेपाल इन्टरनेसनल नीति शाह ले संयुक्त रूपमा ट्रफी अनावरण गरेका हुन्। कार्यक्रममा मधेश युनाइटेडको नयाँ जर्सी समेत सार्वजनिक गरिएको थियो, जुन जर्सी प्रमुख खेलाडी निरुता ठगुन्ना लाई हस्तान्तरण गरिएको थियो।

मेयर सिंहले कार्यक्रममा भने, महिला भलिबल लिगले न केवल खेलको विकास मात्रै होईन, यो महिला सशक्तीकरण र सामाजिक परिवर्तनको अभियान पनि हो। वीरगन्ज महानगरपालिका खेल प्रवर्द्धनमा पूर्ण प्रतिबद्ध छ।

मधेश विश्वविद्यालयका उपकुलपति डा. दीपक शाक्य ले मधेशमा भलिबल खेलको सम्भावना र विस्तारबारे सुझाव प्रस्तुत गरे। मधेश युनाइटेडकी प्रमुख खुशी सिवाकोटी ले टिमको विगत, वर्तमान रणनीति र आगामी योजनाहरूबारे जानकारी दिँदै सुधार र प्रतिबद्धताका साथ कोर्टमा फर्किने बताइन्।

यसपटक मधेश युनाइटेडले नेदरल्यान्डसका तीन विदेशी खेलाडीहरू अनुबन्ध गरेको छ, जसले प्रतियोगितालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने विश्वास गरिएको छ।

ब्रान्ड एम्बासडर नीति शाहले भनिन्, “मधेश युनाइटेडको हिस्सा हुन पाउनु मेरो लागि गर्वको कुरा हो। यो टिम प्रेरणा, संघर्ष र जितको प्रतिनिधित्व हो।
मार्की खेलाडी निरुता ठगुन्नाले भने, यसपटक ट्रफी मधेशमै ल्याउने हाम्रो संकल्प छ।

सञ्चालक शर्मिला थापा ले भलिबललाई राष्ट्रिय एकताको प्रतीक भन्दै भनिन्, दार्चुलाबाट आएकी निरुतालाई मधेशको टिममा देखिनु एकताको सन्देश हो। अर्का सञ्चालक अनोज रुङ्टा ले टिमप्रति समर्थन र सहयोगको आह्वान गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर ९, २०८२।    काठमाडौँ दैनिक संवाददाता

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

काठमाडौ – प्रधानमन्त्री सुशीला कार्कीले श्रीलंकामा सम्पन्न पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेर फर्किएको नेपाली टोलीलाई सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्मानपूर्वक भेट गरेकी छन्।

प्रधानमन्त्रीले खेलाडी र अफिसियललाई बधाई दिँदै यो उपलब्धि नेपाली खेलकुद इतिहासकै गर्वको विषय भएको बताइन्। कार्कीले भनिन्, यो तपाईंहरूको कडा परिश्रम, सामूहिक भावना र दृढ संकल्पको परिणाम हो। तपाईंहरू सबै यस उपलब्धिको हकदार हुनुहुन्छ। अर्को संस्करणमा च्याम्पियन बन्ने लक्ष्यसहित अगाडि बढ्नुहोस्।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रधानमन्त्री कार्कीले सरकारबाट आवश्यक सहयोग र लगानीका विषयमा सम्बद्ध मन्त्रालय तथा निकायसँग छलफल गर्ने आश्वासन समेत दिइन्। कार्कीले पहल र प्रतिभाको प्रदर्शन सराहनीय रहेको उल्लेख गर्दै सरकारी सहयोग बढेमा टोलीले अझ उत्कृष्ट सफलता हासिल गर्ने विश्वास व्यक्त गरिन्।

प्रशिक्षक पुरनसिंह खत्री र कप्तान गीता पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीले प्रतिस्पर्धी सम्पन्न राष्ट्रका टोलीलाई हराउँदै उपाधि नजिक पुग्न सफल भएको प्रशिक्षकको भनाइ छ। उनका अनुसार सरकारी समर्थन पाउँदा भविष्यमा नेपालले च्याम्पियन बन्न सक्नेछ।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रतियोगिता सम्पन्न भएपछि टोली सोमबारै स्वदेश फर्किएको हो।