वात्सल्य एभरेस्ट महिला भलिबल लिगको ट्रफी अनावरण

वात्सल्य एभरेस्ट महिला भलिबल लिग, महिला भलिबल नेपाल, भलिबल ट्रफी अनावरण, मधेश युनाइटेड भलिबल, नीति शाह, राजेशमान सिंह, निरुता ठगुन्ना, भलिबल लिग पोखरा, महिला खेलकुद नेपाल, विदेशी खेलाडी नेपाल, Nepal women volleyball, volleyball league Nepal 2082, Madhesh United team, Pokhara volleyball tournament

वात्सल्य एभरेस्ट महिला भलिबल लिग, महिला भलिबल नेपाल, भलिबल ट्रफी अनावरण, मधेश युनाइटेड भलिबल, नीति शाह, राजेशमान सिंह, निरुता ठगुन्ना, भलिबल लिग पोखरा, महिला खेलकुद नेपाल, विदेशी खेलाडी नेपाल, Nepal women volleyball, volleyball league Nepal 2082, Madhesh United team, Pokhara volleyball tournament

साउन ३१, २०८२।

वीरगन्ज – वात्सल्य एभरेस्ट महिला भलिबल लिगको दोस्रो संस्करणको ट्रफी वीरगन्जमा एक विशेष समारोहबीच अनावरण गरिएको छ। प्रतियोगिता भदौ २० देखि २८ सम्म पोखरामा आयोजना हुने छ।

वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह र मधेश युनाइटेड की ब्रान्ड एम्बासडर तथा पूर्व मिस नेपाल इन्टरनेसनल नीति शाह ले संयुक्त रूपमा ट्रफी अनावरण गरेका हुन्। कार्यक्रममा मधेश युनाइटेडको नयाँ जर्सी समेत सार्वजनिक गरिएको थियो, जुन जर्सी प्रमुख खेलाडी निरुता ठगुन्ना लाई हस्तान्तरण गरिएको थियो।

मेयर सिंहले कार्यक्रममा भने, महिला भलिबल लिगले न केवल खेलको विकास मात्रै होईन, यो महिला सशक्तीकरण र सामाजिक परिवर्तनको अभियान पनि हो। वीरगन्ज महानगरपालिका खेल प्रवर्द्धनमा पूर्ण प्रतिबद्ध छ।

मधेश विश्वविद्यालयका उपकुलपति डा. दीपक शाक्य ले मधेशमा भलिबल खेलको सम्भावना र विस्तारबारे सुझाव प्रस्तुत गरे। मधेश युनाइटेडकी प्रमुख खुशी सिवाकोटी ले टिमको विगत, वर्तमान रणनीति र आगामी योजनाहरूबारे जानकारी दिँदै सुधार र प्रतिबद्धताका साथ कोर्टमा फर्किने बताइन्।

यसपटक मधेश युनाइटेडले नेदरल्यान्डसका तीन विदेशी खेलाडीहरू अनुबन्ध गरेको छ, जसले प्रतियोगितालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने विश्वास गरिएको छ।

ब्रान्ड एम्बासडर नीति शाहले भनिन्, “मधेश युनाइटेडको हिस्सा हुन पाउनु मेरो लागि गर्वको कुरा हो। यो टिम प्रेरणा, संघर्ष र जितको प्रतिनिधित्व हो।
मार्की खेलाडी निरुता ठगुन्नाले भने, यसपटक ट्रफी मधेशमै ल्याउने हाम्रो संकल्प छ।

सञ्चालक शर्मिला थापा ले भलिबललाई राष्ट्रिय एकताको प्रतीक भन्दै भनिन्, दार्चुलाबाट आएकी निरुतालाई मधेशको टिममा देखिनु एकताको सन्देश हो। अर्का सञ्चालक अनोज रुङ्टा ले टिमप्रति समर्थन र सहयोगको आह्वान गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

कविता भट्ट, अष्ट्रेलिया पलायन, राष्ट्रिय भलिबल टिम, एपीएफ क्लब, नेपाली खेलाडी विदेश, सरस्वती चौधरी, Nepal Volleyball

भदौ ११, २०८२।

काठमाडौं – राष्ट्रिय भलिबल टिमकी मिडल ब्लकर कविता भट्ट अष्ट्रेलिया पलायन भएकी छिन् । उनले यो निर्णय रहर नभई बाध्यता भएको स्पष्ट पारेकी छिन् ।

गत साउनमा सशस्त्र प्रहरीको एपीएफ क्लबबाट राजीनामा दिएर अष्ट्रेलिया पुगेकी भट्टले आफ्ना संघर्ष र अधुरा सपनाबारे भावुक अभिव्यक्ति दिएकी छिन् । उनले न्यू साउथ वेल्स, सिड्नीबाट लेखेकी छन्, घरपरिवार र आमाबुवालाई छोडेर विदेशिने रहर होइन, बाध्यता हो । राष्ट्रिय टिमबाट गोल्ड मेडल जित्ने ठूलो सपना थियो तर परिस्थितिले त्यो सम्भव भएन।

भट्टले एपीएफ क्लबलाई आफ्नो करिअरको आधार भएको भन्दै आभार व्यक्त गरेकी छिन् । उनके भने, एपीएफकै कारण उनले राष्ट्रिय टिमसम्म खेल्ने अवसर पाए।
मलाई एपीएफ हुन पाएकोमा गर्व छ । लामो समय एपीएफ भलिबल टिमबाट खेलें । संघर्षका दिनमा साथ दिने हौसला जगाउने सबैप्रति ऋणी छु उनले भनिन् ।

अष्ट्रेलिया पुगे पनि उनले भलिबललाई निरन्तरता दिने प्रतिबद्धता जनाएकी छिन् ।आज कविता भट्ट भनेर मलाई चिनेको कारण भलिबल नै हो । जहाँ गए पनि यो खेललाई निरन्तरता दिनेछु ।

पछिल्लो वर्षहरुमा नेपालबाट राष्ट्रिय खेलाडीहरू विदेशिने क्रम तीव्र बनेको छ । यसअघि भलिबलकै अर्की चर्चित खेलाडी सरस्वती चौधरी पनि अष्ट्रेलिया पलायन भइसकेकी छिन् ।