काजकिस्तानकी अपोजिट हिटर अलेना काठमाडौं स्पाइकर्समा

अलेना कोलोतिजिना, काठमाडौं स्पाइकर्स, महिला भलिबल लिग, नेपाल महिला भलिबल, विदेशी खेलाडी नेपाल, नेपाली भलिबल टिम, एभरेष्ट महिला भलिबल, भलिबल लिग नेपाल, काजकिस्तानकी भलिबल खेलाडी, काठमाडौंको भलिबल टोली, नेपाली खेलकुद समाचार, महिला खेलाडी नेपाल, विदेशी खेलाडी अनुबन्ध, एभरेष्ट लिग २०८२, नेपाल भलिबल २०२५ काजकिस्तानकी अपोजिट हिटर अलेना कोलोतिजिन
अलेना कोलोतिजिना, काठमाडौं स्पाइकर्स, महिला भलिबल लिग, नेपाल महिला भलिबल, विदेशी खेलाडी नेपाल, नेपाली भलिबल टिम, एभरेष्ट महिला भलिबल, भलिबल लिग नेपाल, काजकिस्तानकी भलिबल खेलाडी, काठमाडौंको भलिबल टोली, नेपाली खेलकुद समाचार, महिला खेलाडी नेपाल, विदेशी खेलाडी अनुबन्ध, एभरेष्ट लिग २०८२, नेपाल भलिबल २०२५
काजकिस्तानकी अपोजिट हिटर अलेना कोलोतिजिन

साउन २९, २०८२।

काठमाडौं – एभरेष्ट महिला भलिबल लिगका लागि काठमाडौं स्पाइकर्सले काजकिस्तानकी भलिबल खेलाडी अलेना कोलोतिजिनालाई अनुबन्ध गरेको छ। दोस्रो विदेशी खेलाडीका रूपमा अलेनालाई अनुबन्ध गर्दै टोलीले लिगका लागि तयारी तीव्र बनाएको हो।

२९ वर्षीया अलेना अपोजिट हिटर हुन् र उनले काजकिस्तानको भीसी कौन्यास तथा अस्ताना क्लबबाट खेलिसकेकी छन्। उनले एभीसी महिला च्याम्पियन्स लिगमा पनि सहभागिता जनाइसकेकी छिन्।

यसअघि टोलीले बुल्गेरियाकी सेटर नेकोभा निकोलाएभालाई अनुबन्ध गरिसकेको छ। दुई विदेशी खेलाडीको आगमनसँगै स्पाइकर्स अझ सन्तुलित हुने विश्वास गरिएको छ।

अलेना कोलोतिजिना, काठमाडौं स्पाइकर्स, महिला भलिबल लिग, नेपाल महिला भलिबल, विदेशी खेलाडी नेपाल, नेपाली भलिबल टिम, एभरेष्ट महिला भलिबल, भलिबल लिग नेपाल, काजकिस्तानकी भलिबल खेलाडी, काठमाडौंको भलिबल टोली, नेपाली खेलकुद समाचार, महिला खेलाडी नेपाल, विदेशी खेलाडी अनुबन्ध, एभरेष्ट लिग २०८२, नेपाल भलिबल २०२५
अलेना कोलोतिजिना

गत सिजन तेस्रो स्थानमा रहेको काठमाडौं स्पाइकर्सले यसपटकको संस्करणमा बलियो प्रदर्शन गर्ने लक्ष्य राखेको छ। टोलीमा नेपाली

राष्ट्रिय टोलीकी स्पाइकर उषा भण्डारी मार्की खेलाडीका रूपमा छन् भने अन्य खेलाडीहरूमा मनिषा चौधरी, यमुना रसाइली, रीमा कुँवर, बाल्मिका आचार्य, कमला पुन, आसिका क्षत्री र भुवनेश्वरी चन्द रहेका छन्। टोलीको मुख्य प्रशिक्षक लोकबहादुर बुढा हुन्।

एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करण भदौ २० देखि २८ गतेसम्म सञ्चालन हुनेछ। टोलीले तेस्रो विदेशी खेलाडीको नाम पनि चाँडै सार्वजनिक गर्ने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

कविता भट्ट, अष्ट्रेलिया पलायन, राष्ट्रिय भलिबल टिम, एपीएफ क्लब, नेपाली खेलाडी विदेश, सरस्वती चौधरी, Nepal Volleyball

भदौ ११, २०८२।

काठमाडौं – राष्ट्रिय भलिबल टिमकी मिडल ब्लकर कविता भट्ट अष्ट्रेलिया पलायन भएकी छिन् । उनले यो निर्णय रहर नभई बाध्यता भएको स्पष्ट पारेकी छिन् ।

गत साउनमा सशस्त्र प्रहरीको एपीएफ क्लबबाट राजीनामा दिएर अष्ट्रेलिया पुगेकी भट्टले आफ्ना संघर्ष र अधुरा सपनाबारे भावुक अभिव्यक्ति दिएकी छिन् । उनले न्यू साउथ वेल्स, सिड्नीबाट लेखेकी छन्, घरपरिवार र आमाबुवालाई छोडेर विदेशिने रहर होइन, बाध्यता हो । राष्ट्रिय टिमबाट गोल्ड मेडल जित्ने ठूलो सपना थियो तर परिस्थितिले त्यो सम्भव भएन।

भट्टले एपीएफ क्लबलाई आफ्नो करिअरको आधार भएको भन्दै आभार व्यक्त गरेकी छिन् । उनके भने, एपीएफकै कारण उनले राष्ट्रिय टिमसम्म खेल्ने अवसर पाए।
मलाई एपीएफ हुन पाएकोमा गर्व छ । लामो समय एपीएफ भलिबल टिमबाट खेलें । संघर्षका दिनमा साथ दिने हौसला जगाउने सबैप्रति ऋणी छु उनले भनिन् ।

अष्ट्रेलिया पुगे पनि उनले भलिबललाई निरन्तरता दिने प्रतिबद्धता जनाएकी छिन् ।आज कविता भट्ट भनेर मलाई चिनेको कारण भलिबल नै हो । जहाँ गए पनि यो खेललाई निरन्तरता दिनेछु ।

पछिल्लो वर्षहरुमा नेपालबाट राष्ट्रिय खेलाडीहरू विदेशिने क्रम तीव्र बनेको छ । यसअघि भलिबलकै अर्की चर्चित खेलाडी सरस्वती चौधरी पनि अष्ट्रेलिया पलायन भइसकेकी छिन् ।