रवि लामिछानेको मुद्दामा अन्तर्राष्ट्रिय अदालतमा जाने पत्नी निकिता पौडेलको धम्की

रवि लामिछाने, निकिता पौडेल, रमेश लेखक, गृहमन्त्री विवाद, न्यायालय हस्तक्षेप, उच्च अदालत, अन्तर्राष्ट्रिय अदालत, राजनीतिक हस्तक्षेप, मिडिया ट्रायल, न्यायिक परिषद्

रवि लामिछाने, निकिता पौडेल, रमेश लेखक, गृहमन्त्री विवाद, न्यायालय हस्तक्षेप, उच्च अदालत, अन्तर्राष्ट्रिय अदालत, राजनीतिक हस्तक्षेप, मिडिया ट्रायल, न्यायिक परिषद्

साउन २८, २०८२।

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको मुद्दा उच्च अदालतमा विचाराधीन भइरहेका बेला उनकी पत्नी निकिता पौडेलले गृहमन्त्री रमेश लेखक र प्रधान न्यायाधीशलाई सम्बोधन गर्दै कडा भाषामा पत्र लेखेकी छिन्। उनले पत्रमार्फत श्रीमानलाई न्याय दिलाउन माग गर्दै न्यायालयमा भइरहेका अस्वाभाविक गतिविधि र राजनीतिक हस्तक्षेपको खुलासा गरेकी छिन्।

निकिताले आरोप लगाएकी छन् कि अदालतको आदेश आएपछि समेत गृहमन्त्रीको निर्देशनमा कार्यान्वयन रोकिन्छ, न्यायिक परिषद्मा उजुरी हालिन्छ र उजुरीको ड्राफ्ट समेत गृहमन्त्रीकै कार्यकक्षमा तयार हुन्छ। उनका अनुसार, मुद्दाको पेशी चढ्ने दिन नै न्यायाधीशलाई धम्क्याउने उद्देश्यले उजुरी र मिडिया ट्रायल गरिन्छ।

रवि लामिछाने, निकिता पौडेल, रमेश लेखक, गृहमन्त्री विवाद, न्यायालय हस्तक्षेप, उच्च अदालत, अन्तर्राष्ट्रिय अदालत, राजनीतिक हस्तक्षेप, मिडिया ट्रायल, न्यायिक परिषद्

पत्रमा उनले प्रधान न्यायाधीशलाई प्रश्न गर्दै लेखेकी छन्, अब म जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा अपिल जाउँ कि नजाउँ? सरकारी पक्ष नाजवाफ भए पनि फैसला कहिल्यै हाम्रो पक्षमा आउँदैन।

निकिताले न्यायालयको वर्तमान संरचना, न्यायाधीशहरूको सरुवा–बढुवा प्रणाली र राजनीतिक दबाबको आलोचना गर्दै दुई तिहाइको सरकारले विपक्षी नेतामाथि गरिरहेको अन्यायको अन्त्य गर्न आग्रह गरेकी छन्। उनले अन्तर्राष्ट्रिय अदालतसम्म मुद्दा लैजाने चेतावनी दिँदै, “न्याय नपाएसम्म म लडिरहन्छु,” भनेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १८, २०८२।  काठमाडौ दैनिक संवाददाता

क्यान महानिर्देशक पक्राउ,, प्रदीप अधिकारी गिरफ्तारी,, नलिन्चोक हेलिकप्टर काण्ड,, अख्तियार अनुसन्धान,, भ्रष्टाचार मुद्दा नेपाल,, नागरिक उड्डयन प्राधिकरण समाचार,, मुरारी भण्डारी पक्राउ,, विशेष अदालत म्याद थप,, हेलिकप्टर काण्ड अपडेट,, नेपाल ताजा समाचार,,

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्ड सम्बन्धी भ्रष्टाचार मुद्दा दायर गर्ने तयारीस्वरूप उनलाई नियन्त्रणमा लिइएको स्रोतले पुष्टि गरेको छ।

अख्तियारले अधिकारीसँगै क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि हिरासतमा लिएको छ। दुवै जनालाई म्याद थपका लागि विशेष अदालत लगिएको बताइएको छ। नलिन्चोक हेलिकप्टर प्रकरणबारे लामो समयदेखि विवाद र अनियमितताको आरोप उठ्दै आएको थियो, त्यसैको अनुसन्धानलाई अघि बढाउँदै अख्तियारले कडा कदम उठाएको हो।

यसअघि पनि क्यानका पूर्व अधिकारीहरू विभिन्न अनियमितता प्रकरणमा छानबिनको दायरामा परेका थिए।  यो घटनाले नागरिक उड्डयन नियामक निकायमा भएका गम्भीर अनियमितता फेरि एकपटक सतहमा ल्याएको छ।