नेपाली महिला भलिबल टोलीका खेलाडी उषा भण्डारी र पुनम चन्द
नेपाली महिला भलिबल टोलीका खेलाडी उषा भण्डारी र पुनम चन्द
साउन २८, २०८२।
काठमाडौं – नेपाली महिला भलिबल टोलीका प्रमुख सदस्य उषा भण्डारी र पुनम चन्द माल्दिभ्समा आयोजना हुने भाभु एटोल भलिबल प्रतियोगितामा खेल्ने भएका छन्। दुबै खेलाडीलाई फुलिधुले विदेशी खेलाडीको कोटामा अनुबन्ध गरेको छ।
यो प्रतियोगिता यस वर्ष साउन ३० गतेबाट सुरु हुँदैछ। नेपालबाट भने उषा र पुनम आइतबार नै माल्दिभ्सको लागि प्रस्थान गरिसकेका छन्। उनीहरुको प्रतिभा र खेल कौशलले नेपाली भलिबल प्रेमीहरूमा उत्साह थपिने विश्वास व्यक्त गरिएको छ।
नेपाली महिला भलिबल टोलीका खेलाडी उषा भण्डारी र पुनम चन्द
फुलिधु क्लबले यी दुई खेलाडीलाई विदेशी खेलाडी कोटामा समेटेर आफ्नो टिम बलियो बनाउने योजना बनाएको छ। यसले नेपाली महिला भलिबलको स्तर उकास्न सहयोग पुर्याउने विश्वास गरिएको छ ।
काठमाडौं – राष्ट्रिय भलिबल टिमकी मिडल ब्लकर कविता भट्ट अष्ट्रेलिया पलायन भएकी छिन् । उनले यो निर्णय रहर नभई बाध्यता भएको स्पष्ट पारेकी छिन् ।
गत साउनमा सशस्त्र प्रहरीको एपीएफ क्लबबाट राजीनामा दिएर अष्ट्रेलिया पुगेकी भट्टले आफ्ना संघर्ष र अधुरा सपनाबारे भावुक अभिव्यक्ति दिएकी छिन् । उनले न्यू साउथ वेल्स, सिड्नीबाट लेखेकी छन्, घरपरिवार र आमाबुवालाई छोडेर विदेशिने रहर होइन, बाध्यता हो । राष्ट्रिय टिमबाट गोल्ड मेडल जित्ने ठूलो सपना थियो तर परिस्थितिले त्यो सम्भव भएन।
भट्टले एपीएफ क्लबलाई आफ्नो करिअरको आधार भएको भन्दै आभार व्यक्त गरेकी छिन् । उनके भने, एपीएफकै कारण उनले राष्ट्रिय टिमसम्म खेल्ने अवसर पाए।
मलाई एपीएफ हुन पाएकोमा गर्व छ । लामो समय एपीएफ भलिबल टिमबाट खेलें । संघर्षका दिनमा साथ दिने हौसला जगाउने सबैप्रति ऋणी छु उनले भनिन् ।
अष्ट्रेलिया पुगे पनि उनले भलिबललाई निरन्तरता दिने प्रतिबद्धता जनाएकी छिन् ।आज कविता भट्ट भनेर मलाई चिनेको कारण भलिबल नै हो । जहाँ गए पनि यो खेललाई निरन्तरता दिनेछु ।