बंगलादेश विरुद्ध मैत्रीपूर्ण खेलका लागि नेपाली टोली घोषणा

नेपाली फुटबल, बंगलादेश विरुद्ध फुटबल, मैत्रीपूर्ण फुटबल खेल, नेपाली राष्ट्रिय टोली, म्याट रस, दशरथ रंगशाला, फुटबल टोली घोषणा, २०८२ फुटबल समाचार, नेपाल बंगलादेश मैत्रीपूर्ण, राष्ट्रिय फुटबल

नेपाली फुटबल, बंगलादेश विरुद्ध फुटबल, मैत्रीपूर्ण फुटबल खेल, नेपाली राष्ट्रिय टोली, म्याट रस, दशरथ रंगशाला, फुटबल टोली घोषणा, २०८२ फुटबल समाचार, नेपाल बंगलादेश मैत्रीपूर्ण, राष्ट्रिय फुटबल

साउन २८, २०८२।

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले बंगलादेश विरुद्ध आगामी दुई मैत्रीपूर्ण खेलका लागि ३० खेलाडीलाई प्रारम्भिक टोलीमा समावेश गरेका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा)ले यस बारे जानकारी दिएको छ।

नेपालले सेप्टेम्बर ६ र ९ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्नेछ। प्रशिक्षक रसले टोली छनोटका लागि ट्रायलसमेत गरेका थिए र उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई प्रशिक्षणमा बोलाएका हुन्।

प्रारम्भिक टोलीमा रहेका खेलाडीहरूले आगामी अभ्यास र प्रशिक्षण सत्रमा सहभागी भई फाइनल टोलीमा छनोटका लागि तयारी गर्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

कविता भट्ट, अष्ट्रेलिया पलायन, राष्ट्रिय भलिबल टिम, एपीएफ क्लब, नेपाली खेलाडी विदेश, सरस्वती चौधरी, Nepal Volleyball

भदौ ११, २०८२।

काठमाडौं – राष्ट्रिय भलिबल टिमकी मिडल ब्लकर कविता भट्ट अष्ट्रेलिया पलायन भएकी छिन् । उनले यो निर्णय रहर नभई बाध्यता भएको स्पष्ट पारेकी छिन् ।

गत साउनमा सशस्त्र प्रहरीको एपीएफ क्लबबाट राजीनामा दिएर अष्ट्रेलिया पुगेकी भट्टले आफ्ना संघर्ष र अधुरा सपनाबारे भावुक अभिव्यक्ति दिएकी छिन् । उनले न्यू साउथ वेल्स, सिड्नीबाट लेखेकी छन्, घरपरिवार र आमाबुवालाई छोडेर विदेशिने रहर होइन, बाध्यता हो । राष्ट्रिय टिमबाट गोल्ड मेडल जित्ने ठूलो सपना थियो तर परिस्थितिले त्यो सम्भव भएन।

भट्टले एपीएफ क्लबलाई आफ्नो करिअरको आधार भएको भन्दै आभार व्यक्त गरेकी छिन् । उनके भने, एपीएफकै कारण उनले राष्ट्रिय टिमसम्म खेल्ने अवसर पाए।
मलाई एपीएफ हुन पाएकोमा गर्व छ । लामो समय एपीएफ भलिबल टिमबाट खेलें । संघर्षका दिनमा साथ दिने हौसला जगाउने सबैप्रति ऋणी छु उनले भनिन् ।

अष्ट्रेलिया पुगे पनि उनले भलिबललाई निरन्तरता दिने प्रतिबद्धता जनाएकी छिन् ।आज कविता भट्ट भनेर मलाई चिनेको कारण भलिबल नै हो । जहाँ गए पनि यो खेललाई निरन्तरता दिनेछु ।

पछिल्लो वर्षहरुमा नेपालबाट राष्ट्रिय खेलाडीहरू विदेशिने क्रम तीव्र बनेको छ । यसअघि भलिबलकै अर्की चर्चित खेलाडी सरस्वती चौधरी पनि अष्ट्रेलिया पलायन भइसकेकी छिन् ।