भिजिट भिसा विवादमा डिपी अर्यालमाथि महेश बस्नेतको प्रहार

भिजिट भिसा विवादमा डिपी अर्यालमाथि महेश बस्नेतको प्रहार

भिजिट भिसा विवादमा डिपी अर्यालमाथि महेश बस्नेतको प्रहार

साउन २७, २०८२।

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद (डिपी) अर्यालमाथि नेकपा (एमाले)का नेता महेश बस्नेतले ‘पानीमाथिको ओभानो’ बनेर भिजिट भिसा प्रकरणबाट पन्छिन खोजेको आरोप लगाएका छन्।

बस्नेतका भने सुमिरे टुर एन्ड ट्राभल्समार्फत कोरिया र डेनमार्क पुगेका केही व्यक्तिहरू उतै लुकेका छन्। उनीहरूले नेपाल स्काउटको लोगो देखाएर टिकट काटी गएका थिए। यस घटनाले गृहमन्त्री रमेश लेखकसहितका रास्वपाका सांसदहरू गम्भीर नैतिक प्रश्नमा परेको बस्नेतको दाबी छ।

रास्वपाका कार्यवाहक सभापति डिपी अर्याल भने आफू पानीमाथिको ओभानो बनेर पन्छिन खोजिरहेका छन् बस्नेतले सामाजिक सञ्जालमार्फत भने। उनले भिजिट भिसामा विदेश पुगेका व्यक्तिहरू लुकेको घटनाबारे सदनमा जवाफदेही बन्नुपर्नेमा जोड दिए।

नेपाल प्रहरीले दर्जनौं ट्राभल एजेन्सीमार्फत भिजिट भिसामा पठाइएका नागरिकहरूको विवरण अनुसन्धान गर्दा यो तथ्य पत्ता लगाएको हो। प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरोका अनुसार स्काउट प्रतिनिधिहरूसमेतसँग सोधपुछ गरिएको छ। यो विषयलाई गोप्य राख्ने प्रयास भएको आरोप पनि लागेको छ।

यसअघि अर्यालले भने भिजिट भिसामा गएका व्यक्तिहरू लुकेको विषयमा आफूलाई जानकारी नभएको बताएका थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १८, २०८२।  काठमाडौ दैनिक संवाददाता

क्यान महानिर्देशक पक्राउ,, प्रदीप अधिकारी गिरफ्तारी,, नलिन्चोक हेलिकप्टर काण्ड,, अख्तियार अनुसन्धान,, भ्रष्टाचार मुद्दा नेपाल,, नागरिक उड्डयन प्राधिकरण समाचार,, मुरारी भण्डारी पक्राउ,, विशेष अदालत म्याद थप,, हेलिकप्टर काण्ड अपडेट,, नेपाल ताजा समाचार,,

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्ड सम्बन्धी भ्रष्टाचार मुद्दा दायर गर्ने तयारीस्वरूप उनलाई नियन्त्रणमा लिइएको स्रोतले पुष्टि गरेको छ।

अख्तियारले अधिकारीसँगै क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि हिरासतमा लिएको छ। दुवै जनालाई म्याद थपका लागि विशेष अदालत लगिएको बताइएको छ। नलिन्चोक हेलिकप्टर प्रकरणबारे लामो समयदेखि विवाद र अनियमितताको आरोप उठ्दै आएको थियो, त्यसैको अनुसन्धानलाई अघि बढाउँदै अख्तियारले कडा कदम उठाएको हो।

यसअघि पनि क्यानका पूर्व अधिकारीहरू विभिन्न अनियमितता प्रकरणमा छानबिनको दायरामा परेका थिए।  यो घटनाले नागरिक उड्डयन नियामक निकायमा भएका गम्भीर अनियमितता फेरि एकपटक सतहमा ल्याएको छ।