महेश बस्नेतले भने: रवि लामिछानेको जेलबाट छुट्ने अर्को योजना पनि असफल

महेश बस्नेत, रवि लामिछाने, जेलबाट छुट्ने योजना, रुपन्देही जिल्ला अदालत, रास्वपा, नेकपा एमाले, नेपाली राजनीति, अदालत आदेश, बैंक जमानत अस्वीकार

महेश बस्नेत, रवि लामिछाने, जेलबाट छुट्ने योजना, रुपन्देही जिल्ला अदालत, रास्वपा, नेकपा एमाले, नेपाली राजनीति, अदालत आदेश, बैंक जमानत अस्वीकार

साउन २७, २०८२।

काठमाडौं – नेकपा (एमाले)का नेता महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जेलबाट छुट्ने पछिल्लो प्रयास पनि विफल भएको बताएका छन्। जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई थुनामै राख्ने आदेश दिएपछि बस्नेतले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै ‘डिजाइन फेल’ भएको दाबी गरेका हुन्।

बस्नेतले लेखेका छन्, नमागेको धरौटी बुझाएर अपारदर्शी र स्रोत नखुलेका कमाइ भएका व्यक्तिहरूलाई परिचालन गरेर जेलबाट छुट्ने उनको अर्को डिजाइन पनि फेल भयो। आफूले म ठग हुँ भनेर स्वीकार गरेको परिस्थितिलाई अदालतले दोषी होइन भन्न सकिँदैन त्यसैले पूर्वपक्षमै जेल बस भन्नु परेको हो।

अदालतको आदेशसँगै पुनः रास्वपा टिमले ‘सरकार प्रतिशोधी भयो’ भन्दै रोइलो मच्चाउने छ। बस्नेतका भने, लामिछानेले २ करोड ७४ लाख रुपैयाँको बैंक जमानतसहित रिहा मागे पनि अदालतले निवेदन अस्वीकार गरेको छ।

यसअघि पनि बस्नेतले लामिछानेविरुद्ध कडा आलोचना गर्दै आएका छन्। उनले लामिछानेको नेतृत्वमा भएको कार्यशैली र आचरणले पार्टी र राजनीतिको विश्वासमा चोट पुर्याएको दाबी गर्दै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १८, २०८२।  काठमाडौ दैनिक संवाददाता

क्यान महानिर्देशक पक्राउ,, प्रदीप अधिकारी गिरफ्तारी,, नलिन्चोक हेलिकप्टर काण्ड,, अख्तियार अनुसन्धान,, भ्रष्टाचार मुद्दा नेपाल,, नागरिक उड्डयन प्राधिकरण समाचार,, मुरारी भण्डारी पक्राउ,, विशेष अदालत म्याद थप,, हेलिकप्टर काण्ड अपडेट,, नेपाल ताजा समाचार,,

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्ड सम्बन्धी भ्रष्टाचार मुद्दा दायर गर्ने तयारीस्वरूप उनलाई नियन्त्रणमा लिइएको स्रोतले पुष्टि गरेको छ।

अख्तियारले अधिकारीसँगै क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि हिरासतमा लिएको छ। दुवै जनालाई म्याद थपका लागि विशेष अदालत लगिएको बताइएको छ। नलिन्चोक हेलिकप्टर प्रकरणबारे लामो समयदेखि विवाद र अनियमितताको आरोप उठ्दै आएको थियो, त्यसैको अनुसन्धानलाई अघि बढाउँदै अख्तियारले कडा कदम उठाएको हो।

यसअघि पनि क्यानका पूर्व अधिकारीहरू विभिन्न अनियमितता प्रकरणमा छानबिनको दायरामा परेका थिए।  यो घटनाले नागरिक उड्डयन नियामक निकायमा भएका गम्भीर अनियमितता फेरि एकपटक सतहमा ल्याएको छ।