मधेश क्रिकेट र कृष्णा फाउन्डेसनबीच एक वर्षे प्रायोजन सम्झौता

मधेश क्रिकेट, कृष्णा फाउन्डेसन, प्रायोजन सम्झौता, मधेश प्रदेश क्रिकेट संघ, पवन सर्राफ, रुपेश सिंह, आदिल आलम, नेपाल क्रिकेट संघ, पारस खड्का, ग्रासरुट क्रिकेट, खेलाडी तलब, क्रिकेट जर्सी सहयोग, नेपाल क्रिकेट समाचार

साउन २७, २०८२।

काठमाडौँ – मधेश प्रदेश क्रिकेट संघ र कृष्णा फाउन्डेसनबीच एक वर्षे प्रायोजन सम्झौता भएको छ। सम्झौतामा फाउन्डेसनका उपाध्यक्ष सुजितकुमार कर्ण र मधेश क्रिकेटका अध्यक्ष सुनिलकुमार महासेठले हस्ताक्षर गरे। सम्झौतामा आर्थिक विवरण सार्वजनिक नगरिए पनि सहकार्य अन्तर्गत फाउन्डेसनले मधेश प्रदेश क्रिकेट टिमको जर्सी उपलब्ध गराउने र त्यसमा आफ्नो नाम अंकित गर्नेछ।

शैक्षिक परामर्शदाता संस्थाका रूपमा परिचित कृष्णा फाउन्डेसनले शिक्षा र खेलकुदलाई जोडेर विद्यार्थीमा सकारात्मक प्रभाव पार्ने उद्देश्य राखेको बताएको छ। उपाध्यक्ष कर्णका अनुसार फाउन्डेसनले भारतका उत्कृष्ट विश्वविद्यालयहरूमा छात्रवृत्ति प्रदान गर्दै आएको छ र अब खेलकुदमार्फत अझ धेरै विद्यार्थीमा पुग्ने योजना छ।

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले यो सहकार्यको प्रशंसा गर्दै यसले प्रदेश क्रिकेट संघलाई आत्मनिर्भर बनाउन मद्दत गर्ने र अन्य प्रदेशले पनि यस्तै पहल गर्नुपर्ने धारणा राखे।

मधेश क्रिकेटका अध्यक्ष महासेठले प्रायोजनबाट प्राप्त सहयोग रकमलाई ग्रासरुट क्रिकेटको विकासमा प्रयोग गर्ने बताए। उनका अनुसार हाल १० खेलाडीलाई दिँदै आएको मासिक तलब अब थप २ खेलाडीलाई समेत दिने योजना छ।

राष्ट्रिय टिमका मधेशका खेलाडीहरू पवन सर्राफ, रुपेश सिंह र आदिल आलमले यस सहकार्यप्रति खुसी व्यक्त गर्दै यसले खेलाडीलाई थप प्रेरित गर्ने विश्वास व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर ९, २०८२।    काठमाडौँ दैनिक संवाददाता

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

काठमाडौ – प्रधानमन्त्री सुशीला कार्कीले श्रीलंकामा सम्पन्न पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेर फर्किएको नेपाली टोलीलाई सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्मानपूर्वक भेट गरेकी छन्।

प्रधानमन्त्रीले खेलाडी र अफिसियललाई बधाई दिँदै यो उपलब्धि नेपाली खेलकुद इतिहासकै गर्वको विषय भएको बताइन्। कार्कीले भनिन्, यो तपाईंहरूको कडा परिश्रम, सामूहिक भावना र दृढ संकल्पको परिणाम हो। तपाईंहरू सबै यस उपलब्धिको हकदार हुनुहुन्छ। अर्को संस्करणमा च्याम्पियन बन्ने लक्ष्यसहित अगाडि बढ्नुहोस्।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रधानमन्त्री कार्कीले सरकारबाट आवश्यक सहयोग र लगानीका विषयमा सम्बद्ध मन्त्रालय तथा निकायसँग छलफल गर्ने आश्वासन समेत दिइन्। कार्कीले पहल र प्रतिभाको प्रदर्शन सराहनीय रहेको उल्लेख गर्दै सरकारी सहयोग बढेमा टोलीले अझ उत्कृष्ट सफलता हासिल गर्ने विश्वास व्यक्त गरिन्।

प्रशिक्षक पुरनसिंह खत्री र कप्तान गीता पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीले प्रतिस्पर्धी सम्पन्न राष्ट्रका टोलीलाई हराउँदै उपाधि नजिक पुग्न सफल भएको प्रशिक्षकको भनाइ छ। उनका अनुसार सरकारी समर्थन पाउँदा भविष्यमा नेपालले च्याम्पियन बन्न सक्नेछ।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रतियोगिता सम्पन्न भएपछि टोली सोमबारै स्वदेश फर्किएको हो।