श्रीलंकामा ४ स्वर्णसहित वादोरियो कराते टोली स्वदेश फर्कियो

वादोरियो कराते टोली, नेपाल कराते, अन्तर्राष्ट्रिय कराते प्रतियोगिता, श्रीलंका कराते, पासाङ ग्याल्जेन थोक्रा, निशान घले, उर्शला पहरी, अर्पणा मगर, आरोन शेरचन, कराते पदक

वादोरियो कराते टोली, नेपाल कराते, अन्तर्राष्ट्रिय कराते प्रतियोगिता, श्रीलंका कराते, पासाङ ग्याल्जेन थोक्रा, निशान घले, उर्शला पहरी, अर्पणा मगर, आरोन शेरचन, कराते पदक

साउन २६, २०८२।

काठमाडौं – श्रीलंकाको रतनपुरामा सम्पन्न पाँचौँ खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपालको वादोरियो कराते टोलीले उत्कृष्ट प्रदर्शन गर्दै ४ स्वर्ण र १ रजत पदकसहित दोस्रो स्थान हासिल गरी स्वदेश फर्किएको छ।

अगस्ट ७ र ८ तारिखमा सम्पन्न उक्त प्रतियोगितामा नेपालका लागि पुरुष ८० केजीमुनि पासाङ ग्याल्जेन थोक्रा, ५२ केजीमुनि निशान घले, महिला ६१ केजीमुनि उर्शला पहरी र ५० केजीमुनि अर्पणा मगरले स्वर्ण पदक जितेका छन्। त्यस्तै, ४० केजीमुनि आरोन शेरचनले रजत पदक हात पारे।

टोलीको प्रमुख प्रशिक्षक नेपाल वादोरियो कराते डो संघका अध्यक्ष हरिशरण केसी र अफिसियलको रूपमा राजकुमार कार्की रहेका थिए।

अन्तर्राष्ट्रिय विमानस्थलमा संघका कोषाध्यक्ष पुरुषोत्तम पोखरेल, ललितपुर जिल्लाका प्रशिक्षक संघर्ष पहरी, सिनियर कराते प्रशिक्षक सुमन तिमिल्सिना लगायत अभिभावकहरूले टोलीलाई स्वागत गरेका थिए।

यस सफलताले नेपालको कराते क्षेत्रलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउने र आगामी प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शनको लागि प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर ९, २०८२।    काठमाडौँ दैनिक संवाददाता

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

काठमाडौ – प्रधानमन्त्री सुशीला कार्कीले श्रीलंकामा सम्पन्न पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेर फर्किएको नेपाली टोलीलाई सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्मानपूर्वक भेट गरेकी छन्।

प्रधानमन्त्रीले खेलाडी र अफिसियललाई बधाई दिँदै यो उपलब्धि नेपाली खेलकुद इतिहासकै गर्वको विषय भएको बताइन्। कार्कीले भनिन्, यो तपाईंहरूको कडा परिश्रम, सामूहिक भावना र दृढ संकल्पको परिणाम हो। तपाईंहरू सबै यस उपलब्धिको हकदार हुनुहुन्छ। अर्को संस्करणमा च्याम्पियन बन्ने लक्ष्यसहित अगाडि बढ्नुहोस्।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रधानमन्त्री कार्कीले सरकारबाट आवश्यक सहयोग र लगानीका विषयमा सम्बद्ध मन्त्रालय तथा निकायसँग छलफल गर्ने आश्वासन समेत दिइन्। कार्कीले पहल र प्रतिभाको प्रदर्शन सराहनीय रहेको उल्लेख गर्दै सरकारी सहयोग बढेमा टोलीले अझ उत्कृष्ट सफलता हासिल गर्ने विश्वास व्यक्त गरिन्।

प्रशिक्षक पुरनसिंह खत्री र कप्तान गीता पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीले प्रतिस्पर्धी सम्पन्न राष्ट्रका टोलीलाई हराउँदै उपाधि नजिक पुग्न सफल भएको प्रशिक्षकको भनाइ छ। उनका अनुसार सरकारी समर्थन पाउँदा भविष्यमा नेपालले च्याम्पियन बन्न सक्नेछ।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रतियोगिता सम्पन्न भएपछि टोली सोमबारै स्वदेश फर्किएको हो।