विद्याबारे ओलीको कटाक्ष : मदन भण्डारी फाउन्डेसन पार्टीको होइन

केपी शर्मा ओली, मदन भण्डारी फाउन्डेसन, विद्या भण्डारी, उषाकिरण भण्डारी, एमाले राजनीति, नेपाल राजनीति समाचार

केपी शर्मा ओली, मदन भण्डारी फाउन्डेसन, विद्या भण्डारी, उषाकिरण भण्डारी, एमाले राजनीति, नेपाल राजनीति समाचार

साउन २६, २०८२।

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेसन पार्टीले नबनाएको स्पष्ट गरेका छन्। सोमबार च्यासलस्थित एमाले मुख्यालयमा आयोजित मदन आश्रित स्मृति प्रतिष्ठानको कार्यक्रममा सम्बोधन गर्दै ओलीले पार्टीका नाममा बनेका प्रतिष्ठानहरू व्यक्तिगत स्वार्थमा प्रयोग हुने गरेको टिप्पणी गरे।

उनले पुष्पलाल, मनमोहनलगायत नेताका नाममा स्थापना भएका प्रतिष्ठानहरू सुरुमा सामूहिक उद्देश्यका लागि भए पनि पछि व्यक्तिले कब्जा गर्ने प्रवृत्ति बढेको बताए। त्यो परिवर्तनको पक्षमा लाग्ने माध्यम हो कि व्यक्तिको ठगी खाने भाँडो ? ओलीले प्रश्न गरे।

  • प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेसन पार्टीले नबनाएको बताए।

  • ओलीले नेताका नाममा बनेका प्रतिष्ठान व्यक्तिले कब्जा गर्ने गरेको टिप्पणी गरे।

  • ओलीले मदन भण्डारी फाउन्डेसनको गतिविधिबारे चासो व्यक्त गर्दै यसको भविष्य हेर्नुपर्ने बताए।

प्रधानमन्त्री ओलीले मदन भण्डारी फाउन्डेसन पार्टीको आधिकारिक पहलमा नभई छुट्टै रूपमा बनेको उल्लेख गर्दै यसको भविष्यबारे अझै स्पष्ट दृष्टिकोण आवश्यक भएको बताए। उनले चक्रपथ अनलाइनको प्रस्तुति हेर्दा अन्योल देखिएको भन्दै यो कम्युनिस्ट पाठशाला हो कि व्यक्तिगत वा पारिवारिक सम्पत्ति ? भनेर पूर्व राष्ट्रपति विद्या भण्डारीलाई कटाक्ष गरे।

फाउन्डेसनको संरक्षक पूर्व राष्ट्रपति विद्या भण्डारी छन् भने अध्यक्ष उनकी छोरी उषाकिरण भण्डारी हुन्। ओलीले नेताको नाममा बनेका संस्था आन्दोलनको उद्देश्य विपरीत प्रयोग हुनु उचित नभएको भन्दै यस्ता संस्थाहरू सामूहिक स्वामित्वमा रहनुपर्नेमा जोड दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १४, २०८२।   काठमाडौं दैनिक संवाददाता

रौतहटकी असई रागनीकुमारी यादव लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत देशभरकै सर्वोत्कृष्ट प्रहरी घोषित। घरेलु हिंसा र पीडित संरक्षणमा उत्कृष्ट योगदान भन्दै ४० हजार नगदसहित सम्मान।

रौतहट – घरेलु हिंसा न्यूनीकरणदेखि पीडितको संरक्षण सम्मका काममा उल्लेखनीय योगदान पुर्‍याउँदै रौतहटकी प्रहरी सहायक निरीक्षक (असई) रागनीकुमारी यादव यस वर्षको देशभरकै ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित भएकी छन्।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत देशभरका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा कार्यरत प्रहरी कर्मचारीमध्ये उनी पहिलो स्थानमा परेकी हुन्।

प्रहरी प्रधान कार्यालयले आइतबार आयोजित विशेष कार्यक्रममा ४० हजार रुपैयाँ नगद तथा प्रशंसापत्र प्रदान गर्दै असई रागनीको ‘प्रेरणादायी, प्रभावकारी र नागरिकमैत्री सेवाको’ प्रशंसा गरेको हो।

जिल्ला प्रहरी कार्यालय गौरमा कार्यरत असई रागनी घरेलु हिंसासम्बन्धी उजुरी दर्ता, हिंसापीडित महिलाको सुरक्षित आवास, खोजतलास, मिलापत्र प्रक्रियामा सक्रिय भूमिकाका कारण यो सम्मानकी योग्य ठहरिएकी हुन्।

जिल्ला प्रहरी प्रमुख एसपी रबिन कार्कीका अनुसार, देशभरका सेवा केन्द्रहरूमा कार्यरत प्रहरीमध्ये रागनी उत्कृष्ट भइन्, उनि वास्तवमै उदाहरणीय कर्मठ अधिकारी हुन्।

असई रागनी यादव, रौतहट प्रहरी, सर्वोत्कृष्ट प्रहरी, लैङ्गिक हिंसा, १६ दिने अभियान, घरेलु हिंसा, पीडित संरक्षण, नेपाल प्रहरी, गौर, महिला बालबालिका केन्द्र,
असई रागनी यादव

यसअन्तर्गत अर्घाखाँचीकी हवल्दार शान्ता खत्री दोस्रो हुँदै ३० हजार, सिन्धुलीकी हवल्दार उमा तामाङ तेस्रो हुँदै २० हजार नगद पुरस्कार सहित प्रशंसापत्र प्राप्त गरे। स्याङ्जाकी नायब निरीक्षक पूर्णिमा थापा र सुनसरीकी असई साजना प्रसाईंलाई १०/१० हजार सान्त्वना पुरस्कार दिइयो।

लैङ्गिक हिंसा नियंत्रण र पीडित संरक्षणमा सक्रिय प्रहरी अधिकारीहरूको योगदान कदर गर्न प्रहरी प्रधान कार्यालयले हरेक वर्ष यस्तै विशेष सम्मान प्रदान गर्दै आएको छ।