गाजामा इजरायली हवाई आक्रमणमा अल जजीराका ४ पत्रकारको मारिए

गाजा समाचार, इजरायल आक्रमण, अल जजीरा पत्रकार हत्या, गाजा युद्ध, आईडीएफ हमला, हमास, इस्रायल-गाजा संघर्ष तस्बिर : अल जजीरा
गाजा समाचार, इजरायल आक्रमण, अल जजीरा पत्रकार हत्या, गाजा युद्ध, आईडीएफ हमला, हमास, इस्रायल-गाजा संघर्ष
तस्बिर : अल जजीरा

साउन २६, २०८२।    एजेन्सी

काठमाडौँ – गाजामा सोमबार भएको इजरायली हवाई आक्रमणमा अल जजीराका चार पत्रकारको मृत्यु भएको छ। अल जजीराका अनुसार आक्रमण अल–शिफा अस्पताल नजिक भएको हो, जसमा संवाददाता अनस अल–शरीफ, मोहम्मद कुरैके, क्यामेराम्यान इब्राहिम जही र मोहम्मद नौफाल मारिएका छन्।

प्रत्यक्षदर्शी र अल जजीराको रिपोर्टअनुसार, घटना हुँदा उनीहरू अस्पतालको मुख्य प्रवेशद्वारमा पत्रकारका लागि बनाइएको त्रिपालभित्र कार्यरत थिए। करिब दुई साताअघि अल जजीराले इजरायली रक्षा बल (आईडीएफ)माथि आफ्ना पत्रकारलाई लक्षित गर्दै अभियान चलाएको आरोप लगाएको थियो।

आक्रमणपछिको विज्ञप्तिमा आईडीएफले अनस अल–शरीफमाथि हमला भएको पुष्टि गर्दै उनलाई “हमासको आतंकवादी सेलका प्रमुख” भएको दाबी गरेको छ। अन्य पत्रकारहरूको मृत्युबारे आईडीएफले केही उल्लेख गरेको छैन।

अल जजिराका म्यानेजिङ एडिटर मोहम्मद मोआवादले बीबीसीसँग कुरा गर्दै भने, अल–शरीफ गाजामा भइरहेको अत्याचारबारे समाचार दिने एक मात्र बलियो आवाज थिए।

यसअघि पनि गाजामा सञ्चारकर्मीहरूलाई लक्षित आक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गर्दै आएका छन्, जसले पत्रकारहरूको सुरक्षा र प्रेस स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भारत रूस भेटवार्ता, पुटिन जयशंकर भेट, भारतीय विदेशमन्त्री रूस, भारत रूस सम्बन्ध, भारत रूस व्यापार, भारत रूस ऊर्जा सम्झौता, रूस भारत कूटनीति, पुटिन भेट भारतीय विदेशमन्त्री, जयशंकर मास्को भ्रमण, भारत रूस रणनीतिक साझेदारी

भदौ ७, २०८२।

काठमाडौं – भारतीय विदेशमन्त्री डा. एस जयशंकरले रूसका राष्ट्रपति भ्लादिमिर पुटिन तथा विदेशमन्त्री सर्गेई लावरोफसँग मास्कोमा उच्चस्तरीय भेटवार्ता गरेका छन्।

भेटमा दुई देशबीच व्यापार, लगानी, ऊर्जा, मल आपूर्ति, स्वास्थ्य, सीप तथा श्रमिक गतिशीलता, रक्षासम्बन्धी सहयोग लगायतका विषयमा विस्तृत छलफल भएको अन्तर्राष्ट्रिय एजेन्सीहरूले उल्लेख गरेका छन्।

जयशंकरले यस भेटवार्ताले भारत–रूस सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्। उनले भने,
हामीले युक्रेन युद्ध, युरोप, इरान, पश्चिम एशिया, अफगानिस्तान र भारतीय उपमहाद्वीपसम्बन्धी धारणा आदानप्रदान गरेका छौं। संयुक्त राष्ट्रसंघ, जी–२०, एससीओ र ब्रिक्स जस्ता अन्तर्राष्ट्रिय संस्थामा आपसी सहयोगबारे पनि चर्चा भएको बताइएको छ।

यस भेटलाई भारत–रूस रणनीतिक साझेदारीको सन्देशका रूपमा लिइएको छ। दुबै मुलुकबीचको पुरानो मैत्रीपुर्ण  सम्बन्धलाई यसले अझ सुदृढ बनाउने भारतीय पक्षले जनाएको छ।