काठमाडौं – दायाँ हाते स्पिनर शेर मल्ल एनपीएलको दोस्रो सिजनमा लुम्बिनी लायन्सको टिममा आबद्ध भएका छन्। क्याटागोरी ‘बी’ का मल्ललाई १० लाख रुपैयाँमा लुम्बिनीले आफ्नो टिममा भित्र्याएको हो।
जनकपुर बोल्ट्सबाट पहिलो सिजनको उपाधि जितेका मल्लका लागि यसपटक चितवन राइनोज, लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सले अधिकतम १० लाखसम्मको बोली लगाएका थिए। अन्ततः लक्की ड्र मार्फत उनले लुम्बिनीको जर्सी लगाउने अवसर पाए।
शेर मल्ल
मल्लको समावेशीसँगै लुम्बिनी लायन्सको बलिङ विभाग थप सशक्त हुने अपेक्षा गरिएको छ। उनले अघिल्ला खेलहरूमा उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई महत्वपूर्ण सफलता दिलाएका छन्।
काठमाडौ – प्रधानमन्त्री सुशीला कार्कीले श्रीलंकामा सम्पन्न पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेर फर्किएको नेपाली टोलीलाई सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्मानपूर्वक भेट गरेकी छन्।
प्रधानमन्त्रीले खेलाडी र अफिसियललाई बधाई दिँदै यो उपलब्धि नेपाली खेलकुद इतिहासकै गर्वको विषय भएको बताइन्। कार्कीले भनिन्, यो तपाईंहरूको कडा परिश्रम, सामूहिक भावना र दृढ संकल्पको परिणाम हो। तपाईंहरू सबै यस उपलब्धिको हकदार हुनुहुन्छ। अर्को संस्करणमा च्याम्पियन बन्ने लक्ष्यसहित अगाडि बढ्नुहोस्।
प्रधानमन्त्री कार्कीले सरकारबाट आवश्यक सहयोग र लगानीका विषयमा सम्बद्ध मन्त्रालय तथा निकायसँग छलफल गर्ने आश्वासन समेत दिइन्। कार्कीले पहल र प्रतिभाको प्रदर्शन सराहनीय रहेको उल्लेख गर्दै सरकारी सहयोग बढेमा टोलीले अझ उत्कृष्ट सफलता हासिल गर्ने विश्वास व्यक्त गरिन्।
प्रशिक्षक पुरनसिंह खत्री र कप्तान गीता पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीले प्रतिस्पर्धी सम्पन्न राष्ट्रका टोलीलाई हराउँदै उपाधि नजिक पुग्न सफल भएको प्रशिक्षकको भनाइ छ। उनका अनुसार सरकारी समर्थन पाउँदा भविष्यमा नेपालले च्याम्पियन बन्न सक्नेछ।
प्रतियोगिता सम्पन्न भएपछि टोली सोमबारै स्वदेश फर्किएको हो।