रास्वपाको आरोप: कांग्रेस उपसभापति धनराज गुरुङको डिभोर्स झुटो, अमेरिकामा ‘हनिमुन’मा

रास्वपा, धनराज गुरुङ, डिभोर्स विवाद, अमेरिकामा हनिमुन, मनिष झा, नेपाली कांग्रेस, ज्योति गुरुङ, मितेरी बचत तथा ऋण सहकारी, सहकारी रकम अपचलन, नेपाली राजनीति, विवाह विवाद, नक्कली डिभोर्स, नेपाल समाचार

रास्वपा, धनराज गुरुङ, डिभोर्स विवाद, अमेरिकामा हनिमुन, मनिष झा, नेपाली कांग्रेस, ज्योति गुरुङ, मितेरी बचत तथा ऋण सहकारी, सहकारी रकम अपचलन, नेपाली राजनीति, विवाह विवाद, नक्कली डिभोर्स, नेपाल समाचार

साउन २५, २०८२।

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले देशसँग आफ्नो वैवाहिक अवस्थाबारे झुटो बोलेको आरोप लगाएका छन्।

शुक्रबार पार्टीको केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै झाले भने धनराज गुरुङले ‘मेरो डिभोर्स भइसकेको छ भनेर देशलाई झुटो बोल्नुभयो तर उहाँ अमेरिकातिर हनिमुनमा रहेको तस्बिरहरू हामीले देख्यौँ।

धनराज गुरुङकी पूर्व पत्नी ज्योति गुरुङमाथि ललितपुरको महालक्ष्मीस्थानमा रहेको मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको आरोप छ। यही विषयलाई लिएर दुवैबीच सम्बन्ध विच्छेद भएको भन्ने दाबी गरिएको थियो। रास्वपाले यो ‘नक्कली डिभोर्स’ भएको र अमेरिकामा उनीहरूलाई सँगै देखिएको भन्दै प्रश्न उठाएको छ।

यस विषयमा नेपाली कांग्रेस नेतृत्व वा धनराज गुरुङ पक्षबाट आधिकारिक प्रतिक्रिया आएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १८, २०८२।  काठमाडौ दैनिक संवाददाता

क्यान महानिर्देशक पक्राउ,, प्रदीप अधिकारी गिरफ्तारी,, नलिन्चोक हेलिकप्टर काण्ड,, अख्तियार अनुसन्धान,, भ्रष्टाचार मुद्दा नेपाल,, नागरिक उड्डयन प्राधिकरण समाचार,, मुरारी भण्डारी पक्राउ,, विशेष अदालत म्याद थप,, हेलिकप्टर काण्ड अपडेट,, नेपाल ताजा समाचार,,

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्ड सम्बन्धी भ्रष्टाचार मुद्दा दायर गर्ने तयारीस्वरूप उनलाई नियन्त्रणमा लिइएको स्रोतले पुष्टि गरेको छ।

अख्तियारले अधिकारीसँगै क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि हिरासतमा लिएको छ। दुवै जनालाई म्याद थपका लागि विशेष अदालत लगिएको बताइएको छ। नलिन्चोक हेलिकप्टर प्रकरणबारे लामो समयदेखि विवाद र अनियमितताको आरोप उठ्दै आएको थियो, त्यसैको अनुसन्धानलाई अघि बढाउँदै अख्तियारले कडा कदम उठाएको हो।

यसअघि पनि क्यानका पूर्व अधिकारीहरू विभिन्न अनियमितता प्रकरणमा छानबिनको दायरामा परेका थिए।  यो घटनाले नागरिक उड्डयन नियामक निकायमा भएका गम्भीर अनियमितता फेरि एकपटक सतहमा ल्याएको छ।