एनपीएल अक्सनमा चार खेलाडी १५ लाखमा अनुबन्ध, आदिल आलममाथि सबै टिमको बोली

एनपीएल अक्सन, नेपाल प्रिमियर लिग २०२५, देव खनाल, अर्जुन साउद, पवन सर्राफ, आदिल आलम, नेपाली क्रिकेट, NPL auction, Nepal Premier League

एनपीएल अक्सन, नेपाल प्रिमियर लिग २०२५, देव खनाल, अर्जुन साउद, पवन सर्राफ, आदिल आलम, नेपाली क्रिकेट, NPL auction, Nepal Premier League

साउन २५, २०८२।

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणका लागि सम्पन्न खेलाडी अक्सनमा ए–क्याटेगोरीका चार खेलाडी सबैभन्दा महँगो मूल्य १५ लाख रुपैयाँमा अनुबन्ध भएका छन्।

चितवन राइनोजले देव खनाल र अर्जुन साउदलाई लक्की ड्रमार्फत पक्का गर्दै दुई चर्चित खेलाडीलाई अनुबन्ध गरेको छ। देवलाई चितवन र लुम्बिनी लायन्सले अधिकतम रकममा चाहेका थिए भने अर्जुनलाई चितवनसहित विराटनगर किङ्स र कर्णाली याक्सले बोली लगाएका थिए।

एनपीएल अक्सन २०२५, नेपाल प्रिमियर लिग २०२५, NPL auction Nepal, नेपाली क्रिकेट लिग, NPL teams 2025, NPL squad list, Nepal cricket news, NPL players auction, एनपीएल टोली सूची, नेपाल क्रिकेट अपडेट
एनपीएल अक्सन

पहिलो सिजनमा चोटका कारण अक्सनमा नपरेका पवन सर्राफमाथि ४ टोलीको रुचि देखियो। १५ लाखमा पुगेको बोलीपछि लक्की ड्र मा कर्णालीले उनलाई टिममा भित्र्यायो।

अक्सनकै सबैभन्दा बढी प्रतिस्पर्धा आदिल आलममा देखियो। न्युनतम १० लाखबाट सुरु भएको उनको बोली १५ लाखमा पुग्दा सबै ८ टिम इच्छुक थिए। अन्ततः लक्की ड्र मार्फत काठमाण्डु गोर्खाजले उनलाई अनुबन्ध गर्यो।

एनपीएलको मिनी अक्सन आज, ५ टोलीबीच प्रतिस्पर्धा

ए–क्याटेगोरीका अन्य खेलाडीमा दिलिप नाथ (लुम्बिनी लायन्स) र सूर्य तामाङ (विराटनगर किङ्स) न्युनतम १० लाखमा टिम पाएका छन्।

अहिलेसम्म २६ खेलाडी अक्सनमार्फत टिममा अनुबन्ध भइसकेका छन् भने बाँकी स्लट टिमहरूले अब ‘विश लिस्ट’बाट भर्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर ९, २०८२।    काठमाडौँ दैनिक संवाददाता

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

काठमाडौ – प्रधानमन्त्री सुशीला कार्कीले श्रीलंकामा सम्पन्न पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेर फर्किएको नेपाली टोलीलाई सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्मानपूर्वक भेट गरेकी छन्।

प्रधानमन्त्रीले खेलाडी र अफिसियललाई बधाई दिँदै यो उपलब्धि नेपाली खेलकुद इतिहासकै गर्वको विषय भएको बताइन्। कार्कीले भनिन्, यो तपाईंहरूको कडा परिश्रम, सामूहिक भावना र दृढ संकल्पको परिणाम हो। तपाईंहरू सबै यस उपलब्धिको हकदार हुनुहुन्छ। अर्को संस्करणमा च्याम्पियन बन्ने लक्ष्यसहित अगाडि बढ्नुहोस्।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रधानमन्त्री कार्कीले सरकारबाट आवश्यक सहयोग र लगानीका विषयमा सम्बद्ध मन्त्रालय तथा निकायसँग छलफल गर्ने आश्वासन समेत दिइन्। कार्कीले पहल र प्रतिभाको प्रदर्शन सराहनीय रहेको उल्लेख गर्दै सरकारी सहयोग बढेमा टोलीले अझ उत्कृष्ट सफलता हासिल गर्ने विश्वास व्यक्त गरिन्।

प्रशिक्षक पुरनसिंह खत्री र कप्तान गीता पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीले प्रतिस्पर्धी सम्पन्न राष्ट्रका टोलीलाई हराउँदै उपाधि नजिक पुग्न सफल भएको प्रशिक्षकको भनाइ छ। उनका अनुसार सरकारी समर्थन पाउँदा भविष्यमा नेपालले च्याम्पियन बन्न सक्नेछ।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रतियोगिता सम्पन्न भएपछि टोली सोमबारै स्वदेश फर्किएको हो।