एनपीएल अक्सनपछि प्रत्येक टिमको अन्तिम स्क्वाड सार्वजनिक, विदेशी खेलाडी चयन बाँकी

एनपीएल अक्सन २०२५, नेपाल प्रिमियर लिग २०२५, NPL auction Nepal, नेपाली क्रिकेट लिग, NPL teams 2025, NPL squad list, Nepal cricket news, NPL players auction, एनपीएल टोली सूची, नेपाल क्रिकेट अपडेट एनपीएल अक्सन
एनपीएल अक्सन २०२५, नेपाल प्रिमियर लिग २०२५, NPL auction Nepal, नेपाली क्रिकेट लिग, NPL teams 2025, NPL squad list, Nepal cricket news, NPL players auction, एनपीएल टोली सूची, नेपाल क्रिकेट अपडेट
एनपीएल अक्सन

साउन २५, २०८२।

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणका लागि भएको खेलाडी अक्सन सम्पन्न भएको छ। १६४ खेलाडीको सूचीमध्ये ३७ जनाले नयाँ टिमसँग सम्झौता गरे भने बाँकी खेलाडी अघिल्लो सिजनमै रिटेन भएका छन्। अब विदेशी खेलाडी अनुबन्ध मात्र टुंगो लाग्न बाँकी छ।

मार्की आसिफ शेख र कप्तान अनिल साहसहित सात खेलाडीलाई रिटेन गरेको जनकपुरले अक्सनबाट सचिन भट्ट, आदित्य महता र मयन यादव अनुबन्ध गर्‍यो। विशलिस्टबाट बिकाश आग्री पनि भित्रियो।

गत सिजनका कप्तान दिपेन्द्रसिंह ऐरीसहित छ खेलाडीलाई रिटेन गरेको टोलीले अक्सनबाट हेमन्त धामी, टेकबहादुर रावत र दिपेश थापा पायो। विशलिस्टबाट दिपक बोहरा र मिलन बोहरा पनि टोलीमा छन्।

मार्की सोमपाल कामी र सात खेलाडीलाई रिटेन गरेको कर्णालीले पवन सर्राफ, इमरान शेख, दीपक डुम्रे र युवराज खत्रीलाई अनुबन्ध गर्‍यो।

कप्तान कुशल मल्ल र पाँच खेलाडीलाई रिटेन गरेको चितवनले अक्सनमा देव खनाल र अर्जुन साउद पायो। विशलिस्टबाट बिपिन रावल, बिपिन आचार्य र रन्जित कुमार थपिए।

करण केसीसहित छ खेलाडीलाई रिटेन गरेको काठमाण्डुले अक्सनबाट उत्तम थापा मगर, तुलबहादुर थापा, सन्तोष यादव, आकाश त्रिपाठी र आदिल आलम अनुबन्ध गर्‍यो।

एनपीएलको मिनी अक्सन आज, ५ टोलीबीच प्रतिस्पर्धा

मार्की सन्दीप लामिछाने र पाँच खेलाडीलाई रिटेन गरेको विराटनगरले अक्सनबाट सूर्य तामाङ, साहिल पटेल र नारायण जोशी पायो। विशलिस्टबाट शर्वन किस्कु र शंकर राना आए।

कुशल भुर्तेलसहित सात खेलाडीलाई रिटेन गरेको पोखराले अक्सनबाट अभिषेक तिवारी, अर्जुन कुमाल र कृष्ण पौडेल भित्रायो। विशलिस्टबाट सन्दीप खत्री क्षेत्री थपियो।

कप्तान रोहित पौडेल र पाँच खेलाडीलाई रिटेन गरेको लुम्बिनीले अक्सनबाट दिलिप नाथ, विशाल पटेल र शेर मल्ल पायो। विशलिस्टबाट दुर्गेश गुप्ता र आदिल खान पनि टोलीमा छन्।

दोस्रो संस्करणको तयारी तीव्र भइरहेको एनपीएलमा अब विदेशी खेलाडी चयनपछि टिमहरूको स्क्वाड पूर्ण हुनेछ। क्रिकेटप्रेमीका लागि यो वर्षको प्रतिस्पर्धा अझ रोमाञ्चक हुने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर ९, २०८२।    काठमाडौँ दैनिक संवाददाता

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

काठमाडौ – प्रधानमन्त्री सुशीला कार्कीले श्रीलंकामा सम्पन्न पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेर फर्किएको नेपाली टोलीलाई सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्मानपूर्वक भेट गरेकी छन्।

प्रधानमन्त्रीले खेलाडी र अफिसियललाई बधाई दिँदै यो उपलब्धि नेपाली खेलकुद इतिहासकै गर्वको विषय भएको बताइन्। कार्कीले भनिन्, यो तपाईंहरूको कडा परिश्रम, सामूहिक भावना र दृढ संकल्पको परिणाम हो। तपाईंहरू सबै यस उपलब्धिको हकदार हुनुहुन्छ। अर्को संस्करणमा च्याम्पियन बन्ने लक्ष्यसहित अगाडि बढ्नुहोस्।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रधानमन्त्री कार्कीले सरकारबाट आवश्यक सहयोग र लगानीका विषयमा सम्बद्ध मन्त्रालय तथा निकायसँग छलफल गर्ने आश्वासन समेत दिइन्। कार्कीले पहल र प्रतिभाको प्रदर्शन सराहनीय रहेको उल्लेख गर्दै सरकारी सहयोग बढेमा टोलीले अझ उत्कृष्ट सफलता हासिल गर्ने विश्वास व्यक्त गरिन्।

प्रशिक्षक पुरनसिंह खत्री र कप्तान गीता पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीले प्रतिस्पर्धी सम्पन्न राष्ट्रका टोलीलाई हराउँदै उपाधि नजिक पुग्न सफल भएको प्रशिक्षकको भनाइ छ। उनका अनुसार सरकारी समर्थन पाउँदा भविष्यमा नेपालले च्याम्पियन बन्न सक्नेछ।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रतियोगिता सम्पन्न भएपछि टोली सोमबारै स्वदेश फर्किएको हो।