महिला एशियन कप छनोटमा आज नेपाल र साउदी अरेबिया आमनेसामने

नेपाल बनाम साउदी अरेबिया यू–२० महिला फुटबल, एएफसी यू–२० महिला एशियन कप छनोट २०२५, नेपाल महिला फुटबल टिम, भुटान यू–२० महिला फुटबल, उत्तर कोरिया महिला यू–२०, नेपाल फुटबल समाचार, थिम्पु चाङलिमिथाङ स्टेडियम, एशियन कप छनोट नेपाल, नेपाल बनाम साउदी अरेबिया खेल समय, यू–२० महिला फुटबल ताजा अपडेट

साउन २३, २०८२।

काठमाडौं – भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा जारी एएफसी यू–२० महिला एशियन कप छनोट प्रतियोगितामा नेपालले आज आफ्नो दोस्रो खेल खेल्दैछ । समूह ‘बी’ अन्तर्गत नेपालले साउदी अरेबियाविरुद्ध दिउँसो पौने २ बजे प्रतिस्पर्धा गर्नेछ।

नेपालले पहिलो खेलमा आयोजक भुटानसँग १–१ गोलको बराबरी खेलेको थियो । पहिलो हाफमै अग्रता लिए पनि अन्तिमतिर गोल खाएर अंक बाँड्नु परेको हो । यस नतिजाले नेपाललाई समूहविजेता बन्ने यात्रामा अलि चुनौती थपिएको छ, किनकि बलियो प्रतिद्वन्द्वी उत्तर कोरियासँग अझै खेल्न बाँकी छ।

नेपाल बनाम साउदी अरेबिया यू–२० महिला फुटबल, एएफसी यू–२० महिला एशियन कप छनोट २०२५, नेपाल महिला फुटबल टिम, भुटान यू–२० महिला फुटबल, उत्तर कोरिया महिला यू–२०, नेपाल फुटबल समाचार, थिम्पु चाङलिमिथाङ स्टेडियम, एशियन कप छनोट नेपाल, नेपाल बनाम साउदी अरेबिया खेल समय, यू–२० महिला फुटबल ताजा अपडेट

साउदी अरेबियाले आफ्नो पहिलो खेलमा उत्तर कोरियासँग १५–० को ठूलो हार बेहोरेको छ । त्यसैले आजको खेलमा उनीहरू पनि पहिलो अंकको खोजीमा मैदान उत्रनेछन्।

प्रतियोगितामा हरेक समूहको विजेता सिधै एशियन कपका लागि छनोट हुनेछ भने तीनै समूहका बीचबाट उत्कृष्ट दुई उपविजेताले पनि अवसर पाउनेछन् । त्यसैले नेपालका लागि आजको खेल जित्नु अत्यन्तै महत्वपूर्ण मानिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर ९, २०८२।    काठमाडौँ दैनिक संवाददाता

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

काठमाडौ – प्रधानमन्त्री सुशीला कार्कीले श्रीलंकामा सम्पन्न पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेर फर्किएको नेपाली टोलीलाई सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्मानपूर्वक भेट गरेकी छन्।

प्रधानमन्त्रीले खेलाडी र अफिसियललाई बधाई दिँदै यो उपलब्धि नेपाली खेलकुद इतिहासकै गर्वको विषय भएको बताइन्। कार्कीले भनिन्, यो तपाईंहरूको कडा परिश्रम, सामूहिक भावना र दृढ संकल्पको परिणाम हो। तपाईंहरू सबै यस उपलब्धिको हकदार हुनुहुन्छ। अर्को संस्करणमा च्याम्पियन बन्ने लक्ष्यसहित अगाडि बढ्नुहोस्।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रधानमन्त्री कार्कीले सरकारबाट आवश्यक सहयोग र लगानीका विषयमा सम्बद्ध मन्त्रालय तथा निकायसँग छलफल गर्ने आश्वासन समेत दिइन्। कार्कीले पहल र प्रतिभाको प्रदर्शन सराहनीय रहेको उल्लेख गर्दै सरकारी सहयोग बढेमा टोलीले अझ उत्कृष्ट सफलता हासिल गर्ने विश्वास व्यक्त गरिन्।

प्रशिक्षक पुरनसिंह खत्री र कप्तान गीता पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीले प्रतिस्पर्धी सम्पन्न राष्ट्रका टोलीलाई हराउँदै उपाधि नजिक पुग्न सफल भएको प्रशिक्षकको भनाइ छ। उनका अनुसार सरकारी समर्थन पाउँदा भविष्यमा नेपालले च्याम्पियन बन्न सक्नेछ।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रतियोगिता सम्पन्न भएपछि टोली सोमबारै स्वदेश फर्किएको हो।