सर्लाही बागमतीका मेयर भरत थापालाई एक वर्ष कैद, ३ करोड ४५ लाख जरिवाना

निलम्बित मेयर भरतकुमार थापा, गैरकानुनी सम्पत्ति, भ्रष्टाचार, विशेष अदालत फैसला, मेयर थापा कैद, illegal wealth by mayor, Bharat Kumar Thapa corruption, Nepali mayor jail, anti-corruption Nepal, Bagmati municipality scandal सर्लाही बागमती नगरपालिकाका मेयर भरत थापा
निलम्बित मेयर भरतकुमार थापा, गैरकानुनी सम्पत्ति, भ्रष्टाचार, विशेष अदालत फैसला, मेयर थापा कैद, illegal wealth by mayor, Bharat Kumar Thapa corruption, Nepali mayor jail, anti-corruption Nepal, Bagmati municipality scandal
सर्लाही बागमती नगरपालिकाका मेयर भरत थापा

साउन २२, २०८२।

सर्लाही – बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापाले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको ठहर गर्दै विशेष अदालतले उनलाई एक वर्ष कैद र ३ करोड ४५ लाख २२ हजार ३८७ रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको छ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले बुधबार फैसला सुनाएको हो। अदालतले थापा र उनका परिवारको आय–व्यय विश्लेषण गर्दा उनीहरूको खर्च आम्दानीभन्दा धेरै रहेको पाइएपछि गैरकानुनी सम्पत्ति आर्जन पुष्टि भएको उल्लेख गरेको छ।

अदालती फैसलामा भनिएको छ, प्रतिवादी भरतकुमार थापा र उनका परिवारजनको समग्र आय ९ करोड १४ लाख ३१ हजार ३ रुपैयाँ ९१ पैसा र कुल खर्च १२ करोड ५९ लाख ५३ हजार ३९१ रुपैयाँ १४ पैसा देखिएको छ। यसअनुसार उनीहरूको खर्च आम्दानीभन्दा ३ करोड ४५ लाख २२ हजार ३८७ रुपैयाँ २३ पैसा बढी रहेको छ।

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० को उपदफा (१) बमोजिम गैरकानुनी सम्पत्ति आर्जनको कसूरमा दोषी ठहर गर्दै उपदफा (२) अनुसार एक वर्ष कैद सजाय र सोही रकम बराबर जरिवाना गर्ने फैसला गरिएको हो। अदालतले थापाले बिगोबाहेक आर्जन गरेको अन्य सम्पत्तिसमेत जफत गर्न आदेश दिएको छ।

मेयर थापामाथि भ्रष्टाचार अनुसन्धानको क्रममा सम्पत्ति विवरण र उनको जीवनशैलीबीच भिन्नता देखिएको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संकलन गरेको प्रमाणको आधारमा उनीमाथि गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा दायर गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १८, २०८२।  काठमाडौ दैनिक संवाददाता

क्यान महानिर्देशक पक्राउ,, प्रदीप अधिकारी गिरफ्तारी,, नलिन्चोक हेलिकप्टर काण्ड,, अख्तियार अनुसन्धान,, भ्रष्टाचार मुद्दा नेपाल,, नागरिक उड्डयन प्राधिकरण समाचार,, मुरारी भण्डारी पक्राउ,, विशेष अदालत म्याद थप,, हेलिकप्टर काण्ड अपडेट,, नेपाल ताजा समाचार,,

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्ड सम्बन्धी भ्रष्टाचार मुद्दा दायर गर्ने तयारीस्वरूप उनलाई नियन्त्रणमा लिइएको स्रोतले पुष्टि गरेको छ।

अख्तियारले अधिकारीसँगै क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि हिरासतमा लिएको छ। दुवै जनालाई म्याद थपका लागि विशेष अदालत लगिएको बताइएको छ। नलिन्चोक हेलिकप्टर प्रकरणबारे लामो समयदेखि विवाद र अनियमितताको आरोप उठ्दै आएको थियो, त्यसैको अनुसन्धानलाई अघि बढाउँदै अख्तियारले कडा कदम उठाएको हो।

यसअघि पनि क्यानका पूर्व अधिकारीहरू विभिन्न अनियमितता प्रकरणमा छानबिनको दायरामा परेका थिए।  यो घटनाले नागरिक उड्डयन नियामक निकायमा भएका गम्भीर अनियमितता फेरि एकपटक सतहमा ल्याएको छ।