पूर्व प्रहरी अधिकृतको नयाँ परिचय ‘कुकर कफी’

अवधेश विष्ट, पूर्व प्रहरी अधिकारी, कुकर कफी, जावलाखेल कफी पसल, प्रेरणादायी उद्यम, नेपाली उद्यमशीलता, SP अवधेश विष्ट, कफी व्यवसाय नेपाल पूर्व प्रहरी अधिकृत अवधेश विष्ट "कुकर कफी"
 अवधेश विष्ट, पूर्व प्रहरी अधिकारी, कुकर कफी, जावलाखेल कफी पसल, प्रेरणादायी उद्यम, नेपाली उद्यमशीलता, SP अवधेश विष्ट, कफी व्यवसाय नेपाल
पूर्व प्रहरी अधिकृत अवधेश विष्ट “कुकर कफी”

साउन २१, २०८२।

काठमाडौं – नेपाल प्रहरीमा प्रहरी उपरीक्षक (SP) को पदबाट सेवा निवृत्त भएका अवधेश विष्ट अहिले कफी व्यवसायमा जुटिरहेका छन् । जागीरको अनुशासन र सेवा भाव बोकेका विष्ट अहिले ‘कुकर कफी’ नामक आकर्षक कफी पसलमार्फत समाजसेवाको नयाँ अध्याय सुरु गरिरहेका छन् ।

सेवा निवृत्त भएपछि विष्टले जब कफी व्यवसाय सुरु गरे तब धेरैले उनलाई प्रश्न गरे, ल यस्तो ठूलो पदबाट रिटायर भएर पनि कफी पसल खोलेको? तर विष्टले आलोचनालाई वास्ता नगरी निरन्तर मेहनत गर्दै आफ्नो कर्ममार्फत निरन्तर जवाफ दिइरहे, अहिले त्यही आलोचकहरू नै उनको पसलमा आएर कफी बनाउने सीप सिक्न चाहन्छन् ।

विष्टले कफी पसल खोल्नुको पछाडि भावनात्मक कारण पनि छ । उनी भन्छन्, घर नजिकको मोडमा बुबाले मन्दिर र चौतारी बनाउनुभएको थियो जहाँ मानिसहरू बसेर गफगाफ गर्थे । मैले बुबाको त्यसै स्थानलाई अझ आकर्षक सार्वजनिक स्थल बनाउने सोचले कफी पसल सुरु गरेको हुँ ।

कुकर कफी अहिले ७ जना युवालाई स्थायी रोजगारी दिन सफल भएको छ । विष्टको सोच र उद्यमशीलताले समुदायमै अवसर सिर्जना गरेको छ । उनले समाजमा उदाहरणीय काम गर्दै पूर्वसरकारी कर्मचारीको जीवन पनि कस्तो सशक्त र प्रेरणादायी हुन सक्छ भन्ने प्रमाणित गरिदिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १२, २०८२।  काठमाडौँ दैनिक संवाददाता

काठमाडौ – गृहमन्त्री ओमप्रकाश अर्यालले राष्ट्रिय झन्डा ओढेर देशका सार्वजनिक तथा निजी सम्पत्तिमाथि गरिएको लुटपाट, तोडफोड र आगजनीलाई ‘आन्दोलनको नाममा वैधता दिने प्रयास’ अस्वीकार्य भएको बताएका छन्।

राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उनले राष्ट्रिय झन्डाको दुरुपयोग बढ्दै गएको भन्दै यस्तो कार्यमा संलग्नलाई कठोर कानुनी कारबाही गर्नुपर्नेमा जोड दिए।

उनका अनुसार झन्डाको आवरणमा गरिएका अपराधिक गतिविधि कुनै पनि मूल्यमा सह्य हुँदैन। देशका धरोहर जलाउने, निजी घर तोडफोड गर्ने, लुटपाट गर्ने यी आन्दोलनका लक्षण होइनन्, प्रत्यक्ष अपराध हुन्, उनले भने, यसलाई निरुत्साहित नगर्ने हो भने दण्डहीनता बढ्नेछ, राज्य कमजोर देखिन्छ।

गृहमन्त्रीले भदौ २३–२४ मा जेन-जी आन्दोलनको नाममा भएका तोडफोड र आगजनी घटनामा संलग्नहरूलाई कारबाही प्रक्रिया अघि बढिसकेको जानकारी पनि दिए। उनका अनुसार सार्वजनिक सम्पत्तिमाथिको आक्रमण ‘क्षम्य र सह्य नहुने’ अपराध हो र विधिको शासन लागू गर्न सरकार अडिग रहेको छ।

बैठकमा सांसदहरूले जेन-जी समूहका आन्दोलन, राजीनामाका माग र राजनीतिक स्थायित्वबारे उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री अर्यालले सरकार राजनीतिक द्वन्द्व नियन्त्रणतर्फ केन्द्रित रहेको र जेन-जी पुस्तालाई विश्वासमा लिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। राजनीतिक विचारलाई सम्मान गर्दै संवाद र प्रक्रियाबाट अघि बढ्छौं, उनले भने।

समितिमा मन्त्रीले सरकार, संसद् र दलहरूबीचको सम्बन्ध अझ सुदृढ गर्दै आगामी निर्वाचनका तयारीका विषयमा पनि छलफल भइरहेको जानकारी गराए। उनले दण्डहीनता स्वीकार्य नहुने दोहोर्‍याउँदै सार्वजनिक सम्पत्तिमाथि भएको क्षति राष्ट्रका लागि गम्भीर चेतावनी भएको उल्लेख गरे।