नेपाल यू-२० महिला टोली एएफसी एसियन कपका लागि तयार, भुटानसँग पहिलो खेल

नेपाल महिला फुटबल, AFC U-20 महिला एसियन कप, नेपाल बनाम भुटान, नेपाली महिला टिम, याम गुरुङ, बिर्सना चौधरी, उत्तर कोरिया महिला फुटबल, साउदी महिला टिम, AFC महिला छनोट, नेपाली खेलकुद समाचार प्रशिक्षक याम प्रसाद गुरुङ मंगलबार थिम्पुमा आयोजित प्रि-म्याच प्रेस कन्फ्रेरेन्समा
नेपाल महिला फुटबल, AFC U-20 महिला एसियन कप, नेपाल बनाम भुटान, नेपाली महिला टिम, याम गुरुङ, बिर्सना चौधरी, उत्तर कोरिया महिला फुटबल, साउदी महिला टिम, AFC महिला छनोट, नेपाली खेलकुद समाचार
प्रशिक्षक याम प्रसाद गुरुङ मंगलबार थिम्पुमा आयोजित प्रि-म्याच प्रेस कन्फ्रेरेन्समा

साउन २०, २०८२।

काठमाडौं – नेपाली यू-२० महिला राष्ट्रिय फुटबल टोली भोलि (बुधबार) देखि भुटानमा सुरु हुने एएफसी यू-२० महिला एसियन कप छनोट प्रतियोगितामा प्रतिस्पर्धा गर्न पूर्ण रूपमा तयार भएको छ।

प्रशिक्षक याम प्रसाद गुरुङले मंगलबार थिम्पुमा आयोजित प्रि-म्याच प्रेस कन्फ्रेरेन्समा टोलीको तयारीबारे जानकारी दिँदै हालै सम्पन्न साफ यू-२० च्याम्पियनसिपमा देखिएका कमजोरी सुधार गरिएको बताए। हामी यसपटक छनोट हुने विश्वासका साथ आएको छौँ, उनले भने।

प्रशिक्षक याम प्रसाद गुरुङले मंगलबार थिम्पुमा आयोजित प्रि-म्याच प्रेस कन्फ्रेरेन्समा

नेपाल समूह ‘ए’ मा रहेको छ, जहाँ उसले भुटान, साउदी अरेबिया र उत्तर कोरियासँग प्रतिस्पर्धा गर्नेछ। समूह चरणको पहिलो खेल भुटानसँग चाङलिमियाङ स्टेडियममा बुधबार साँझ पौने ६ बजे हुनेछ।

गुरुङले साफ यू-२० च्याम्पियनसिपमा भुटानलाई सहजै हराए पनि अहिलेको प्रतियोगिता फरक प्रकृतिको रहेको स्पष्ट पारे। उनले घरेलु टोलीलाई कमजोर नठान्ने बताएका छन्।

भुटान आफ्नै घरेलु मैदानमा खेल्दैछ, दर्शकको समर्थन हुनेछ। हामीले उनीहरूप्रति सम्मानका साथ खेल्नेछौँ गुरुङले भने।
गत साफ प्रतियोगितामा नेपालले भुटानलाई ६-१ र ८-० ले पराजित गरेको थियो।

प्रशिक्षक याम प्रसाद गुरुङले मंगलबार थिम्पुमा आयोजित प्रि-म्याच प्रेस कन्फ्रेरेन्समा
थिम्पुमा आयोजित प्रि-म्याच प्रेस कन्फ्रेरेन्समा

टोलीकी कप्तान बिर्सना चौधरीले पनि टोलीको तयारी राम्रो भएको बताइन्। सबै टिम बलियो छन्, तर हाम्रो लक्ष्य टप भएर छनोट हुनु हो उनले भनिन्।

नेपाल गत जुलाईमा सम्पन्न साफ यू-२० महिला च्याम्पियनसिपमा उपविजेता बनेको थियो। त्यस प्रतियोगितामा नेपालले बंगलादेशसँग दुवै खेलमा हार व्यहोरेको थियो।

नेपालको समूहमा रहेको उत्तर कोरिया एसियाली महिला फुटबलमा शक्तिशाली टिम मानिन्छ। यस टोलीले उमेर समूहको एसियन कप र विश्वकप जितेको इतिहास बोकेको छ। यस्तै साउदी अरेबिया महिला फुटबलमा नयाँ तर द्रुत गतिमा उकासिँदै गरेको देश हो।

प्रशिक्षक याम प्रसाद गुरुङले मंगलबार थिम्पुमा आयोजित प्रि-म्याच प्रेस कन्फ्रेरेन्समा
प्रशिक्षक याम प्रसाद गुरुङ र कप्तान बिर्सना चौधरी” प्रि-म्याच प्रेस कन्फ्रेरेन्समा”

नेपालको दोस्रो खेल साउन २३ (अगस्ट ८) मा साउदी अरेबियासँग हुनेछ भने अन्तिम खेल साउन २५ (अगस्ट १०) मा उत्तर कोरियाविरुद्ध हुनेछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर ९, २०८२।    काठमाडौँ दैनिक संवाददाता

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

काठमाडौ – प्रधानमन्त्री सुशीला कार्कीले श्रीलंकामा सम्पन्न पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेर फर्किएको नेपाली टोलीलाई सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्मानपूर्वक भेट गरेकी छन्।

प्रधानमन्त्रीले खेलाडी र अफिसियललाई बधाई दिँदै यो उपलब्धि नेपाली खेलकुद इतिहासकै गर्वको विषय भएको बताइन्। कार्कीले भनिन्, यो तपाईंहरूको कडा परिश्रम, सामूहिक भावना र दृढ संकल्पको परिणाम हो। तपाईंहरू सबै यस उपलब्धिको हकदार हुनुहुन्छ। अर्को संस्करणमा च्याम्पियन बन्ने लक्ष्यसहित अगाडि बढ्नुहोस्।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रधानमन्त्री कार्कीले सरकारबाट आवश्यक सहयोग र लगानीका विषयमा सम्बद्ध मन्त्रालय तथा निकायसँग छलफल गर्ने आश्वासन समेत दिइन्। कार्कीले पहल र प्रतिभाको प्रदर्शन सराहनीय रहेको उल्लेख गर्दै सरकारी सहयोग बढेमा टोलीले अझ उत्कृष्ट सफलता हासिल गर्ने विश्वास व्यक्त गरिन्।

प्रशिक्षक पुरनसिंह खत्री र कप्तान गीता पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीले प्रतिस्पर्धी सम्पन्न राष्ट्रका टोलीलाई हराउँदै उपाधि नजिक पुग्न सफल भएको प्रशिक्षकको भनाइ छ। उनका अनुसार सरकारी समर्थन पाउँदा भविष्यमा नेपालले च्याम्पियन बन्न सक्नेछ।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रतियोगिता सम्पन्न भएपछि टोली सोमबारै स्वदेश फर्किएको हो।