एपिएफ क्लबलाई केल्मीको प्रायोजन निरन्तर

केल्मी नेपाल, एपिएफ क्लब प्रायोजन, खेल पोशाक छुट, एपिएफ फुटबल टोली, केल्मी अफर, नेपाल खेलकुद समाचार, सशस्त्र प्रहरी बल खेलकुद, APF sports sponsorship, Kelme Nepal sportswear. कामारु ट्रेडिङ प्रालि' का प्रबन्ध निर्देशक उत्तम न्यौपाने र नेपाल एपिएफ क्लबका अध्यक्ष तथा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कमल प्रसाद तिउसिना सम्झौतामा पत्रमा हस्ताक्षर गर्दै
केल्मी नेपाल, एपिएफ क्लब प्रायोजन, खेल पोशाक छुट, एपिएफ फुटबल टोली, केल्मी अफर, नेपाल खेलकुद समाचार, सशस्त्र प्रहरी बल खेलकुद, APF sports sponsorship, Kelme Nepal sportswear.
कामारु ट्रेडिङ प्रालि’ का प्रबन्ध निर्देशक उत्तम न्यौपाने र नेपाल एपिएफ क्लबका अध्यक्ष तथा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कमल प्रसाद तिउसिना सम्झौतामा पत्रमा हस्ताक्षर गर्दै

साउन २०, २०८२।

काठमाडौं – केल्मी नेपालले सशस्त्र प्रहरी बल नेपाल (एपिएफ) खेलकुद तथा शारीरिक सुगठन शिक्षालय अन्तर्गतको नेपाल एपिएफ क्लबसँगको प्रायोजन सम्झौतालाई निरन्तरता दिएको छ।

सोमबार काठमाडौंमा आयोजित कार्यक्रमबीच केल्मी नेपालका आधिकारिक विक्रेता ‘कामारु ट्रेडिङ प्रालि’ का प्रबन्ध निर्देशक उत्तम न्यौपाने र नेपाल एपिएफ क्लबका अध्यक्ष तथा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कमल प्रसाद तिउसिनाले पाँच वर्षका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

नयाँ सम्झौताअनुसार केल्मी नेपालले एपिएफ क्लबलाई खेल पोशाक र खेलकुद सामाग्री छुटमा उपलब्ध गराउनेछ। यो छुट सुविधा पाँच वर्षसम्म लागू हुने जनाइएको छ।

यो सुविधा सिनियर महिला तथा पुरुष फुटबल टोली, महिला/पुरुष भलिबल टोली, यू–१६ र यू–१८ फुटबल टिम, ग्रासरुट फुटबल र ब्याडमिन्टन सम्म सिमित रहनेछ।

सम्झौताअनुसार सशस्त्र प्रहरी बलका हाल कार्यरत, अवकाश प्राप्त (भूपू), सहादत प्राप्त अमर सशस्त्र प्रहरीका परिवार, नेपाल एपीएफ स्कुल, महिला संघ तथा एपिएफ क्लबमा संलग्न खेलाडी, प्रशिक्षक लगायतले पनि देशभरका केल्मी विक्री केन्द्रहरूबाट निश्चित छुटमा सामग्री खरिद गर्न पाउने छन्।

केल्मी नेपाल, एपिएफ क्लब प्रायोजन, खेल पोशाक छुट, एपिएफ फुटबल टोली, केल्मी अफर, नेपाल खेलकुद समाचार, सशस्त्र प्रहरी बल खेलकुद, APF sports sponsorship, Kelme Nepal sportswear.

एपिएफ क्लबसँग लामो समयदेखि सहकार्य गर्दै आएको केल्मी ब्रान्ड नेपालमा खेलकुद प्रवर्द्धनमा अग्रसर ब्रान्डका रूपमा चिनिँदै आएको छ। यसपटकको सम्झौताले आगामी वर्षहरूमा एपिएफ क्लबलाई खेल सामाग्री व्यवस्थापनमा थप सहज हुने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर ९, २०८२।    काठमाडौँ दैनिक संवाददाता

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

काठमाडौ – प्रधानमन्त्री सुशीला कार्कीले श्रीलंकामा सम्पन्न पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेर फर्किएको नेपाली टोलीलाई सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्मानपूर्वक भेट गरेकी छन्।

प्रधानमन्त्रीले खेलाडी र अफिसियललाई बधाई दिँदै यो उपलब्धि नेपाली खेलकुद इतिहासकै गर्वको विषय भएको बताइन्। कार्कीले भनिन्, यो तपाईंहरूको कडा परिश्रम, सामूहिक भावना र दृढ संकल्पको परिणाम हो। तपाईंहरू सबै यस उपलब्धिको हकदार हुनुहुन्छ। अर्को संस्करणमा च्याम्पियन बन्ने लक्ष्यसहित अगाडि बढ्नुहोस्।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रधानमन्त्री कार्कीले सरकारबाट आवश्यक सहयोग र लगानीका विषयमा सम्बद्ध मन्त्रालय तथा निकायसँग छलफल गर्ने आश्वासन समेत दिइन्। कार्कीले पहल र प्रतिभाको प्रदर्शन सराहनीय रहेको उल्लेख गर्दै सरकारी सहयोग बढेमा टोलीले अझ उत्कृष्ट सफलता हासिल गर्ने विश्वास व्यक्त गरिन्।

प्रशिक्षक पुरनसिंह खत्री र कप्तान गीता पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीले प्रतिस्पर्धी सम्पन्न राष्ट्रका टोलीलाई हराउँदै उपाधि नजिक पुग्न सफल भएको प्रशिक्षकको भनाइ छ। उनका अनुसार सरकारी समर्थन पाउँदा भविष्यमा नेपालले च्याम्पियन बन्न सक्नेछ।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रतियोगिता सम्पन्न भएपछि टोली सोमबारै स्वदेश फर्किएको हो।