एपिएफ क्लबलाई केल्मीको प्रायोजन निरन्तर

केल्मी नेपाल, एपिएफ क्लब प्रायोजन, खेल पोशाक छुट, एपिएफ फुटबल टोली, केल्मी अफर, नेपाल खेलकुद समाचार, सशस्त्र प्रहरी बल खेलकुद, APF sports sponsorship, Kelme Nepal sportswear. कामारु ट्रेडिङ प्रालि' का प्रबन्ध निर्देशक उत्तम न्यौपाने र नेपाल एपिएफ क्लबका अध्यक्ष तथा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कमल प्रसाद तिउसिना सम्झौतामा पत्रमा हस्ताक्षर गर्दै
केल्मी नेपाल, एपिएफ क्लब प्रायोजन, खेल पोशाक छुट, एपिएफ फुटबल टोली, केल्मी अफर, नेपाल खेलकुद समाचार, सशस्त्र प्रहरी बल खेलकुद, APF sports sponsorship, Kelme Nepal sportswear.
कामारु ट्रेडिङ प्रालि’ का प्रबन्ध निर्देशक उत्तम न्यौपाने र नेपाल एपिएफ क्लबका अध्यक्ष तथा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कमल प्रसाद तिउसिना सम्झौतामा पत्रमा हस्ताक्षर गर्दै

साउन २०, २०८२।

काठमाडौं – केल्मी नेपालले सशस्त्र प्रहरी बल नेपाल (एपिएफ) खेलकुद तथा शारीरिक सुगठन शिक्षालय अन्तर्गतको नेपाल एपिएफ क्लबसँगको प्रायोजन सम्झौतालाई निरन्तरता दिएको छ।

सोमबार काठमाडौंमा आयोजित कार्यक्रमबीच केल्मी नेपालका आधिकारिक विक्रेता ‘कामारु ट्रेडिङ प्रालि’ का प्रबन्ध निर्देशक उत्तम न्यौपाने र नेपाल एपिएफ क्लबका अध्यक्ष तथा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कमल प्रसाद तिउसिनाले पाँच वर्षका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

नयाँ सम्झौताअनुसार केल्मी नेपालले एपिएफ क्लबलाई खेल पोशाक र खेलकुद सामाग्री छुटमा उपलब्ध गराउनेछ। यो छुट सुविधा पाँच वर्षसम्म लागू हुने जनाइएको छ।

यो सुविधा सिनियर महिला तथा पुरुष फुटबल टोली, महिला/पुरुष भलिबल टोली, यू–१६ र यू–१८ फुटबल टिम, ग्रासरुट फुटबल र ब्याडमिन्टन सम्म सिमित रहनेछ।

सम्झौताअनुसार सशस्त्र प्रहरी बलका हाल कार्यरत, अवकाश प्राप्त (भूपू), सहादत प्राप्त अमर सशस्त्र प्रहरीका परिवार, नेपाल एपीएफ स्कुल, महिला संघ तथा एपिएफ क्लबमा संलग्न खेलाडी, प्रशिक्षक लगायतले पनि देशभरका केल्मी विक्री केन्द्रहरूबाट निश्चित छुटमा सामग्री खरिद गर्न पाउने छन्।

केल्मी नेपाल, एपिएफ क्लब प्रायोजन, खेल पोशाक छुट, एपिएफ फुटबल टोली, केल्मी अफर, नेपाल खेलकुद समाचार, सशस्त्र प्रहरी बल खेलकुद, APF sports sponsorship, Kelme Nepal sportswear.

एपिएफ क्लबसँग लामो समयदेखि सहकार्य गर्दै आएको केल्मी ब्रान्ड नेपालमा खेलकुद प्रवर्द्धनमा अग्रसर ब्रान्डका रूपमा चिनिँदै आएको छ। यसपटकको सम्झौताले आगामी वर्षहरूमा एपिएफ क्लबलाई खेल सामाग्री व्यवस्थापनमा थप सहज हुने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

कविता भट्ट, अष्ट्रेलिया पलायन, राष्ट्रिय भलिबल टिम, एपीएफ क्लब, नेपाली खेलाडी विदेश, सरस्वती चौधरी, Nepal Volleyball

भदौ ११, २०८२।

काठमाडौं – राष्ट्रिय भलिबल टिमकी मिडल ब्लकर कविता भट्ट अष्ट्रेलिया पलायन भएकी छिन् । उनले यो निर्णय रहर नभई बाध्यता भएको स्पष्ट पारेकी छिन् ।

गत साउनमा सशस्त्र प्रहरीको एपीएफ क्लबबाट राजीनामा दिएर अष्ट्रेलिया पुगेकी भट्टले आफ्ना संघर्ष र अधुरा सपनाबारे भावुक अभिव्यक्ति दिएकी छिन् । उनले न्यू साउथ वेल्स, सिड्नीबाट लेखेकी छन्, घरपरिवार र आमाबुवालाई छोडेर विदेशिने रहर होइन, बाध्यता हो । राष्ट्रिय टिमबाट गोल्ड मेडल जित्ने ठूलो सपना थियो तर परिस्थितिले त्यो सम्भव भएन।

भट्टले एपीएफ क्लबलाई आफ्नो करिअरको आधार भएको भन्दै आभार व्यक्त गरेकी छिन् । उनके भने, एपीएफकै कारण उनले राष्ट्रिय टिमसम्म खेल्ने अवसर पाए।
मलाई एपीएफ हुन पाएकोमा गर्व छ । लामो समय एपीएफ भलिबल टिमबाट खेलें । संघर्षका दिनमा साथ दिने हौसला जगाउने सबैप्रति ऋणी छु उनले भनिन् ।

अष्ट्रेलिया पुगे पनि उनले भलिबललाई निरन्तरता दिने प्रतिबद्धता जनाएकी छिन् ।आज कविता भट्ट भनेर मलाई चिनेको कारण भलिबल नै हो । जहाँ गए पनि यो खेललाई निरन्तरता दिनेछु ।

पछिल्लो वर्षहरुमा नेपालबाट राष्ट्रिय खेलाडीहरू विदेशिने क्रम तीव्र बनेको छ । यसअघि भलिबलकै अर्की चर्चित खेलाडी सरस्वती चौधरी पनि अष्ट्रेलिया पलायन भइसकेकी छिन् ।