यू–२० राष्ट्रिय टोलीकी स्टार फरवार्ड पूर्णिमा राई संकटाबाट महिला लिग खेल्ने

पूर्णिमा राई, संकटा क्लब, महिला लिग, नेपाली महिला फुटबल, यू–२० टिम, साफ च्याम्पियनसिप, एन्फा छनोट, नेपाल खेलकुद, महिला खेलाडी सम्झौता पत्रमा हस्ताक्षर गर्दै पुर्णिमा राई

पूर्णिमा राई, संकटा क्लब, महिला लिग, नेपाली महिला फुटबल, यू–२० टिम, साफ च्याम्पियनसिप, एन्फा छनोट, नेपाल खेलकुद, महिला खेलाडी

साउन १९, २०८२।

काठमाडौं – यू–२० महिला राष्ट्रिय फुटबल टोलीकी चम्किलो नाम पूर्णिमा राई संकटा क्लबबाट महिला लिग छनोट खेल्ने भएकी छन्। पछिल्लो समयको उत्कृष्ट प्रदर्शनपछि चर्चामा रहेकी पूर्णिमा अब क्लब तहमा पनि आफ्नो कला र क्षमता देखाउन तयार छिन्।

पूर्णिमा राईसँग संकटा क्लबको सम्झौता महासचिव रमेशधोज बस्नेत, कोषाध्यक्ष रवि बज्राचार्य र सचिव अशिष मान सिंहको समन्वयमा सम्पन्न भएको हो। क्लबका अनुसार, पूर्णिमाको आगमनले टोलीमा नयाँ ऊर्जा र आत्मविश्वास थपिएको छ।

पूर्णिमाले यसअघि कोशी प्रदेशबाट एन्फा महिला लिगमा भाग लिएकी थिइन्। उनको करियरले उचाइ गत जुलाईमा बंगलादेशमा सम्पन्न साफ यू–२० महिला च्याम्पियनसिपबाट पायो, जहाँ उनी सर्वाधिक गोलकर्ता बन्न सफल भइन्। त्यस प्रतियोगितामा उनको निर्णायक प्रदर्शनले नेपाललाई उपविजेता स्थानसम्म पुर्‍याएको थियो।

हाल उनी नेपाली यू–२० टोलीसँगै भुटानमा एएफसी यू–२० महिला एसियन कप छनोट प्रतियोगितामा भाग लिन गएकी छन्। त्यहाँ उनले पुनः नेपाली टोलीको फरवार्ड लाइन सशक्त बनाउने अपेक्षा गरिएको छ।

संकटा क्लबले एन्फा महिला लिग छनोटमा बलियो टिम निर्माण गर्ने लक्ष्य राखेको छ। पूर्णिमाजस्ता राष्ट्रियस्तरकी खेलाडीलाई टोलीमा समावेश गर्नु क्लबको दीर्घकालीन सोच र रणनीतिक योजना भएको क्लब स्रोतले जानकारी दिएको छ।

क्लबका महासचिव बस्नेतले भने, पूर्णिमाजस्ता खेलाडी हाम्रो टोलीमा आउनुले हामीलाई प्रतिस्पर्धामा मात्र नभई महिला फुटबलको विकासमा पनि सहयोग पुग्नेछ।

मोरङकी १९ वर्षीया पूर्णिमा राई नेपाली महिला फुटबलको उदीयमान ताराका रूपमा देखिइरहेकी छिन्। उनको तीव्र गतिको दौड, बल नियन्त्रण र फिनिशिङ क्षमताले उनीलाई फरक बनाएको छ। साफ च्याम्पियनसिपमा उनको गोल गर्ने क्षमताले धेरै फुटबल विश्लेषकहरूलाई प्रभावित बनाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर ९, २०८२।    काठमाडौँ दैनिक संवाददाता

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

काठमाडौ – प्रधानमन्त्री सुशीला कार्कीले श्रीलंकामा सम्पन्न पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेर फर्किएको नेपाली टोलीलाई सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्मानपूर्वक भेट गरेकी छन्।

प्रधानमन्त्रीले खेलाडी र अफिसियललाई बधाई दिँदै यो उपलब्धि नेपाली खेलकुद इतिहासकै गर्वको विषय भएको बताइन्। कार्कीले भनिन्, यो तपाईंहरूको कडा परिश्रम, सामूहिक भावना र दृढ संकल्पको परिणाम हो। तपाईंहरू सबै यस उपलब्धिको हकदार हुनुहुन्छ। अर्को संस्करणमा च्याम्पियन बन्ने लक्ष्यसहित अगाडि बढ्नुहोस्।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रधानमन्त्री कार्कीले सरकारबाट आवश्यक सहयोग र लगानीका विषयमा सम्बद्ध मन्त्रालय तथा निकायसँग छलफल गर्ने आश्वासन समेत दिइन्। कार्कीले पहल र प्रतिभाको प्रदर्शन सराहनीय रहेको उल्लेख गर्दै सरकारी सहयोग बढेमा टोलीले अझ उत्कृष्ट सफलता हासिल गर्ने विश्वास व्यक्त गरिन्।

प्रशिक्षक पुरनसिंह खत्री र कप्तान गीता पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीले प्रतिस्पर्धी सम्पन्न राष्ट्रका टोलीलाई हराउँदै उपाधि नजिक पुग्न सफल भएको प्रशिक्षकको भनाइ छ। उनका अनुसार सरकारी समर्थन पाउँदा भविष्यमा नेपालले च्याम्पियन बन्न सक्नेछ।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रतियोगिता सम्पन्न भएपछि टोली सोमबारै स्वदेश फर्किएको हो।