प्रतिनिधि सभाको बैठक आज बस्दै,महत्वपूर्ण विधेयकहरूमा छलफल हुने

संसद बैठक, प्रतिनिधि सभा, विधेयक छलफल, राष्ट्रिय खेलकूद विधेयक, WTO सम्झौता, लेखा समिति प्रतिवेदन, संविधान संशोधन, नयाँ बानेश्वर संसद भवन, नेपाल संसद २०८२

संसद बैठक, प्रतिनिधि सभा, विधेयक छलफल, राष्ट्रिय खेलकूद विधेयक, WTO सम्झौता, लेखा समिति प्रतिवेदन, संविधान संशोधन, नयाँ बानेश्वर संसद भवन, नेपाल संसद २०८२

साउन १९, २०८२।

काठमाडौं – सङ्घीय संसद्को प्रतिनिधि सभाको बैठक आज अपराह्न १ः०० बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने भएको छ। बैठकमा विभिन्न महत्त्वपूर्ण विधेयक र प्रतिवेदनहरूमा छलफल हुने कार्यसूची तय गरिएको छ।

आजको बैठकमा प्रतिनिधि सभाका महासचिवले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन विधेयक, २०७९’ सम्बन्धी राष्ट्रपतिबाट प्राप्त सन्देशको जानकारी सभामा प्रस्तुत गर्नेछन्।

उक्त विधेयक संविधानमा व्यवस्था गरिएको संवैधानिक परिषद्को कार्यविधिमा स्पष्टता ल्याउन र कार्यसम्पादनलाई सहज बनाउने उद्देश्यले ल्याइएको हो।

त्यसैगरी लेखा समितिका सभापति ऋषिकेश पोखरेलले सार्वजनिक लेखा समितिको ३२औँ वार्षिक प्रतिवेदन, २०८२ मा उल्लिखित सुझावहरूलाई आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ४१ को उपदफा २ बमोजिम स्वीकृति प्रदान गर्न प्रस्ताव प्रस्तुत गर्नेछन्।

युवा तथा खेलकूदमन्त्री तेजुलाल चौधरीले राष्ट्रिय खेलकूद विकास (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव सभामा पेश गर्ने सम्भावित कार्यसूचीमा समावेश गरिएको छ। यस विधेयकले राष्ट्रिय खेलकूद नीति तथा पूर्वाधार विकास, खेलकूद संगठनको संरचना र खेलाडीको हकहित सुनिश्चित गर्ने प्रावधानहरू समेट्ने अपेक्षा गरिएको छ।

त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विश्व व्यापार सङ्गठन (WTO) को मत्स्य उद्योगमा सहुलियत सम्बन्धी सम्झौता अनुमोदनका लागि प्रस्ताव संसदमा प्रस्तुत गर्नेछन्। यो सम्झौताले नेपालको माछा तथा मत्स्यजन्य उत्पादन निर्यातमा अन्तर्राष्ट्रिय सहुलियत प्राप्त गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

One thought on “प्रतिनिधि सभाको बैठक आज बस्दै,महत्वपूर्ण विधेयकहरूमा छलफल हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १८, २०८२।  काठमाडौ दैनिक संवाददाता

क्यान महानिर्देशक पक्राउ,, प्रदीप अधिकारी गिरफ्तारी,, नलिन्चोक हेलिकप्टर काण्ड,, अख्तियार अनुसन्धान,, भ्रष्टाचार मुद्दा नेपाल,, नागरिक उड्डयन प्राधिकरण समाचार,, मुरारी भण्डारी पक्राउ,, विशेष अदालत म्याद थप,, हेलिकप्टर काण्ड अपडेट,, नेपाल ताजा समाचार,,

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्ड सम्बन्धी भ्रष्टाचार मुद्दा दायर गर्ने तयारीस्वरूप उनलाई नियन्त्रणमा लिइएको स्रोतले पुष्टि गरेको छ।

अख्तियारले अधिकारीसँगै क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि हिरासतमा लिएको छ। दुवै जनालाई म्याद थपका लागि विशेष अदालत लगिएको बताइएको छ। नलिन्चोक हेलिकप्टर प्रकरणबारे लामो समयदेखि विवाद र अनियमितताको आरोप उठ्दै आएको थियो, त्यसैको अनुसन्धानलाई अघि बढाउँदै अख्तियारले कडा कदम उठाएको हो।

यसअघि पनि क्यानका पूर्व अधिकारीहरू विभिन्न अनियमितता प्रकरणमा छानबिनको दायरामा परेका थिए।  यो घटनाले नागरिक उड्डयन नियामक निकायमा भएका गम्भीर अनियमितता फेरि एकपटक सतहमा ल्याएको छ।