७७ वटै जिल्लामा जेन–जीसँग संवाद गर्ने रास्वपाको तयारी

रास्वपा समाचार, जेन–जी संवाद, ७७ जिल्ला कार्यक्रम, युवा राजनीति नेपाल, रास्वपा निर्णय, रास्वपा कार्यदल, संविधान संशोधन कार्यदल, राजनीति अध्ययन कार्यदल, युवा राष्ट्र निर्माण एकेडेमी, नेपाल राजनीति अपडेट, आजको ताजा समाचार

मंसिर ५, २०८२।  काठमाडौँ दैनिक संवाददाता 

रास्वपा समाचार, जेन–जी संवाद, ७७ जिल्ला कार्यक्रम, युवा राजनीति नेपाल, रास्वपा निर्णय, रास्वपा कार्यदल, संविधान संशोधन कार्यदल, राजनीति अध्ययन कार्यदल, युवा राष्ट्र निर्माण एकेडेमी, नेपाल राजनीति अपडेट, आजको ताजा समाचार

काठमाडौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभरका ७७ वटै जिल्लामा जेन–जी उमेर समूहका युवासँग संवाद कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। पार्टीको केन्द्रीय समितिले गत बिहीबार सार्वजनिक गरेको निर्णयअनुसार देशभरका युवा पुस्तासँग प्रत्यक्ष संवादमार्फत राजनीतिक चेतना, सहभागिता र आगामी निर्वाचन लक्षित तयारीलाई सुदृढ बनाउने उद्देश्य राखिएको छ।

रास्वपाले सबै प्रदेश र जिल्लामा विस्तारित बैठक सञ्चालन गर्ने, पार्टी संरचनामा युवाको सहभागिता बढाउने, रिक्त पदहरू समावेशिताको सिद्धान्तअनुसार पूर्ति गर्ने तथा जेन–जी लक्षित छलफल कार्यक्रम आयोजना गर्न समितिहरूलाई निर्देशन दिएको छ।

युवा सहभागिता वृद्धिका लागि ‘युवा राष्ट्र निर्माण एकेडेमी’ सञ्चालन गर्ने निर्णय पनि गरिएको छ। यसमार्फत युवालाई नेपालका राजनीतिक–संवैधानिक संरचना, नेतृत्व विकास, सार्वजनिक अभिव्यक्ति कौशल र संसदीय अभ्यासबारे आधारभूत तथा उन्नत ज्ञान प्रदान गरिने पार्टीले जनाएको छ। कार्यक्रमको संयोजकका रूपमा कानुन तथा मानवअधिकार विभाग प्रमुख सोबिता गौतमलाई तोकिएको छ।

त्यस्तै रास्वपाले विभिन्न अध्ययन तथा कार्यदलहरू गठन गरेको छ। विराजभक्त श्रेष्ठको संयोजकत्वमा ‘राजनीति अध्ययन कार्यदल’, सोबिता गौतमकै नेतृत्वमा ‘संविधान संशोधन तथा कानुन कार्यदल’, मनिष झा संयोजक रहेको ‘निर्वाचन रणनीति कार्यदल’ तथा निशा डाँगी नेतृत्वको ‘मिडिया अध्ययन कार्यदल’ गठन गरिएको छ।

रास्वपाले यी सबै गतिविधि आगामी राजनीतिक परिवेशमा युवाको भूमिका सुदृढ बनाउन र संगठन विस्तारलाई प्रभावकारी बनाउने लक्ष्यासहित अघि बढाइएको स्पष्ट पारेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १८, २०८२।  काठमाडौ दैनिक संवाददाता

क्यान महानिर्देशक पक्राउ,, प्रदीप अधिकारी गिरफ्तारी,, नलिन्चोक हेलिकप्टर काण्ड,, अख्तियार अनुसन्धान,, भ्रष्टाचार मुद्दा नेपाल,, नागरिक उड्डयन प्राधिकरण समाचार,, मुरारी भण्डारी पक्राउ,, विशेष अदालत म्याद थप,, हेलिकप्टर काण्ड अपडेट,, नेपाल ताजा समाचार,,

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्ड सम्बन्धी भ्रष्टाचार मुद्दा दायर गर्ने तयारीस्वरूप उनलाई नियन्त्रणमा लिइएको स्रोतले पुष्टि गरेको छ।

अख्तियारले अधिकारीसँगै क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि हिरासतमा लिएको छ। दुवै जनालाई म्याद थपका लागि विशेष अदालत लगिएको बताइएको छ। नलिन्चोक हेलिकप्टर प्रकरणबारे लामो समयदेखि विवाद र अनियमितताको आरोप उठ्दै आएको थियो, त्यसैको अनुसन्धानलाई अघि बढाउँदै अख्तियारले कडा कदम उठाएको हो।

यसअघि पनि क्यानका पूर्व अधिकारीहरू विभिन्न अनियमितता प्रकरणमा छानबिनको दायरामा परेका थिए।  यो घटनाले नागरिक उड्डयन नियामक निकायमा भएका गम्भीर अनियमितता फेरि एकपटक सतहमा ल्याएको छ।