७७ वटै जिल्लामा जेन–जीसँग संवाद गर्ने रास्वपाको तयारी

रास्वपा समाचार, जेन–जी संवाद, ७७ जिल्ला कार्यक्रम, युवा राजनीति नेपाल, रास्वपा निर्णय, रास्वपा कार्यदल, संविधान संशोधन कार्यदल, राजनीति अध्ययन कार्यदल, युवा राष्ट्र निर्माण एकेडेमी, नेपाल राजनीति अपडेट, आजको ताजा समाचार

मंसिर ५, २०८२।  काठमाडौँ दैनिक संवाददाता 

रास्वपा समाचार, जेन–जी संवाद, ७७ जिल्ला कार्यक्रम, युवा राजनीति नेपाल, रास्वपा निर्णय, रास्वपा कार्यदल, संविधान संशोधन कार्यदल, राजनीति अध्ययन कार्यदल, युवा राष्ट्र निर्माण एकेडेमी, नेपाल राजनीति अपडेट, आजको ताजा समाचार

काठमाडौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभरका ७७ वटै जिल्लामा जेन–जी उमेर समूहका युवासँग संवाद कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। पार्टीको केन्द्रीय समितिले गत बिहीबार सार्वजनिक गरेको निर्णयअनुसार देशभरका युवा पुस्तासँग प्रत्यक्ष संवादमार्फत राजनीतिक चेतना, सहभागिता र आगामी निर्वाचन लक्षित तयारीलाई सुदृढ बनाउने उद्देश्य राखिएको छ।

रास्वपाले सबै प्रदेश र जिल्लामा विस्तारित बैठक सञ्चालन गर्ने, पार्टी संरचनामा युवाको सहभागिता बढाउने, रिक्त पदहरू समावेशिताको सिद्धान्तअनुसार पूर्ति गर्ने तथा जेन–जी लक्षित छलफल कार्यक्रम आयोजना गर्न समितिहरूलाई निर्देशन दिएको छ।

युवा सहभागिता वृद्धिका लागि ‘युवा राष्ट्र निर्माण एकेडेमी’ सञ्चालन गर्ने निर्णय पनि गरिएको छ। यसमार्फत युवालाई नेपालका राजनीतिक–संवैधानिक संरचना, नेतृत्व विकास, सार्वजनिक अभिव्यक्ति कौशल र संसदीय अभ्यासबारे आधारभूत तथा उन्नत ज्ञान प्रदान गरिने पार्टीले जनाएको छ। कार्यक्रमको संयोजकका रूपमा कानुन तथा मानवअधिकार विभाग प्रमुख सोबिता गौतमलाई तोकिएको छ।

त्यस्तै रास्वपाले विभिन्न अध्ययन तथा कार्यदलहरू गठन गरेको छ। विराजभक्त श्रेष्ठको संयोजकत्वमा ‘राजनीति अध्ययन कार्यदल’, सोबिता गौतमकै नेतृत्वमा ‘संविधान संशोधन तथा कानुन कार्यदल’, मनिष झा संयोजक रहेको ‘निर्वाचन रणनीति कार्यदल’ तथा निशा डाँगी नेतृत्वको ‘मिडिया अध्ययन कार्यदल’ गठन गरिएको छ।

रास्वपाले यी सबै गतिविधि आगामी राजनीतिक परिवेशमा युवाको भूमिका सुदृढ बनाउन र संगठन विस्तारलाई प्रभावकारी बनाउने लक्ष्यासहित अघि बढाइएको स्पष्ट पारेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १४, २०८२।   काठमाडौं दैनिक संवाददाता

रौतहटकी असई रागनीकुमारी यादव लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत देशभरकै सर्वोत्कृष्ट प्रहरी घोषित। घरेलु हिंसा र पीडित संरक्षणमा उत्कृष्ट योगदान भन्दै ४० हजार नगदसहित सम्मान।

रौतहट – घरेलु हिंसा न्यूनीकरणदेखि पीडितको संरक्षण सम्मका काममा उल्लेखनीय योगदान पुर्‍याउँदै रौतहटकी प्रहरी सहायक निरीक्षक (असई) रागनीकुमारी यादव यस वर्षको देशभरकै ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित भएकी छन्।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत देशभरका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा कार्यरत प्रहरी कर्मचारीमध्ये उनी पहिलो स्थानमा परेकी हुन्।

प्रहरी प्रधान कार्यालयले आइतबार आयोजित विशेष कार्यक्रममा ४० हजार रुपैयाँ नगद तथा प्रशंसापत्र प्रदान गर्दै असई रागनीको ‘प्रेरणादायी, प्रभावकारी र नागरिकमैत्री सेवाको’ प्रशंसा गरेको हो।

जिल्ला प्रहरी कार्यालय गौरमा कार्यरत असई रागनी घरेलु हिंसासम्बन्धी उजुरी दर्ता, हिंसापीडित महिलाको सुरक्षित आवास, खोजतलास, मिलापत्र प्रक्रियामा सक्रिय भूमिकाका कारण यो सम्मानकी योग्य ठहरिएकी हुन्।

जिल्ला प्रहरी प्रमुख एसपी रबिन कार्कीका अनुसार, देशभरका सेवा केन्द्रहरूमा कार्यरत प्रहरीमध्ये रागनी उत्कृष्ट भइन्, उनि वास्तवमै उदाहरणीय कर्मठ अधिकारी हुन्।

असई रागनी यादव, रौतहट प्रहरी, सर्वोत्कृष्ट प्रहरी, लैङ्गिक हिंसा, १६ दिने अभियान, घरेलु हिंसा, पीडित संरक्षण, नेपाल प्रहरी, गौर, महिला बालबालिका केन्द्र,
असई रागनी यादव

यसअन्तर्गत अर्घाखाँचीकी हवल्दार शान्ता खत्री दोस्रो हुँदै ३० हजार, सिन्धुलीकी हवल्दार उमा तामाङ तेस्रो हुँदै २० हजार नगद पुरस्कार सहित प्रशंसापत्र प्राप्त गरे। स्याङ्जाकी नायब निरीक्षक पूर्णिमा थापा र सुनसरीकी असई साजना प्रसाईंलाई १०/१० हजार सान्त्वना पुरस्कार दिइयो।

लैङ्गिक हिंसा नियंत्रण र पीडित संरक्षणमा सक्रिय प्रहरी अधिकारीहरूको योगदान कदर गर्न प्रहरी प्रधान कार्यालयले हरेक वर्ष यस्तै विशेष सम्मान प्रदान गर्दै आएको छ।