११ वर्षपछि बाढीपीडित विद्यार्थीले पाए विद्यालयको छानो पाएको छ ।
सुर्खेत, साउन २ – सुर्खेतको बराहताल गाउँपालिकाका बाढीपीडित विद्यार्थीहरूलाई ११ वर्षपछि पहिलोपटक ओत लाग्ने विद्यालय भवन उपलब्ध भएको छ। सन् २०७१ सालको विनाशकारी बाढीले सबैथोक बगाएपछि गिरीघाटमा विस्थापित भई बस्दै आएका विद्यार्थीहरू यसअघिसम्म खुला चौरमा पढ्न बाध्य थिए।
अब भने बराहताल गाउँपालिकाले ३० लाख रुपैयाँको लागतमा चार कोठे प्रिफ्याव भवन निर्माण गरी उनीहरूलाई हस्तान्तरण गरेको छ। यो खबरले बाढीपीडित अभिभावक, विद्यार्थी र स्थानीय समुदायमा आशा जगाएको छ।
२०७१ सालको बाढीले ११५ जनाको ज्यान लिएको थियो भने तीन हजार परिवार विस्थापित भएका थिए।
हरिहरपुर, सिस्नेरी, थापाडेरा जस्ता क्षेत्रका मानिसहरू कर्णाली राजमार्गसँग जोडिएको गिरीघाटमा टहरो हालेर बसोबास गर्न बाध्य भए।
तर शिक्षा जस्तो आधारभूत सेवाको न्यूनतम पूर्वाधारसमेत नहुँदा विद्यार्थीहरूले वर्षा र घाम सहेर पढ्नुपरेको थियो।
घाम लाग्दा न जस्तापाताले बस्न सकिन्नथ्यो, पानी पर्दा स्कुल बिदा हुन्थ्यो,”विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष गीता विक भन्नुहुन्छ ।
स्थायी संरचना वन क्षेत्रमा पर्ने भएकाले डिभिजन वन कार्यालयले भवन निर्माणमा रोक लगाउँदै आएको थियो।
यसै कारण अभिभावकहरूले आफ्ना बालबालिकालाई भारतसम्म लगेर शिक्षाबाट वञ्चित हुनबाट जोगाउनुपरेको थियो।
“विद्यालय त थियो, भवन थिएन। त्यसैले धेरै अभिभावक बालबालिका लिएर कालापहाड (भारत) जान्थे, प्रधानाध्यापक तारा पोखरेलले भन्नुभयो ।
बराहताल गाउँपालिकाका अध्यक्ष भीम भण्डारीका अनुसार, अब गिरीघाटका बालबालिकाले शिक्षाका लागि कम्तीमा ओत लाग्ने ठाउँ पाउनेछन्। वनको नियमलाई ध्यानमा राख्दै प्रिफ्याब संरचना बनाइएको छ।
“भवन नहुँदा बालबालिकाको पढाइमा ठूलो असर परेको थियो, अध्यक्ष भीम भण्डारी, विद्यालयमा हाल बाल विकासदेखि कक्षा ५ सम्म पढाइ हुन्छ। गत शैक्षिक सत्रमा ६० जना विद्यार्थी अध्ययनरत थिए भने यो सत्रमा ४५ जना भर्ना भएका छन्।
प्रधानाध्यापक पोखरेल भन्छिन्, नयाँ भवन बनेसँगै पढ्न र पढाउन सहज भएको छ। अब हाम्रो विद्यालयले बालबालिकालाई सुरक्षित र प्रेरणादायी वातावरण दिन सक्छ