होटलमा शपथ लिएका मुख्यमन्त्रीलाई सर्वोच्चको रोक : दीर्घकालीन निर्णय नगर्न आदेश

Saroj yadav.मधेश प्रदेश मुख्यमन्त्री, सरोजकुमार यादव, सर्वोच्च अदालत, होटलमा शपथ, असंवैधानिक नियुक्ति, मधेश राजनीति, प्रदेश प्रमुख पदमुक्त, नेपाल समाचार

कार्तिक २६, २०८२। काठमाडौं दैनिक संवाददाता

Saroj yadav.मधेश प्रदेश मुख्यमन्त्री, सरोजकुमार यादव, सर्वोच्च अदालत, होटलमा शपथ, असंवैधानिक नियुक्ति, मधेश राजनीति, प्रदेश प्रमुख पदमुक्त, नेपाल समाचार

जनकपुर – मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति र शपथ ग्रहण प्रक्रियालाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गर्दै दीर्घकालीन प्रभाव पार्ने नीतिगत निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले मंगलबार आदेश दिँदै रिट संवेदनशील भएको उल्लेख गरेको छ र अन्तिम सुनुवाइ मंसिर ११ गते तोकेको छ।

एमाले नेता यादवलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले शनिबार राजीनामा दिएका जितेन्द्रप्रसाद सोनलको ठाउँमा मुख्यमन्त्री नियुक्त गरेकी थिइन्। तर उनले महोत्तरीको पानस होटलमा शपथ ग्रहण गरेपछि विवाद चुलिएको हो।

विपक्षी दलका सांसदहरूले उक्त नियुक्तिलाई संविधानको धारा १६८(३) अन्तर्गत गरिएको “असंवैधानिक कदम” भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

मुख्यमन्त्री यादवले मंगलबार बिहान मधेश भवन पुगेर पदभार ग्रहण गर्दा कांग्रेस, माओवादी, जसपा, लोसपा लगायत सात दलका सांसदहरूले भवन अगाडि धर्ना र प्रदर्शन गरे।
स्थिति नियन्त्रण बाहिर गएपछि प्रहरीले लाठीचार्ज गरेको थियो, जसमा दर्जनौं कार्यकर्ता घाइते भएका छन्।

मधेश प्रदेश मुख्यमन्त्री, सरोजकुमार यादव, सर्वोच्च अदालत, होटलमा शपथ, असंवैधानिक नियुक्ति, मधेश राजनीति, प्रदेश प्रमुख पदमुक्त, नेपाल समाचार

त्यसपछि अदालतको आदेश आएपछि विरोधरत दलहरूले “संविधानको जीत” भन्दै खुशी मनाए।

होटलमा शपथ खुवाएकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई राष्ट्रपति रामचन्द्र पौडेलले पदमुक्त गरेका छन्।
नयाँ प्रदेश प्रमुखको रूपमा सुरेन्द्र लाभ कर्णले मंगलबार शपथ ग्रहण गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १८, २०८२।  काठमाडौ दैनिक संवाददाता

क्यान महानिर्देशक पक्राउ,, प्रदीप अधिकारी गिरफ्तारी,, नलिन्चोक हेलिकप्टर काण्ड,, अख्तियार अनुसन्धान,, भ्रष्टाचार मुद्दा नेपाल,, नागरिक उड्डयन प्राधिकरण समाचार,, मुरारी भण्डारी पक्राउ,, विशेष अदालत म्याद थप,, हेलिकप्टर काण्ड अपडेट,, नेपाल ताजा समाचार,,

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्ड सम्बन्धी भ्रष्टाचार मुद्दा दायर गर्ने तयारीस्वरूप उनलाई नियन्त्रणमा लिइएको स्रोतले पुष्टि गरेको छ।

अख्तियारले अधिकारीसँगै क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि हिरासतमा लिएको छ। दुवै जनालाई म्याद थपका लागि विशेष अदालत लगिएको बताइएको छ। नलिन्चोक हेलिकप्टर प्रकरणबारे लामो समयदेखि विवाद र अनियमितताको आरोप उठ्दै आएको थियो, त्यसैको अनुसन्धानलाई अघि बढाउँदै अख्तियारले कडा कदम उठाएको हो।

यसअघि पनि क्यानका पूर्व अधिकारीहरू विभिन्न अनियमितता प्रकरणमा छानबिनको दायरामा परेका थिए।  यो घटनाले नागरिक उड्डयन नियामक निकायमा भएका गम्भीर अनियमितता फेरि एकपटक सतहमा ल्याएको छ।