भदौ ९, २०८२।
काठमाडौँ – तेस्रो न्यु जेनिथ कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा स्वर्णिम र रिब्सले गल्र्सतर्फ फाइनल प्रवेश गरेका छन् ।
स्वर्णिमले ग्यालेक्सी पब्लिक स्कुललाई ४१–११ ले हरायो, जहाँ हिसी ल्हामु लामाले मात्र २१ अंक योगदान गरिन् । अर्को खेलमा रिब्सले राराहिललाई २७–१७ ले पराजित गर्यो । विजयी टोलीका लागि लिस्का थापाले १२ अंक जोडिन् ।
भुरुङखेलस्थित आयोजक न्यु जेनिथको कोर्टमा जारी प्रतियोगिताको ब्वाइजतर्फ ज्ञान निकेतन र कन्स्टिलेसनले उपाधि भिडन्त पक्का गरेका छन् । ज्ञान निकेतनले पुष्पसदनलाई ६७–५१ ले पाखा लगाउँदा महेन्द्र प्याकुरेल एक्लैले ३३ अंक बटुले ।
कन्स्टिलेसनले ब्राइट होराइजनलाई ६९–५८ ले पराजित गर्यो जसमा रिडम नेपालीले २१ अंक योगदान गरे ।
न्यु जेनिथ कप अन्तर्गत ब्वाइज फुटसलमा तीन उमेर समूहको फाइनल समीकरण पनि तय भएको छ ।
U–11 : चेल्सी वर्ल्ड स्कुल बनाम बेसिक लर्निङ
U–13 : ब्राइट होराइजन बनाम हार्टल्यान्ड एकेडेमी
U–16 : रिब्स बनाम ग्रिन भिलेज
सबै फाइनल खेल मंगलबार हुनेछन् ।