Headlines

स्वयम्भुका पुजारी किसन बुद्धाचार्य राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश

स्वयम्भुका पुजारी किसन बुद्धाचार्य राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश

स्वयम्भुका पुजारी किसन बुद्धाचार्य राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश

स्वयम्भुका पुजारी किसन बुद्धाचार्य राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन् ।

काठमाडौं, श्रावण २- स्वयम्भु महाचैत्यका पुजारी किसन बुद्धाचार्य राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन्। राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनको उपस्थितिमा शुक्रबार पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा बुद्धाचार्यसहित केही अन्य व्यक्तिहरूले पार्टीको औपचारिक सदस्यता ग्रहण गरे।

अध्यक्ष लिङदेनले नयाँ सदस्यहरूको स्वागत गर्दै आफ्नो फेसबुकमार्फत लेखे, स्वयम्भुका पुजारी किसन बुद्धाचार्य लगायत स्वस्फूर्त रूपमा राप्रपाको सदस्यता लिन पार्टी कार्यालय आउनुभएका सबैलाई हार्दिक स्वागत छ।

पार्टीमा नयाँ अनुहारहरूको आगमनलाई सकारात्मक संकेतका रूपमा लिइएको छ। राप्रपा पछिल्ला दिनमा धर्म, संस्कृति, राष्ट्रियता र परम्पराको जगेर्नाका एजेन्डालाई पुनः स्थापित गर्ने प्रयासमा जुटिरहेको छ। यसै क्रममा धार्मिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू समेत राप्रपामा आकर्षित हुन थालेका छन्।

बुद्धाचार्यको पार्टी प्रवेशलाई विश्लेषकहरूले राप्रपाको धार्मिक छवि सुदृढ गर्ने अवसरको रूपमा हेरेका छन्। पार्टीले यसअघि पनि विभिन्न सामाजिक र धार्मिक व्यक्तित्वहरूलाई पार्टीमा आबद्ध गराउँदै आएको छ। लिङदेन नेतृत्वको राप्रपाले पछिल्लो समय पार्टीको संगठन सुदृढीकरणमा विशेष ध्यान दिइरहेको देखिएको छ।

स्वयम्भुका पुजारी किसन बुद्धाचार्य राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश

राप्रपा स्रोतका अनुसार पार्टी प्रवेश गर्नेहरूको संख्या अझै बढ्ने संकेत देखिएको छ। धार्मिक र सांस्कृतिक विषयमा आवाज उठाउँदै आएको राप्रपाको यो गतिविधिले आगामी निर्वाचनमा मतदाताको ध्यान तान्ने विश्वास समेत गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *