सुशीला कार्की प्रधानमन्त्री बन्ने सहमति, संसद् विघटनमा अझै विवाद

सुशीला कार्की, प्रधानमन्त्री नियुक्ति, अन्तरिम सरकार, संसद् विघटन, राष्ट्रपति रामचन्द्र पौडेल, शीतल निवास छलफल, नेपाल राजनीति समाचार, जेनजी आन्दोलन, आन्दोलन मृतक, सरकार गठन विवाद

सुशीला कार्की, प्रधानमन्त्री नियुक्ति, अन्तरिम सरकार, संसद् विघटन, राष्ट्रपति रामचन्द्र पौडेल, शीतल निवास छलफल, नेपाल राजनीति समाचार, जेनजी आन्दोलन, आन्दोलन मृतक, सरकार गठन विवाद

भदौ २७, २०८२।

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने सहमति जनाएका छन्। तर संसद् विघटनको एजेन्डामा भने अझै सहमति जुट्न सकेको छैन।

शीतल निवासमा बिहीबार राति देखि शुक्रबार बिहानसम्म चलेको बैठकमा राष्ट्रपति पौडेल, पूर्वप्रधानन्यायाधीश कार्की, प्रधानसेनापति अशोकराज सिग्देललगायतको उपस्थितिमा लामो छलफल भएको थियो। बैठकमा अन्तरिम सरकार गठनमा सहमति भए पनि संसद् विघटनबारे संविधानिक जटिलता देखिएको सहभागी अधिकारीहरूले बताएका छन्।

भ्रष्टाचार,अनियमितता र बेथितिविरुद्ध जेन-जीहरूले सुरु गरेको आन्दोलनको बलमा पूर्वप्रधानन्यायाधीश कार्की प्रधानमन्त्री हुने तय भएको हो ।

बिहीबार रातिदेखि शीतल निवासमा सुरु छलफल शुक्रबार बिहान उज्यालो हुने बेलासम्मै चलेको थियो । छलफलमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानसेनापति अशोकराज सिग्देल र पूर्वप्रधानन्यायाधीश कार्कीसहित सफल कानुनविद् ओमप्रकाश अर्याल सहभागी थिए ।

नयाँ सरकार प्रमुख कसलाई र कसरी बनाउने भन्ने विषयमा यसबीचमा राष्ट्रपतिले संविधानविद्का अलावा सभामुख देवराज घिमिरे र केही प्रमुख नेताहरूसँग छलफल गरेका थिए ।

कोहीसँग टेलिफोनमा त कोहीसँग राष्ट्रपतिले प्रत्यक्ष भेटेर नयाँ सरकार प्रमुखको नियुक्ति कसरी गर्ने भन्ने विषयमा छलफल गरेका थिए । स्रोतका अनुसार सभामुख घिमिरेका अलावा माओवादी नेता वर्षामान पुन पनि राति नै छलफलका लागि शीतल निवास पुगेका थिए । पुनमार्फत नै राष्ट्रपति पौडेलले माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग पनि छलफल गरेका थिए । स्रोतका अनुसार राति नै शीतल निवासमा थप छलफलका लागि कांग्रेस नेता रमेश लेखक र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि पुगेका हुन् ।

जेनजी आन्दोलनको बलमा कार्कीलाई प्रधानमन्त्री बनाउने तयारी भएको हो। सोमबारको आन्दोलनमा प्रहरीले अत्यधिक बल प्रयोग गर्दा ३० भन्दा बढीको मृत्यु भइसकेको छ भने सयौं घाइते भएका छन्।

शुक्रबार फेरि छलफल गरेर अन्तिम टुंगो लगाइने स्रोतको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १८, २०८२।  काठमाडौ दैनिक संवाददाता

क्यान महानिर्देशक पक्राउ,, प्रदीप अधिकारी गिरफ्तारी,, नलिन्चोक हेलिकप्टर काण्ड,, अख्तियार अनुसन्धान,, भ्रष्टाचार मुद्दा नेपाल,, नागरिक उड्डयन प्राधिकरण समाचार,, मुरारी भण्डारी पक्राउ,, विशेष अदालत म्याद थप,, हेलिकप्टर काण्ड अपडेट,, नेपाल ताजा समाचार,,

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्ड सम्बन्धी भ्रष्टाचार मुद्दा दायर गर्ने तयारीस्वरूप उनलाई नियन्त्रणमा लिइएको स्रोतले पुष्टि गरेको छ।

अख्तियारले अधिकारीसँगै क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि हिरासतमा लिएको छ। दुवै जनालाई म्याद थपका लागि विशेष अदालत लगिएको बताइएको छ। नलिन्चोक हेलिकप्टर प्रकरणबारे लामो समयदेखि विवाद र अनियमितताको आरोप उठ्दै आएको थियो, त्यसैको अनुसन्धानलाई अघि बढाउँदै अख्तियारले कडा कदम उठाएको हो।

यसअघि पनि क्यानका पूर्व अधिकारीहरू विभिन्न अनियमितता प्रकरणमा छानबिनको दायरामा परेका थिए।  यो घटनाले नागरिक उड्डयन नियामक निकायमा भएका गम्भीर अनियमितता फेरि एकपटक सतहमा ल्याएको छ।