सुन तस्करी प्रकरणमा २० लाख नगद धरौटीमा रिहा भए नेता महरा

कृष्णबहादुर महरा, सुन तस्करी, धरौटी, पाटन उच्च अदालत, जिल्ला अदालत काठमाडौं, CIB, पुर्पक्ष थुना, नेपाली राजनीति, अदालत निर्णय

मंसिर १२, २०८२।  काठमाडौँ दैनिक संवाददाता

कृष्णबहादुर महरा, सुन तस्करी, धरौटी, पाटन उच्च अदालत, जिल्ला अदालत काठमाडौं, CIB, पुर्पक्ष थुना, नेपाली राजनीति, अदालत निर्णय

काठमाडौ – सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरा २० लाख रुपैयाँ नगद धरौटी बुझाएर रिहा भएका छन्। पाटन उच्च अदालतले उनलाई धरौटीमा छाड्न आदेश दिएपछि जिल्ला अदालत काठमाडौंमा नगद धरौटी बुझाइएको र त्यसअनुसार रिहा गरिएको जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले बताएका छन्।

उच्च अदालत पाटनका न्यायाधीश अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले जिल्लाको थुनामा पठाउने आदेश नमिलेको ठहर गर्दै बिहीबार महरालाई धरौटीमा छाड्न निर्देशन दिएको थियो।

महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले असोज २६ मा पक्राउ गरेको थियो। त्यसपछि असोज २९ मा जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। उक्त आदेशविरुद्ध महरा उच्च अदालत पाटन पुगेका थिए।

थुनामा पठाउने आदेश मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ विपरीत भएको ठानी उच्च अदालतले आदेश बदर गरेको हो।

गत वर्षको ९ चैतमा उनलाई जिल्ला सरकारी वकिलको कार्यालयले स्वास्थ्य अवस्थालाई मध्यनजर गरेर महरालाई अनुसन्धानका लागि बोलाएका बेला उपस्थित हुने गरी छोराको जिम्मा लगाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १८, २०८२।  काठमाडौ दैनिक संवाददाता

क्यान महानिर्देशक पक्राउ,, प्रदीप अधिकारी गिरफ्तारी,, नलिन्चोक हेलिकप्टर काण्ड,, अख्तियार अनुसन्धान,, भ्रष्टाचार मुद्दा नेपाल,, नागरिक उड्डयन प्राधिकरण समाचार,, मुरारी भण्डारी पक्राउ,, विशेष अदालत म्याद थप,, हेलिकप्टर काण्ड अपडेट,, नेपाल ताजा समाचार,,

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्ड सम्बन्धी भ्रष्टाचार मुद्दा दायर गर्ने तयारीस्वरूप उनलाई नियन्त्रणमा लिइएको स्रोतले पुष्टि गरेको छ।

अख्तियारले अधिकारीसँगै क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि हिरासतमा लिएको छ। दुवै जनालाई म्याद थपका लागि विशेष अदालत लगिएको बताइएको छ। नलिन्चोक हेलिकप्टर प्रकरणबारे लामो समयदेखि विवाद र अनियमितताको आरोप उठ्दै आएको थियो, त्यसैको अनुसन्धानलाई अघि बढाउँदै अख्तियारले कडा कदम उठाएको हो।

यसअघि पनि क्यानका पूर्व अधिकारीहरू विभिन्न अनियमितता प्रकरणमा छानबिनको दायरामा परेका थिए।  यो घटनाले नागरिक उड्डयन नियामक निकायमा भएका गम्भीर अनियमितता फेरि एकपटक सतहमा ल्याएको छ।