साम्बा र कृषि विकास बैंकको ब्राण्ड एम्बासडर सम्झौता

samba- sabitra bhandari एक कार्यक्रममाझ बैंकका उप महाप्रबन्धक सुदीप कुमार दाहाल र साम्बा स्वयंले हस्ताक्षर गरेका थिए ।
samba- sabitra bhandari
एक कार्यक्रममाझ बैंकका उप महाप्रबन्धक सुदीप कुमार दाहाल र साम्बाले हस्ताक्षर गरेका थिए ।

भदौ ७, २०८२।

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ र कृषि विकास बैंक लिमिटेडबीच ब्राण्ड एम्बासडरको लागि सम्झौता नविकरण भएको छ ।

कार्यक्रममा बोल्दै साम्बाले कृषि विकास बैंकसँगको सम्झौता आफ्नो भावनासँग जोडिएको बताइन् । मेरो लागि पहिलो ब्राण्ड एम्बासडरको प्रस्ताव कृषि विकास बैंकले गरेको थियो ।

सानो हुँदा मैले विज्ञापनमा धेरै कलाकार र खेलाडीको तस्विर देख्थें । र सपना थियो कुनै दिन मेरो पनि त्यस्तो दिन आउनेछ। कृषि विकास बैंकले पहिलो पटक एम्बासडर नियुक्त गर्दा निकै खुसी लागेको थियो । बैंकले गरेको विश्वासप्रति सदा आभारी छु’ उनले भनिन् ।

सम्झौता पत्रमा बैंकका उप महाप्रबन्धक सुदीप कुमार दाहाल र साम्बा स्वयंले हस्ताक्षर गरेका थिए । बैंकको तर्फबाट साक्षीमा मार्केटिङ विभाग प्रमुख सरिता दहाल उपस्थित थिइन्।

कृषि विकास बैंकले गत वर्ष नै साम्बालाई बैंकको ब्राण्ड एम्बासडरमा नियुक्त गरेको थियो । बैंकले आज एक कार्यक्रममाझ आगामी वर्षका लागि पनि साम्बासँगको सम्झौता नविकरण गरेको हो । सम्झौता रकम भने आपसी समझदारीमा तय भएको बताइएको छ ।

बैंकका प्रमुख कार्यकरी अधिकृत गोविन्द गुरुङले साम्बा एक फुटबल खेलाडी मात्र नभएर मिहिनेतको प्रतीक पनि भएको बताए । साम्बासँग कृषि विकास बैंक जोडिनु भनेको हाम्रो बैंकको लागि पनि प्रतिष्ठाको विषय हो ।

उहाँले देश र विदेशमा खेल्दा हाम्रो बैंकको प्रतिनिधित्व गर्नुहुन्छ र वहाँ आफ्नो क्षेत्रमा अब्बल भएजस्तै हामी पनि बैंकिङ्ग क्षेत्रमा अब्बल हुने लक्ष्यसाथ अघि बढेका छौं । वहाँको मिहिनेतले हामीलाई पनि अझ राम्रो गर्न प्रेरित गर्छ उनले भने।

मार्केटिङ विभाग प्रमुख दहालले बैंकको प्रचारमा साम्बाको उपस्थितिले बेग्लै प्रभाव पारेको जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर ९, २०८२।    काठमाडौँ दैनिक संवाददाता

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

काठमाडौ – प्रधानमन्त्री सुशीला कार्कीले श्रीलंकामा सम्पन्न पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेर फर्किएको नेपाली टोलीलाई सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्मानपूर्वक भेट गरेकी छन्।

प्रधानमन्त्रीले खेलाडी र अफिसियललाई बधाई दिँदै यो उपलब्धि नेपाली खेलकुद इतिहासकै गर्वको विषय भएको बताइन्। कार्कीले भनिन्, यो तपाईंहरूको कडा परिश्रम, सामूहिक भावना र दृढ संकल्पको परिणाम हो। तपाईंहरू सबै यस उपलब्धिको हकदार हुनुहुन्छ। अर्को संस्करणमा च्याम्पियन बन्ने लक्ष्यसहित अगाडि बढ्नुहोस्।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रधानमन्त्री कार्कीले सरकारबाट आवश्यक सहयोग र लगानीका विषयमा सम्बद्ध मन्त्रालय तथा निकायसँग छलफल गर्ने आश्वासन समेत दिइन्। कार्कीले पहल र प्रतिभाको प्रदर्शन सराहनीय रहेको उल्लेख गर्दै सरकारी सहयोग बढेमा टोलीले अझ उत्कृष्ट सफलता हासिल गर्ने विश्वास व्यक्त गरिन्।

प्रशिक्षक पुरनसिंह खत्री र कप्तान गीता पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीले प्रतिस्पर्धी सम्पन्न राष्ट्रका टोलीलाई हराउँदै उपाधि नजिक पुग्न सफल भएको प्रशिक्षकको भनाइ छ। उनका अनुसार सरकारी समर्थन पाउँदा भविष्यमा नेपालले च्याम्पियन बन्न सक्नेछ।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रतियोगिता सम्पन्न भएपछि टोली सोमबारै स्वदेश फर्किएको हो।