Headlines

साम्बा” अष्ट्रेलियाको ए लिग खेल्ने न्युजिल्याण्डको वेलिंगटन फिनिक्स फुटबल क्लबसँग अनुबन्ध

फ्रान्सको एन अभान्ट ग्वेंगाम्प क्लबबाट दुई सिजनको प्रभावशाली प्रदर्शनपछि साम्बाले नयाँ गन्तव्य रोजेकी हुन्। उनले सन् २०२५–२६ सिजनका लागि वेलिंगटन फिनिक्ससँग सम्झौता गर्दै अष्ट्रेलियाको शीर्ष डिभिजन फुटबलमा पहिलोपटक नेपाली महिला खेलाडीको रूपमा उपस्थिति जनाउनेछिन्।

“साम्बा” अष्ट्रेलियाको ए लिग खेल्ने न्युजिल्याण्डको वेलिंगटन फिनिक्स फुटबल क्लबसँग अनुबन्ध भएकी छिन् ।

काठमाडौं, साउन २- नेपाली महिला फुटबलकी सुपरस्टार सावित्रा भण्डारी ‘साम्बा’ले आफ्नो अन्तर्राष्ट्रिय फुटबल यात्रामा नयाँ अध्याय सुरु गरेकी छन्। उनले अष्ट्रेलियाको ए लिग खेल्ने न्युजिल्याण्डको वेलिंगटन फिनिक्स फुटबल क्लबसँग अनुबन्ध गरेकी छन्।

फ्रान्सको एन अभान्ट ग्वेंगाम्प क्लबबाट दुई सिजनको प्रभावशाली प्रदर्शनपछि साम्बाले नयाँ गन्तव्य रोजेकी हुन्। उनले सन् २०२५–२६ सिजनका लागि वेलिंगटन फिनिक्ससँग सम्झौता गर्दै अष्ट्रेलियाको शीर्ष डिभिजन फुटबलमा पहिलोपटक नेपाली महिला खेलाडीको रूपमा उपस्थिति जनाउनेछिन्।

साम्बाको फुटबल यात्राले सधैं नयाँ उचाइ छोइरहेको छ। फ्रान्स जानुअघि उनले इजरायलको हापोएल राना’नाबाट व्यवसायिक फुटबल खेलेकी थिइन्। त्यसअघि उनी भारतको चर्चिल ब्रदर्स र माल्दिभ्सका क्लबहरूमा पनि अनुबन्धित थिइन्। उनी दक्षिण एसियाली फुटबलमा सबैभन्दा बढी गोल गर्ने महिला खेलाडीमध्ये एक मानिन्छिन्।

सावित्रा भण्डारी, साम्बा वेलिंगटन फिनिक्स, नेपाली महिला फुटबल, अष्ट्रेलिया ए लिग, नेपाली खेलाडी विदेश, महिला फुटबल नेपाल, साम्बा अनुबन्ध

गत महिना सम्पन्न एएफसी महिला एसियन कप छनोटमा उनले नेपाली महिला राष्ट्रिय टिमको कप्तानी गरेकी थिइन्। नेपालको टिम उत्कृष्ट प्रदर्शन गर्दै अन्तिम चरणसम्म पुगे पनि उज्बेकिस्तानसँगको निर्णायक खेलमा पेनाल्टी सुटआउटमा हार ब्यहोर्नु पर्‍यो।

साम्बाको वेलिंगटन फिनिक्ससँगको सम्झौताले नेपाली महिला फुटबल खेलाडीहरूका लागि अन्तर्राष्ट्रिय ढोका थप फराकिलो बनाउने विश्वास गरिएको छ। विदेशी लिगमा नियमित अनुबन्धित हुने खेलाडीको रूपमा उनले नेपालमा महिला फुटबलको प्रतिनिधित्व मात्र नभई नयाँ पुस्तालाई प्रेरणा पनि दिएकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *