कार्तिक २२, २०८२। उपसना पौडेल

काठमाडौं – राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ ले अष्ट्रेलियन ए-लिग क्लब वेलिंगटन फिनिक्सबाट आफ्नो पहिलो खेल खेलेकी छिन्। उनको डेब्यु खेलमा फिनिक्सले क्यानबेरा युनाइटेडसँग १–१ को बराबरी खेलेको हो।
खेलमा पहिलो अग्रता क्यानबेराले लिएको थियो।
जोसेफिन ओलिसिनोले १८औं मिनेटमा गोल गर्दै टोलीलाई अगाडि लगाएकी थिइन्।
तर फिनिक्सका भान डेर मिरले ३९औं मिनेटमा बराबरी गोल गर्दै खेललाई रोमाञ्चक बनाइन्।
साम्बाले पहिलो हाफमै गोलको अवसर पाएकी थिइन् तर उनको प्रहार गोलकिपरले रोकेकी थिइन्। उनले खेलभर सक्रिय रहँदै कयौं आक्रमण अवसर सृजना गरेकी थिइन्।

यो साम्बाको ए-लिगमा पहिलो खेल हो। उनी यसअघि फ्रान्सको डिभिजन–२ क्लब ‘सेंट मालो’ बाट खेल्दै आएकी थिइन्। वेलिंगटन फिनिक्समा अनुबन्धित भएपछि साम्बाले नयाँ अध्याय सुरु गरेकी छिन् ।
साम्बाको पहिलो खेलमा उच्च प्रदर्शन
फिनिक्सले दोस्रो हाफमा आक्रमक खेल प्रस्तुत
१–१ को बराबरीमा समाप्त भएको खेल
दर्शकले साम्बाको खेललाई उत्साहपूर्वक स्वागत
साम्बा भन्छिन्, फिनिक्सको जर्सीमा पहिलो खेल खेल्न पाउनु गर्वको कुरा हो। अझ राम्रो प्रदर्शनका लागि म तयारी गर्दैछु ।











