Headlines

साफ यू–२० महिला च्याम्पियनसिप नेपाल र बंगलादेशबीच निर्णायक भिडन्त

साफ महिला यू–२० च्याम्पियनसिप, नेपाल बनाम बंगलादेश, महिला फुटबल नेपाल, पूर्णिमा राई, मीना देउवा, भुटानविरुद्ध जित, बंगलादेश फुटबल, नेपाली खेल समाचार

साफ महिला यू–२० च्याम्पियनसिप, नेपाल बनाम बंगलादेश, महिला फुटबल नेपाल, पूर्णिमा राई, मीना देउवा, भुटानविरुद्ध जित, बंगलादेश फुटबल, नेपाली खेल समाचार

साफ यू–२० महिला च्याम्पियनसिप नेपाल र बंगलादेशबीच निर्णायक भिडन्त हुने भएको छ।

काठमाडौं, साउन ४ – साफ यू–२० महिला च्याम्पियनसिपको अन्तिम दिनको खेल अब उपाधि टुंग्याउने निर्णायक मञ्च बनेको छ। शनिबार भएको खेलमा नेपालले भुटानलाई ८–० ले पराजित गरेपछि अब सोमबार बंगलादेशविरुद्धको खेल नेपाली टोलीका लागि फाइनल सरह बन्न पुगेको छ।

प्रतियोगिता डबल राउन्ड रोबिन प्रणालीमा भइरहेको छ जहाँ बंगलादेश ५ खेलमा सबै जितसहित १५ अंकसहित शीर्ष स्थानमा छ भने नेपाल १२ अंकमा दोस्रो स्थानमा रहेको छ।

नेपालले उपाधि जित्न सोमबारको खेलमा बंगलादेशलाई हराउनैपर्नेछ। बंगलादेशलाई भने उपाधिका लागि बराबरी नतिजा पनि पर्याप्त हुनेछ।

यी दुई टिमबीचको पहिलो भेटमा बंगलादेशले नेपाललाई ३–२ ले हराएको थियो। त्यसैले दोस्रो खेलमा नेपालले जित निकाले मात्र हेड–टु–हेडको आधारमा पनि उपाधि उचाल्न सक्नेछ। अन्यथा बंगलादेश च्याम्पियन बन्छ।

शनिबारको खेलमा नेपाली टोलीले भुटानमाथि आक्रमणात्मक शैलीमा प्रदर्शन गर्दै ८–० को फराकिलो जित दर्ता गर्‍यो।
पूर्णिमा राई र मीना देउवाले ह्याट्रिक गरे।
समिक्षा मगर र कुसुम खतिवडाले एक–एक गोल थपे।

साफ महिला यू–२० च्याम्पियनसिप, नेपाल बनाम बंगलादेश, महिला फुटबल नेपाल, पूर्णिमा राई, मीना देउवा, भुटानविरुद्ध जित, बंगलादेश फुटबल, नेपाली खेल समाचार

मीना देउवाले पहिलो गोल खेल सुरु भएको ४४औं सेकेन्डमै गरिन् भने थप दुई गोल १२औं र ६५औं मिनेटमा गरिन्। पूर्णिमाले २३औं, पहिलो हाफको इन्ज्युरी समय र दोस्रो हाफको छैटौं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरिन्।

खेलपछि प्रशिक्षक याम गुरुङले टोलीको अनुशासित खेलप्रति सन्तुष्टि जनाउँदै भने,अब बंगलादेशविरुद्धको खेल निकै महत्वपूर्ण छ। हामीले कमजोरी सुधार्दै सावधानीपूर्वक योजना बनाउनेछौं।

भुटानविरुद्धको खेलमा ह्याट्रिक गरेकी मीनाले भनिन्,पहिलो खेलमा म खेलेकी थिइनँ अहिलेको अवसर सदुपयोग गर्न पाउँदा खुसी छु। अब बंगलादेशविरुद्ध सबै खेलाडी मिलेर एकताबद्ध भएर खेल्नुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *