साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपाल र भारत खेल्दै

साफ यू १७ महिला च्याम्पियनसिप, नेपाल बनाम भारत खेल, नेपाली महिला फुटबल, नेपाल भारत फुटबल खेल, चाङ्लिमिथाङ रंगशाला, चेतनारायण श्रेष्ठ, नेपाली खेल समाचार, महिला फुटबल नेपाल, साफ महिला फुटबल २०२५, नेपाल भारत खेल तालिका

भदौ ४, २०८२।

काठमाडौं – भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा आजदेखि सुरु हुने साफ यू–१७ महिला च्याम्पियनसिप २०२५ अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा भारतसँग प्रतिस्पर्धा गर्दैछ।

खेल नेपाली समय अनुसार दिउँसो २:४५ बजे सुरु हुने छ।
नेपाली टिमका प्रमुख प्रशिक्षक चेतनारायण श्रेष्ठ का अनुसार टोली उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रने तयारीमा छ।

अघिल्लो संस्करणमा भारतसँग हारको अनुभव छ। यो पटक त्यो गल्ती दोहोर्याउने छैनौं, प्रशिक्षक श्रेष्ठले प्रि-म्याच कन्फेरेन्समा भने, हामी उपाधिका लागि आएका हौं। टिमको तयारी सशक्त छ।

चार टिमको सहभागीता

यसपटकको च्याम्पियनसिपमा नेपाल, भारत, बंगलादेश र आयोजक भुटान गरी जम्मा चार टिम सहभागी छन्। प्रतियोगिता डबल राउन्ड रोबिन ढाँचामा खेलिनेछ, जसमा सबैभन्दा बढी अंक ल्याउने टोली विजेता घोषित हुनेछ।

नेपालको टोलीमा झरना डुम्राकोटी, लक्ष्मी ओली, गंगा गुरुङ, दिक्षा रायमाझी, सम्झना चन्द, अलिजा कुमारी बिक, ज्ञान्शु डोल्मा लो, पूर्णिमा तादी, अनु माझी, मिन माया श्रेष्ठ, अंशु बिक, डिकी स्याङ्बो तामाङ, कृतिशा तामाङ, रबिना बिक, सहारा लिम्बु, बब्टिका कार्की, भूमिका बुढाथोकी, अशिका कार्की, सिर्जना बडुवाल, अस्मिता मगर, यम कुमारी बिक र अनिता राना मगर छन्।

आजको अर्को खेलमा आयोजक भुटानले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर ९, २०८२।    काठमाडौँ दैनिक संवाददाता

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

काठमाडौ – प्रधानमन्त्री सुशीला कार्कीले श्रीलंकामा सम्पन्न पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेर फर्किएको नेपाली टोलीलाई सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्मानपूर्वक भेट गरेकी छन्।

प्रधानमन्त्रीले खेलाडी र अफिसियललाई बधाई दिँदै यो उपलब्धि नेपाली खेलकुद इतिहासकै गर्वको विषय भएको बताइन्। कार्कीले भनिन्, यो तपाईंहरूको कडा परिश्रम, सामूहिक भावना र दृढ संकल्पको परिणाम हो। तपाईंहरू सबै यस उपलब्धिको हकदार हुनुहुन्छ। अर्को संस्करणमा च्याम्पियन बन्ने लक्ष्यसहित अगाडि बढ्नुहोस्।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रधानमन्त्री कार्कीले सरकारबाट आवश्यक सहयोग र लगानीका विषयमा सम्बद्ध मन्त्रालय तथा निकायसँग छलफल गर्ने आश्वासन समेत दिइन्। कार्कीले पहल र प्रतिभाको प्रदर्शन सराहनीय रहेको उल्लेख गर्दै सरकारी सहयोग बढेमा टोलीले अझ उत्कृष्ट सफलता हासिल गर्ने विश्वास व्यक्त गरिन्।

प्रशिक्षक पुरनसिंह खत्री र कप्तान गीता पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीले प्रतिस्पर्धी सम्पन्न राष्ट्रका टोलीलाई हराउँदै उपाधि नजिक पुग्न सफल भएको प्रशिक्षकको भनाइ छ। उनका अनुसार सरकारी समर्थन पाउँदा भविष्यमा नेपालले च्याम्पियन बन्न सक्नेछ।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रतियोगिता सम्पन्न भएपछि टोली सोमबारै स्वदेश फर्किएको हो।