Headlines

साउदी अरबमा उबरको नयाँ सेवा, महिला चालकसहितको राइड सुरु

साउदी अरबमा महिला अधिकार

साउदी अरबमा महिला अधिकार

एजेन्सी, असार ३२ – सन् २०१८ मा साउदी अरबले महिलामाथि गाडी चलाउने प्रतिबन्ध हटाएको सात वर्षपछि राइड-हेलिङ कम्पनी उबर (Uber) ले अब महिला सवारी चढ्नेहरूलाई महिला चालकहरूसँग मात्र यात्रा गर्न सक्ने नयाँ सुविधा ल्याएको छ।

यस नयाँ सेवा “Women Drivers” मार्फत महिलाले अब आफ्नो सुरक्षाको अनुभूति गर्दै महिला चालकहरूकै साथमा यात्रा गर्न सक्नेछिन्। यो सेवा उबरको साधारण ‘UberX’ जस्तै हो, जसमा ग्राहकले तुरुन्तै यात्रा बुक गर्न सक्ने वा ३० मिनेट अघिदेखि शेड्युल गर्न सक्ने सुविधा छ ।

उबर साउदीका महाप्रबन्धक युसेफ अबोउसेफले भने,
महिला चालक सेवा सुरु गर्नुको उद्देश्य भनेको महिलालाई रोजगारीका अवसर दिनु, आर्थिक स्वतन्त्रता दिलाउनु र समाजमा उनीहरूको पहुँच बढाउनु हो।

यस सुविधासँगै, उबरले साउदी अरबको भिजन २०३० अन्तर्गत महिला सहभागिता बढाउने अभियानमा पनि हातेमालो गरेको छ।

GigSister कार्यक्रम:

उबरले GigSister नामको कार्यक्रम पनि सुरु गर्दैछ, जहाँ महिला चालकहरूबीच आपसी अनुभव बाँड्न, सहयोगको नेटवर्क बनाउने र आत्मबल बढाउने उद्देश्य छ।

यसैक्रममा”अलनाहदा सोसाइटी” नामक गैरनाफामूलक संस्थासँग मिलेर वित्तीय ज्ञान, सीप विकास तालिमजस्ता कार्यक्रम पनि सञ्चालन गरिनेछ।

साउदी अरबजस्तो परम्परागत समाजमा महिलाको सवारी स्वतन्त्रता र रोजगारको क्षेत्रमा उबरले चालिएको कदम निकै सकारात्मक मानिएको छ। यसले महिला सशक्तीकरण मात्र होइन उनीहरूको सुरक्षालाई पनि प्राथमिकता दिएको छ।

यसरी उबरले महिलालाई रोजगारी, सुरक्षा र पहुँच दिने दिशामा सार्थक प्रयास गरिरहेको छ, जसले भविष्यमा अरू मुलुकहरूमा पनि उदाहरण बन्न सक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *